Sunday, June 28"सञ्चार समाज को ऐना हो ।"
Shadow

Blog

डीभी रोकिन सक्ने:राष्ट्रपति ट्रम्प

डीभी रोकिन सक्ने:राष्ट्रपति ट्रम्प

अन्तराष्ट्रिय, समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई संयुक्त राज्य अमेरिकामा प्रवेश दिने व्यवस्थालाई अस्थायी रुपमा खारेज गर्न लागेको घोषणा गरेका छन्। सोमबार राति ट्विट गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकको रोजगारीको सुनिश्चितताका लागि आप्रवासीलाई अस्थायी रुपमा रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्न लागेको जनाएका हुन्। तर, कस्तो आदेशमा हस्ताक्षर गर्न लागिएको हो भन्ने विस्तृत खुलाइएको छैन। कोरोनाभाइरस (कोभिड-१९) महामारीका कारण अर्थतन्त्र शिथिल भएपछि अमेरिकामा बेरोजगारी दर ह्वात्तै बढेको छ। अमेरिकाले आप्रवासी भीसा दिन बन्द गरेमा रोजगारीमा आधारित आप्रवासनसहितका विभिन्न प्रकारका भीसा अस्थायी रुपमा बन्द हुने सम्भावना छ। ट्रम्पले भने जस्तै आप्रवासीलाई रोकिएमा अमेरिकाको चर्चित डाइभर्सिटी भीसा (डीभी), परिवारमा आधारित आप्रवासन जस्ता प्रवेशाज्ञा रोकिनसक्छन्। जोन हप्किन्स विश्वविद्यालय...
अस्तव्यस्त बन्यो कृषि क्षेत्र, के भन्छन् किसानका नेता? ‘बैंकबाट ऋण लिएर वस्तु उत्पादन गर्ने किसानका लागि आपतकालीन कोषबाट तत्काल निश्चित राहत दिनुपर्छ।’

अस्तव्यस्त बन्यो कृषि क्षेत्र, के भन्छन् किसानका नेता? ‘बैंकबाट ऋण लिएर वस्तु उत्पादन गर्ने किसानका लागि आपतकालीन कोषबाट तत्काल निश्चित राहत दिनुपर्छ।’

समाचार
काठमाडौँ — सामान्य अवस्था हुन्थ्यो भने यतिबेला उखु बिक्रीका लागि किसान जुटिइरहेका हुन्थे। तर, करिब एक महिना लामो लकडाउनका कारण उखुका लाँक्रा (बोट) सुक्न थालेका छन्। कतिपय किसानले समयमै उखु बिक्री गर्न नसक्दा बगानमै आगो लगाएको समाचारसमेत आएका छन्।   –चिया किसानको समस्या पनि कम पीडादायी छैन। चियाको 'फस्ट फ्लस' (सिजनको पहिलो टिपाइ) टिप्न नपाएपछि झापाका किसानले त चियाबारी नै फाँडेका छन्। –मकैमा फौजी किराको प्रकोप नयाँ होइन। तर लकडाउनका कारण किटनाशक औषधि खरिद गर्न नपाउँदा किसानमा चिन्ता छाएको छ। –लकडाउनकै कारण कुखुरापालक किसान पनि मारमा छन्। कुखुरा र अन्डा बिक्रीमा समस्या हुँदा पोल्ट्री व्यवसाय नै धरासायी बन्ने अवस्थामा पुगेको किसानहरुको गुनासो छ। घरखेत धितो राखी ऋण निकालेर कुखुरापालन व्यवसायमा लागेका उनीहरुमा लकडाउन लम्बिँदै जाँदा चिन्ता पनि थपिएको छ। –कर्णाली...
दीर्घरोगी र गम्भीर प्रकृतिका बिरामीहरूलाई नियमित सेवा प्रवाह गर्न अस्पतालहरूसँग अनुरोध

दीर्घरोगी र गम्भीर प्रकृतिका बिरामीहरूलाई नियमित सेवा प्रवाह गर्न अस्पतालहरूसँग अनुरोध

समाचार, स्वास्थ्य
काठमाडाैं। स्वास्थ्य मन्त्रालयले दीर्घरोगी र गम्भीर प्रकृतिका बिरामीहरूलाई नियमित सेवा प्रवाह गर्न अस्पतालहरूसँग अनुरोध गरेको छ। आज नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कुनै पनि किसिमको आकस्मिक सेवा अस्पतालले नकार्न नपाइने स्मरण गराउँदै विशिष्ट सेवा प्रवाह गर्ने अस्पताललाई सेवा नियमित गर्न अनुरोध गरेका हुन्। “क्यान्सर, डायलासिस गर्नुपर्ने अवस्था, मुटुरोग, प्रसूतिसम्बन्धी र दमलगायतका जटिल रोगहरूमा अत्यावश्यक सेवा चाहिने हुन्छ। त्यस्ता अत्यावश्यक सेवा यसअघि दिइरहेका विशिष्टिकृत र अतिविशिष्टिकृत अस्पतालहरूलाई नियमित गर्न अनुरोध गर्दछौं”, डा. देवकोटाले भने। यस्ता दीर्घरोगीहरूको उपचारमा सहजता ल्याउनेतर्फ काम गर्न स्थानीय तह र अन्य सरोकारवालाको पनि प्रवक्ता देवकोटाले ध्यानाकर्षण गराए। उनले हालसम्म ३३ हजार ५६२ वटा नमूनाकाे कोभिड-१९  परीक्षण गरिसक...
माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

समाचार
काभ्रे । जिल्लाको खानीखोला गाउँपालिका–४ फुलडाँडामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । घर पोत्नका लागि माटो खन्ने क्रममा शुक्रबार ढिस्कोले पुरिएर स्थानीयवासी धनबहादुर गोलेका छोरी २४ वर्षीया अरिना गोलेको मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए । माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएकी उनलाई उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए । उनको शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ । सो घटनामा परी घाइते भएकी गोलेकै छोरी २० वर्षीया एरिना र १२ वर्षीया सनिषाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो । नौ वर्षीया एनिषा गोले भने तालढुङ्गा स्वास्थ्यचौकीमा उपचारपश्चात घर फर्किएकी छन् । ...
कोरोनालाई जितेर फर्केकी प्रसिद्धिलाई प्रधानमन्त्रीको बधाई

कोरोनालाई जितेर फर्केकी प्रसिद्धिलाई प्रधानमन्त्रीको बधाई

समाचार
प्रधानमन्त्री ओलीले उपचारमा संलग्न चिकित्सकलाई पनि बधाई तथा धन्यवाद भनेका छन्। काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसलाई जितेर आज डिस्चार्ज भएकी प्रसिद्धि श्रेष्ठलाई बधाई दिएका छन्।  प्रधानमन्त्री ओलीले उपचारमा संलग्न चिकित्सकलाई पनि बधाई तथा धन्यवाद भनेका छन्।  अस्पताल भर्ना भएको २७ दिनपछि प्रसिद्धि आज डिस्चार्ज भएकी थिइन्।  उनी नेपालमा कोरोना संक्रमण देखिएकी दोस्रो व्यक्ति हुन्। पहिलो व्यक्ति पनि निको भएर घर फर्किसकेका छन्।  अब बाँकी २८ जनाको उपचार चलिरहेको छ।  ‘कोरोना भाइरसबाट संक्रमित दोस्रो बिरामी आज पूर्ण स्वस्थ भई अस्पतालबाट डिस्चार्ज हुनुभएको छ’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘उहाँको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू तथा सम्द्ध सबैलाई बधाई तथा धन्यवाद।’K P Sharma O...
देशभर २७ हजार बढीको काेभिड-१९ परीक्षण, २५४ जना ‘रेड जोन’मा

देशभर २७ हजार बढीको काेभिड-१९ परीक्षण, २५४ जना ‘रेड जोन’मा

Breaking News, स्वास्थ्य
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पीसीआर परीक्षणबाट आठ हजार १७ र आरडीटी किट परीक्षणबाट १९ हजार ४५४ नमूना परीक्षण गरिएको छ। काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर २७ हजार बढीकाे काेभिड-१९ परीक्षण भएको जनाएको छ। नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पीसीआर परीक्षणबाट आठ हजार १७ र आरडीटी किट परीक्षणबाट १९ हजार ४५४ नमूनाको परीक्षण गरिएको जानकारी दिएका हुन्। उनले देशका ७७ वटै जिल्लामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट किटबाट परीक्षण शुरू भएको जानकारी दिए। मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा चारहजार ५३६ व्यक्ति छन् भने आइसोलेसनमा ११७ जना छन्। मोबाइल एप्लिकेसन र वेबसाइटमा गरेर हालसम्म २० हजार १३० जनाले आफ्नो स्वास्थ्यका बारेमा जानकारी लिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले यसरी स्वास्थ्य अवस्थाबारे ...
निको भएर घर फर्केकी संक्रमित युवती भन्छिन्- ‘सेल्फ आइसोलेसन नै प्रमुख कुरा रहेछ’

निको भएर घर फर्केकी संक्रमित युवती भन्छिन्- ‘सेल्फ आइसोलेसन नै प्रमुख कुरा रहेछ’

समाचार, स्वास्थ्य
“यसका लक्षणहरू डरलाग्दा हुँदारहेछन्, अत्याउँदा रहेछन्। नआत्तिनु होला, आत्मबल दह्रो बनाउनुहोला।” काठमाडौं। कोभिड-१९ लाई जितेर २७ दिनपछि अस्पतालबाट घर फर्केकी प्रसिद्धि श्रेष्ठले आफूले सेल्फ आइसोलेसन नै कोभिड-१९ विरुद्धको सबभन्दा ठूलो हतियार भएको बताएकी छन्। आज शुक्रराज सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएपछि उनले आफूले सेल्फ आइसोलेसनको महत्व बल्ल थाहा पाएको बताइन्। “सेल्फ आइसोलेसन नै यसको प्रमुख कुरा रहेछ”, उनले डिस्चार्ज हुने बेला नेपाल टेलिभिजनसँगको कुराकानीमा भनेकी छन्, “म फ्रान्सबाट आउनसाथ सेल्फ आइसोलेसनमा नबसेको भए मबाट परिवारमा फैलिन्थ्यो, मेरो परिवारबाट अरुमा फैलिन्थ्यो। तर, त्यो केही हुन पाएन।” उनले विदेशबाट आएका व्यक्तिलाई अनिवार्य सेल्फ आइसोलेसनमा बस्न र जाँच गर्नसमेत आग्रह गरिन्। जाँचको सुविधा नभएका ठाउँमा पनि यथासम्भव जाँचको व्यवस्था गर्न उनले सरकारलाई समेत आग्रह गरि...
कोरोनाको स्वरुपमा परिवर्तन त आएको होइन ?

कोरोनाको स्वरुपमा परिवर्तन त आएको होइन ?

समाचार
 पूर्वी चितवनको राप्ती नगरपालिका–८ का आमाछोरा ३ गते बेलायतबाट कतार एयरवेज हुँदै नेपाल फर्किए । त्यसको भोलिपल्ट अर्का छोरा हङकङबाट आए । सुख्खा खोकी, ज्वरो लगायतका कुनै लक्षण पनि देखिएन । विदेशबाट फर्किएको पनि महिना दिन पुगिसकेको थियो, त्यसैले सबै ढुक्क थिए । त्यसैले आफन्तकहाँ बिस्तारै आउजाउ पनि सुरु भएको थियो । स्थानीय तहले विदेशबाट आएकाहरुको र्‍यापिड टेस्ट गर्दा उनीहरू पनि सहभागी भए । र्‍‍यापिड डायग्नोस्टिक विधिबाट परिएको परीक्षणमा ६३ वर्षकी आमा र २७ वर्षका छोरामा कोरोना पोजेटिभ देखियो । त्यसपछि भरतपुरमै पीसीआर विधिबाट परीक्षण गर्दा पनि पोजेटिभ आएपछि थप जाँचका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना पठाइयो । आमाछोराको रिपोर्ट पोजेटिभ आयो । भरतपुर अस्पतालको आइसोलेन वार्डमा रहेकी आमालाई सुगर र उच्च रक्तचापको समस्या भएको संक्रमित महिलाका छोराले बताए । ‘आमालाई दीर्घ...
गजल

गजल

कला/साहित्य
भरोसा तिमीलाई यो बिश्वास तिमीलाई  यो श्वास तिमीलाई यो प्रस्वास तिमीलाई कसरी संभालौं म आफैंले आफुलाई नदेख्दा नजरको आसपास तिमीलाई जुनको उज्यालो झैं छ मुहार तिम्रो सुन्दर जीवनको मधुमास तिमीलाई छोडी सबैथोक समायौ हात मेरो म भन्छु हरपल स्याबास तिमीलाई तिम्रो साथ पाउँदा खुसीमा रमाउँछु जिन्दगीको खास मिठास तिमीलाई एन. पी. खतिवडा ...
##गजल##

##गजल##

कला/साहित्य
न जिउन सके म न त मर्न सके म जिन्दगिलाई आनन्दले न त भर्न सके मटुटें फुटें फुटें टुटें म त टुक्रा टुक्रा भएर टुक्रिएको हृदयले न त केही गर्न सके ममडारिएँ बादल सरि म त छरपस्ट भएर शितल शितल वर्षा बनी न त झर्न सके मलडें उठें उठें लडें चाल्न खोज्दै पाइलाहरु जहाँ थिए त्यहीँ रहे न त कतै सर्न सके महाय! म त कस्तो दुखी मानिस भएछु दु:खको यो भवसागर न त तर्न सके मरोई रोई काटें जीवन म त लाचार बनेर मीठो मीठो मुस्कान न त कतै छर्न सके म                 लेखक: एन.पि. खतिवडा...