Sunday, June 28"सञ्चार समाज को ऐना हो ।"
Shadow

Blog

सहिदहरुको सम्झनामा:भुपी शेरचन

सहिदहरुको सम्झनामा:भुपी शेरचन

कला/साहित्य
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगएबन्दैन मुलुक दुई-चार सपूत मरेर नगए ओठमा हाँसो, गालामा लाली तब आउँछ जगत्‌कोदेशको पीरले भेटी जब वीरले चढाउँछ रगतको घाँटीमा फाँसीको माला गाँसी वीरले हाँस्तामातृभूमिको चरण ढोगी भाग्दछ दासताउम्रन्न बोट कसैले बीउ छरेर नगए हामीले खाने प्रत्येक गाँसमा रगत छ शहीदकोहामीले फेर्ने प्रत्येक सासमा रगत छ शहीदकोहाम्रो मुटुको प्रत्येक चालमा छ धडकन शहीदकोहाम्रो खुशीको प्रत्येक पलमा छ जीवन शहीदकोपाउने थिएनौं खुशी तिन्‌ले छाडेर नगए हामीले आफ्नो कर्तब्य बिर्से इतिहासले धिक्कार्लागोली निलेका शहीदका प्यारा ती लाशले धिक्कार्लाधरतीले मुख लाजले छोप्ला, आकाशले धिक्कार्लाशहीद रोलान् हामीले उन्न्ती गरेर नगएहुँदैन बिहान मिर्मिरेमा तर झरेर नगएबन्दैन मुलुका दुई-चार सपूत मरेर नगए...
लोकहित पक्षधर भानुभक्त

लोकहित पक्षधर भानुभक्त

कला/साहित्य
गण्डकी प्रदेशको चुँदीरम्घाको थुम्कोबाट उदाएको ध्रुवतारा नेपाली भाषा साहित्यका प्रथम विभूति भानुभक्तको सम्मान जे जति गरिनुपर्ने थियो, त्यो हुन सकिरहेको छैन । यद्यपि भानुभक्तका सरल, सरस र मधुमय नेपाली काव्यवाणीले चिरकालदेखि यस भू-खण्डकै मानव सभ्यता र संस्कृतिको क्षेत्रमा क्रियाशिल पाइन्छ । नेपाली जातीयताका प्रतीक भानुभक्त आचार्यको सम्झना र सम्मानका खातिर प्रसङ्ग उठाउँदा नेपाली मूलका भारतवासीहरूले सहजै रूपमा चुँदीरम्घाको ऋणभार नेपाली भाषा र साहित्यको विकासमा संस्थागत रूपमा सेवा गरेर होस् चाहे भानुभक्तको प्रतिमा निर्माण र उनको नाउँमा पुरस्कार स्थापना गरेर होस् तिरिरहेको देखिन्छ । भानु जन्मजयन्तीका अवसरमा प्रान्तीयस्तरमा र्सार्वजनिक बिदा दिएर होस् वा नेपाली भाषालाई भारतीय विधानमा संवैधानिक मान्यता प्रदान गरेर होस् जहाँ मर्ूधन्य व्यक्तित्व आदिकव्रि्रति सम्मानका श्रद्धासुमन अर्पण गरिरहेका छन् ...

काठमाण्डौं यात्रामा मेरा – रंगीन बास र छुटेको बस (परिहास)

कला/साहित्य
बस आफ्नै गतिमा दगुरीरहेको थियो । मेरो छुटेको अर्को बसको भेटाउने आशा - डाँडा माथी बाट घाम अस्ताई सकेको थियो । खलाँसी तत्काल चढेका यात्रीहरुलाई भाडा उठाउँदै मेरो सिट सम्म आईपुग्यो । मैल पहिले नै पटक पटक केहि छिन पछि दिन्छु भनि पठाएको थिएँ । त्यसैले मैले त्यो भन्दा धेरै, हरेक बहानामा छल्ने प्रयास गरिन । म बसको सबै भन्दा पछाडी अन्तिम सिटको देब्रे झ्यालमा लुस्रुक्क बसिरहेको थिएँ । अलिकति आफु आफै भित्र कता कता हिनताबोधले ढिपी कसिरहेको थियो म मा । "भाई ! भाडा दिनुस् ।" झ्यालको पर्दा काँधमाथी पन्छाएर, झ्याल बाहिरका दृष्य संग मोहकता मा हर्राईरहेको बहाना बनाइरहेको थिएँ मैले, ता कि उसले मेरो एकाग्रता भंग नगरोस् । "ए ! पख्नुस् है ।" उसको आवाजले मेरो एकाग्रता भंग भएको नाटक गर्दै मेरो झोलाको र्साईड पकेट खोलें र सोधें । "दाई ! बिर्तामोडबाट आएको काठमाण्डौं को हिमाल फस्ट गाडी भेटाउँछ कि भेटाउँद...
किम जोङ उनको मुटुको शल्यक्रिया

किम जोङ उनको मुटुको शल्यक्रिया

अन्तराष्ट्रिय, समाचार
काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको मुटुको शल्यक्रिया गरिएको छ । दक्षिण कोरियाली सञ्चार माध्यमका अनुसार, अप्रिल १२ मा उनको मुटुको सर्जरी गरिएको हो । शल्यक्रिया गरिएको एक सातापछि उनी अस्पतालमै आराम गरिरहेको खबर प्रकाशमा आएका छन् । पछिल्लो समय एक विशेष वार्षिक समारोहमा उनी उपस्थित नभएपछि उनको विषयमा विभिन्न आशंका उत्पन्न भएका थिए । किमका हजुरबुबाको अप्रिल १५ मा जन्मजयन्ती थियो । उत्तर कोरियामा यो दिन विशेष किसिमले मनाउने प्रचलन छ । त्यहाँ सार्वजनिक बिदा दिइन्छ । तर, उत्तर कोरियाली सञ्चारमाध्यले सार्वजनिक गरेको तस्वीरमा किम जोङ उन देखिएका थिएनन् । स्रोतका अनुसार, अप्रिल १२ मा उत्तर कोरियाको अस्पतालमा उनको मुटुको सर्जरी गरिएको थियो । उत्तर कोरियाभित्रको जानकारी पाउनु निकै कठिन हुन्छ । विशेषगरी त्यहाँका नेताको विषयमा कुनै पनि जानकारी बाहिर चुहाइँदैन । अत्यधिक तौल...
अभिव्यक्ति स्वतन्त्रताको पूर्ण उपयोग गर्दै हामी जवाफदेही शासन सञ्चालनको पैरवी

अभिव्यक्ति स्वतन्त्रताको पूर्ण उपयोग गर्दै हामी जवाफदेही शासन सञ्चालनको पैरवी

सम्पादकीय
जनताद्वारा निर्वाचित संविधान सभाले जारी गरेको संविधानले चार वर्ष पूरा गरेकै दिन हामी सेतो पत्रिका लिएर आएका छौं। आफूले चुनेका प्रतिनिधिमार्फत् संविधान बनाउने झण्डै सात दशकदेखिको नेपाली सपना साकार भएको यो ऐतिहासिक दिनलाई नै हामीले पाठक, दर्शक र श्रोतासँग जोडिने प्रस्थानबिन्दु बनाउने निधो गर्‍यौं। जननिर्वाचित संविधान सभामार्फत् जारी यो संविधान नेपालका अघिल्ला संविधान भन्दा धेरै कोणबाट फरक छ। यसले नेपाली समाजको विविधतालाई आत्मसात् गरेको छ। व्यक्तिको प्रतिष्ठा, अधिकार र आत्मसम्मानलाई सर्वाधिक महत्व दिएको छ। सिंगो राज्य प्रणालीलाई सामेली बनाउने संकल्प गरेको छ। नागरिकको स्वतन्त्रतालाई आफ्नो अभिन्न पहिचान बनाएको छ। संविधानमा सुनिश्चित स्वतन्त्रताको यही फराकिलो मैदानमा जिम्मेवार पत्रकारितामार्फत् हामीले सबैलाई सुसूचित गर्ने प्रयत्न गर्नेछौं।  नेपाली नागरिकले आफूमा निहित सार्वभौम...
राजपा नटुट्ने, प्रदेश २ सरकारको आयु छोटिन सक्ने

राजपा नटुट्ने, प्रदेश २ सरकारको आयु छोटिन सक्ने

Breaking News, राजनीति
काठमाडौँ- दल विभाजन सम्बन्धी अध्यादेश आएपछि जारी राजनीतिक अभ्यासको अपेक्षित फाइदा लिन नेकपा सफल भएमा यो साताभित्र प्रदेश २ को सरकार गिर्नसक्ने संकेत देखा परेको छ। हाल प्रदेश २ को सरकारलाई समाजवादी पार्टीका २९ जना र राजपाका २५ गरी ५४ सदस्यहरुको समर्थन छ। नेकपाले चाहेअनुसार समाजवादी पार्टीको ४० प्रतिशत या त्यो भन्दा बढी सदस्य आएमा नेकपाका बाँकी सदस्यसँग मिलेर नयाँ सरकार बनाउने तयारी भएको बुझिएको छ। तर राजपाका केन्द्रीय नेता सरदसिंह भण्डारीले कुनै पनि हालतमा पार्टी नफुट्ने र नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीको लोकतन्त्रविरुद्धको कदमबाट कुनै राजनीतिक फाइदा नलिने तर विरोध गर्ने पक्षमा रहेको बताउँछन्। यता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग रुष्ट रहेका प्रधानमन्त्री ओली र उनका विश्वसनीय पात्रहरुले समाजवादी पार्टीका नेता एवं पूर्व शहरी विकासमन्त्री र अन्य नेताहरुमार्फत समाज...
नेपाल टेलिकमको पोस्टपेड सिम प्रयोग गर्दा कति तिर्नुपर्छ पैसा ?

नेपाल टेलिकमको पोस्टपेड सिम प्रयोग गर्दा कति तिर्नुपर्छ पैसा ?

Breaking News, अर्थतन्‍त्र
केही दिन अघि सोसल मिडिया नेपाल टेलिकमको बिलिङ सिस्टमको बारेमा निकै चर्चा भयो। कतिपयले नेपाल टेलिकमले एकै पटक स्वाट्टै पैसा तानेको प्रतिक्रिया पनि दिए। विशेषगरी नेपाल टेलिकमको पोस्टपेड सिमकार्ड प्रयोग गर्नेहरू बिलिङ सिस्टमको बारेमा पूर्ण जानकार नहुँदा बेला बेला झुक्किने गरेको नेपाल टेलिकमले बताएको छ। नेपाल टेलिकमको पोस्टपेड सिमकार्ड  प्रयोग गर्ने ग्राहकले गरेको प्रत्येक कल बराबरको रकमलाई अनबिल्ड अमाउन्ट अर्थात भुक्तानी नभएको रकमको रूपमा लेखाङ्कन गरिने र महीनाको अन्तिममा बील तयार गरेर भुक्तानी लिने गरेको नेपाल टेलिकमले बताएको छ। नेपाल टेलिकमको पोस्टपेड सिमकार्डबाट फोन गर्दा प्रतिमिनेट ५५ पैसा लाग्छ भने प्रि–पेडबाट फोन गर्दा ७० पैसा प्रतिमिनेट लाग्छ। के हो अलबिल्ड अमाउन्ट ? पोस्टपेड सिमकार्ड  प्रयोग गर्ने ग्राहकले गरेको प्रत्येक कल बराबरको रकमलाई अनबिल्ड अमाउन्ट अर्था...
ज‌ंगी अड्डामा चारै सुरक्षा निकायका प्रमुखको छलफल

ज‌ंगी अड्डामा चारै सुरक्षा निकायका प्रमुखको छलफल

Breaking News, समाचार
देशका चारै सुरक्षा निकायका प्रमुखहरू जंगी अड्डामा भेला भएर कोभिड–१९ नियन्त्रण तथा रोकथामका बिषयमा छलफल गरेका छन् । सैनिक मुख्यालयमा भएको यो भेटघाट नियमित हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले बोलाएको बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली र राष्ट्रिय अनुसन्धान विभागकका प्रमुख गणेश अधिकारी उपस्थित थिए । कोभिड–१९ बिरुद्धको कारबाहीमा अंग्रपक्तिमा रहेका चारै सुरक्षा निकायले निभाउँदै आएको भूमिकालाई अझै प्रभावकारी बनाउन र एकअर्कामा समन्वयनमा आइपरेका अप्ठेराका बिषयमा छलफल भएको बैठकमा उपस्थित एक सुरक्षा प्रमुखले बताए । उनले सर्वसाधारणसँगको प्रत्यक्ष सम्पर्कमा रहने प्रहरी, सीमा सुरक्षामा खटिएको सशस्त्र र ७७ जिल्लामा गुप्तचरी संरचना रहेको विभागले कसरी काम कारबाहीलाई प्रभावकारी बनाउने बिषयमा बैठक केन्द्रित रहेको बताए । “सोमबार भएक...
राजपा फुट्न सक्छ, एक-दुई दिनमै तस्वीर देखापर्छ’

राजपा फुट्न सक्छ, एक-दुई दिनमै तस्वीर देखापर्छ’

Breaking News, राजनीति
सरकारले राजनीतिक दलसम्बन्धी ऐनमा रहेको दल विभाजनसम्बन्धी व्यवस्था खुकुलो पार्न अध्यादेश ल्याउने निर्णय गरेसँगै आजै साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले योसँगै संवैधानिक परिषद् सम्बन्धी अध्यादेशसमेत जारी गरेकी छन्।   संवैधानिक परिषद् भन्दा पनि राजनीतिक दलसम्बन्धी अध्यादेशले महामारीले थिचिएको मुलुकको राजनीतिमा एकाएक ठूलो तरंग ल्याइदिएको छ। कुनै पनि दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलका ४० प्रतिशत सदस्य आवश्यक पर्ने कानूनी व्यवस्थालाई संशोधन गरेर अध्यादेशले विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा ४० प्रतिशत भए पुग्ने व्यवस्था गरेको छ।  यो अध्यादेश ल्याउने सरकारको निर्णयलगत्तै शुरूमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै फुट्न लागेको टिप्पणी हुन थालेको थियो। तर, यो अध्यादेश मूलतः समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) भित्रका समूहको सहज...
कच्चा तेलको मूल्य पहिलो पटक शून्यभन्दा तल, तेल किन्नेले उल्टै पैसा पाउने

कच्चा तेलको मूल्य पहिलो पटक शून्यभन्दा तल, तेल किन्नेले उल्टै पैसा पाउने

अर्थतन्‍त्र, समाचार
तस्वीरः रोयटर्स अमेरिकामा इतिहासमै पहिलो पटक कच्चा तेलको मूल्य शून्यबाट पनि तल झरेको छ। कोरोनाभाइरस संक्रमणका कारण मानिस घरबाहिर ननिस्कदा तेलको माग घट्न गइ भण्डारण क्षमताले नधान्ने अवस्था आएपछि तेलको मूल्य ऋणात्मक भएको हो। पहिलोपटक सोमबार अमेरिकामा कच्चा तेलको मूल्य शून्यभन्दा तल झरेको छ। अमेरिकाको बेन्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्लूटीआई) मा सोमबार कच्चा तेलको मूल्य माइनस ३७.६३ डलर प्रतिब्यारेल पुगेको छ। अब तेल उत्पादकले खरिदकर्तालाई कच्चा तेल किनिदिए वापत उल्टै पैसा दिने छन्। तेल भण्डारण क्षमता घट्दै गएपछि कतिपय कच्चा तेल उत्पादक कम्पनीले ट्याङ्करहरु भाडामा लिन थालेका छन्। भण्डारणमा नअटेको तेल ती ट्याङ्करमा राखिनेछ। अमेरिकी तेलबजारमा भएको मूल्यको गिरावट अन्तराष्ट्रियस्तरमा पनि परेको छ। अन्तराष्ट्रिय बेन्चमार्क ब्रेन्टमा कच्चा तेलको मूल्य ८.९ प्रतिशतले घटेको छ। यहाँ...