Saturday, March 25"सञ्चार समाज को ऐना हो ।"
Shadow

Breaking News

रत्नपार्कमा विद्युतीय द्रुत चार्जिङ स्टेशन, कारका लागि प्रति किमी ७० पैसा

रत्नपार्कमा विद्युतीय द्रुत चार्जिङ स्टेशन, कारका लागि प्रति किमी ७० पैसा

Breaking News, बिज्ञानप्रबिधी
चार्ज गर्दा कारमा औसत ७० पैसा, एसयूभीमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसमा एक रुपैयाँ २० पैसा प्रति किलोमिटर खर्च लाग्नेछ। नेपालमा उपलब्ध सवारी साधनहरूमा रहेको ब्याट्री क्षमता अनुसार‚ कम्तीमा आधा घण्टादेखि एक घण्टासम्म चार्ज पूर्ण हुने प्राधिकरणले जनाएको छ। विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्न चार्जिङ स्टेशनका लागि सहुलियत दरको महसूल तोकिएको विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। यद्यपि, निजी क्षेत्रबाट सञ्चालित चार्जिङ स्टेशनले तोकिएभन्दा बढी महसूल लिएको र विद्युतीय गाडीले भाडा दर पेट्रोलियम पदार्थबाट चल्ने गाडीकै सरह लिने गरेको गुनासो आएको उनले बताए। “यसको हामी अनुगमन गर्छौं, तोकिएभन्दा बढी महसूल नलिन र सस्तो दरमा चार्ज हुने भएकोले भाडामा सहुलियत दिन मेरो आग्रह छ,” उनले भने। प्राधिकरणले विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत अहिले सात प्र...
संघीय सरकारले गर्‍यो ६६३ अस्थायी दरबन्दी सिर्जना

संघीय सरकारले गर्‍यो ६६३ अस्थायी दरबन्दी सिर्जना

Breaking News, राजनीति
मन्त्रिपरिषद्को भदौ १३ गते बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत मात्रै ४३१ दरबन्दी सिर्जना गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोग अन्तर्गत सञ्चालित परियोजना र कार्यक्रमका लागि १०५ अस्थायी दरबन्दी स्वीकृत गरिएको मन्त्री कार्कीले बताए।...
राष्ट्रियताका मामिलामा अब नेपालमा न कोही पक्ष छ न प्रतिपक्ष नै।

राष्ट्रियताका मामिलामा अब नेपालमा न कोही पक्ष छ न प्रतिपक्ष नै।

Breaking News, सम्पादकीय
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत समेटेर नक्सा जारी गरेपछि निसान छापमा रहेको नेपालको नक्सा परिमार्जन गर्न ल्याएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक प्रतिनिधिसभाको मंगलबारको बैठकले सर्वसम्मतरूपमा अनुमोदन गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रस्तावमा विचार गरियोस् भनी राखेको प्रस्तावको विपक्षमा कुनै पनि दल उभिएनन्। यसको विपक्षमा कुनै पनि दलले आफूलाई प्रस्तुत नगर्नुको अर्थ राष्ट्रियताको मामिलामा मुलुक एक ढिक्का भएको सन्देश दिनु हो। संसद्मा विधेयक स्वीकृत भएपछि अब त्यसमा संशोधन र पारित प्रक्रिया अघि बढ्छ। यसले संविधान संशोधनसम्बन्धी यो विधेयक सर्वसम्मतिले पारित हुने सुनिश्चित मात्र गरेको छैन, नेपाली राष्ट्रियताको पक्षमा समेत मत जाहेर भएको छ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमात्र होइन, प्रमुख विपक्ष नेपाली कांग्रेसले समेत यसको पक्षमा आफूलाई प्रस्टरूपमा उभ्याएको छ। अन्...
अभिमानी माछा र कोरोना परिवेश:–थानेश्वर पाण्डेय

अभिमानी माछा र कोरोना परिवेश:–थानेश्वर पाण्डेय

Breaking News, कला/साहित्य
                एउटा सानो  तलाउमा तीन वटा बहादुर, सहासी र सहयोगी माछा थिए । उनीहरू सबैसँग मिलेर बस्थे । तीमध्ये एउटा भविष्यद्रष्टा अनागतविधाता (भविष्यको कुरा सोंचेर काम गर्ने), एउटा प्रत्युत्पन्नमति (समस्या परेको समयमै तुरुन्तै उपाय निकालेर सामना गर्ने) र अर्काे दीर्घसूत्री (समस्या परेपछि मात्र समाधानको उपाय सोंच्न थाल्ने) स्वभावका थियो । एक दिन माझीले उनीहरू बसेको तलाउको पानी सुकाएर माछा मार्ने योजनाले तलाउको पानी बाहिर निकाल्न थाल्यो । आफूमाथि ठूलो सयाङ्कट आइपरेको यो कुरा अनागतविधाताले थाहा पएर अरु दुई साथीलाई यस सङ्कटको अवस्थामा पानी नसुक्दै अर्काे तलाउमा भागेर जीवनरक्षा गर्न सल्लाह दियो । दीर्घसूत्रीले भने तलाउमा अझैसम्म धेरै नै पानी भएकाले त्यसरी हतार गरी भागिहाल्न नपर्ने जवाफ दिई आनन्दले जलविहार गर्न थाल्यो । अर्काे प्रत्युत्पन्नमति माछाल...
कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपाल (CFAN) ले “ परिवर्तन सम्भव छ ? सन्दर्भ: नेपालका शैक्षिक संस्थामा परीक्षा प्रणाली ”बिषयमा अनलाइन अन्तरक्रिया कार्यक्रम आयोजना

कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपाल (CFAN) ले “ परिवर्तन सम्भव छ ? सन्दर्भ: नेपालका शैक्षिक संस्थामा परीक्षा प्रणाली ”बिषयमा अनलाइन अन्तरक्रिया कार्यक्रम आयोजना

Breaking News, बिज्ञानप्रबिधी
कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपाल (CFAN) ले “ परिवर्तन सम्भव छ ? सन्दर्भ: नेपालका शैक्षिक संस्थामा परीक्षा प्रणाली ” बिषयमा अनलाइन अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो । कार्यक्रमलाई अतिथि बक्ताको रुपमा सुदूर पश्चिमान्चल विश्वविध्यालयका उपकुलपति प्रा. डा. अम्मराज जोशी, त्रिभुवन विश्वविध्यालयका शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुसाल, काठमाडौँ विश्वविध्यालयका रजिस्ट्रार प्रा. डा. सुबोध शर्मा, राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा प्रसाद अर्याल, सी एस आइ टि कलेज अर्गनाइजेसन नेपालका अध्यक्ष एवं हिसानका उपाध्यक्ष रामेश्वर अर्याल र प्याब्सनका अध्यक्ष टिकाराम पुरीले सम्बोधन गर्नु भएको थियो । त्यस अघि कार्यक्रममा कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपाल (CFAN) का उपाध्यक्ष सत्यराम सुवालले अतिथि वक्ता तथा सहभागीहरुलाई स्वागत गर्नुभएको थियो । CFAN (सिफ्यान) का महासचिव रमेश रिमालले संचालन गर्नु...
२१ वर्ष पहिलेको रिपोर्ट : कालापानीमा किन र कसरी भारतले सीमा मिचेको छ?

२१ वर्ष पहिलेको रिपोर्ट : कालापानीमा किन र कसरी भारतले सीमा मिचेको छ?

Breaking News, दृष्टिकोण
दार्चुला: दार्चुला जिल्लाको ब्यास गाउँ विकास समितिका वडा नं. १ मा पर्ने कालापानी क्षेत्रमा भारतले जवर्जस्ती आफ्नो सैनिक क्याम्प राखिरहेको छ। यसप्रति जनस्तरबाट जति विरोध भएको छ, त्यसका विपरीत सरकारले चाहिँ त्यसलाई अनावश्यक भण्झट ठानेको देखिन्छ। एउटा सार्वभौमसत्तासम्पन्न स्वतन्त्र देशको भूमिमा विदेशी सेना रहँदा पनि त्यसलाई हटाउन सरकारी तवरबाट पर्याप्त प्रयास भएको पाइँदैन। यहाँसम्म कि त्यहाँ भारतीय सेना बसेको जानकारी सरकारले कहिले पायो र नेपालको उत्तरी भेकमा रहेका १४ वटा भारतीय सैनिक चौकीहरुलाई २०२६ सालमा हटाउँदा पनि कालापानीस्थित क्याम्पलाई किन हटाइएन भन्ने बारे पनि सम्बन्धित निकायहरुले स्पष्ट चित्तबुझ्दो जवाफ दिन सक्दैनन्। कालापानी अतिक्रमणको चुरो भनेको महाकाली (चलनचल्तीको भाषामा काली) नदीको उद्गमस्थलसम्बन्धी विवाद हो। भारतले ‘तुल्सी न्यूराङ’ अर्थात कृत्रिम कालापानीमा कालीको कृत...
रूस बन्यो कोरोनाभाइरसको नयाँ हटस्पट, एकैदिन १० हजार बढीलाई संक्रमण

रूस बन्यो कोरोनाभाइरसको नयाँ हटस्पट, एकैदिन १० हजार बढीलाई संक्रमण

Breaking News, अन्तराष्ट्रिय
मार्च अन्तिम सातासम्म रूसमा कोरोना संक्रमित फाट्टफुट्टमात्र थिए। अप्रिल लागेसँगै त्यहाँ संक्रमण दिन दुई गुणा रात चौगुणा बढ्न थाल्यो।  रूसमा अहिले १ लाख ३४ हजार ६ सय ८७ मानिसमा कोरोनाको संक्रमण देखिएको छ भने १२ सय ८० जनाले ज्यान गुमाएका छन्। आमनागरिकलाई मात्र होइन रूसी प्रधानमन्त्री मिखाइल मिसुस्तिन पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ। संक्रमितको संख्यामा १ महिनापहिला पुछारतिर रहेको रूस अहिले सबैभन्दा बढी कोरोना संक्रमित भएका मुलुकमा सातौं नम्बरमा छ। उसले धेरै पहिला संक्रमण देखिएका चीन, इरान, टर्कीजस्ता देशलाई पछि पारेको छ। रूसी राष्ट्रपति भ्लादमिर पुटिनले संक्रमणको उच्चतम विन्दुमा अझै नपुगिएको बताएका छन्। कोरोनाको संक्रमण बढेको बढ्यै भएपछि पुटिनले देशभरि  मे ११ सम्मका लागि  काम गर्न नपाइने समय बढाएका छन्।  मार्च ३० देखि राजधानी मस्कोका १ करोड २० लाख मानिसला...
राजपा नटुट्ने, प्रदेश २ सरकारको आयु छोटिन सक्ने

राजपा नटुट्ने, प्रदेश २ सरकारको आयु छोटिन सक्ने

Breaking News, राजनीति
काठमाडौँ- दल विभाजन सम्बन्धी अध्यादेश आएपछि जारी राजनीतिक अभ्यासको अपेक्षित फाइदा लिन नेकपा सफल भएमा यो साताभित्र प्रदेश २ को सरकार गिर्नसक्ने संकेत देखा परेको छ। हाल प्रदेश २ को सरकारलाई समाजवादी पार्टीका २९ जना र राजपाका २५ गरी ५४ सदस्यहरुको समर्थन छ। नेकपाले चाहेअनुसार समाजवादी पार्टीको ४० प्रतिशत या त्यो भन्दा बढी सदस्य आएमा नेकपाका बाँकी सदस्यसँग मिलेर नयाँ सरकार बनाउने तयारी भएको बुझिएको छ। तर राजपाका केन्द्रीय नेता सरदसिंह भण्डारीले कुनै पनि हालतमा पार्टी नफुट्ने र नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीको लोकतन्त्रविरुद्धको कदमबाट कुनै राजनीतिक फाइदा नलिने तर विरोध गर्ने पक्षमा रहेको बताउँछन्। यता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग रुष्ट रहेका प्रधानमन्त्री ओली र उनका विश्वसनीय पात्रहरुले समाजवादी पार्टीका नेता एवं पूर्व शहरी विकासमन्त्री र अन्य नेताहरुमार्फत समा...
नेपाल टेलिकमको पोस्टपेड सिम प्रयोग गर्दा कति तिर्नुपर्छ पैसा ?

नेपाल टेलिकमको पोस्टपेड सिम प्रयोग गर्दा कति तिर्नुपर्छ पैसा ?

Breaking News, अर्थतन्‍त्र
केही दिन अघि सोसल मिडिया नेपाल टेलिकमको बिलिङ सिस्टमको बारेमा निकै चर्चा भयो। कतिपयले नेपाल टेलिकमले एकै पटक स्वाट्टै पैसा तानेको प्रतिक्रिया पनि दिए। विशेषगरी नेपाल टेलिकमको पोस्टपेड सिमकार्ड प्रयोग गर्नेहरू बिलिङ सिस्टमको बारेमा पूर्ण जानकार नहुँदा बेला बेला झुक्किने गरेको नेपाल टेलिकमले बताएको छ। नेपाल टेलिकमको पोस्टपेड सिमकार्ड  प्रयोग गर्ने ग्राहकले गरेको प्रत्येक कल बराबरको रकमलाई अनबिल्ड अमाउन्ट अर्थात भुक्तानी नभएको रकमको रूपमा लेखाङ्कन गरिने र महीनाको अन्तिममा बील तयार गरेर भुक्तानी लिने गरेको नेपाल टेलिकमले बताएको छ। नेपाल टेलिकमको पोस्टपेड सिमकार्डबाट फोन गर्दा प्रतिमिनेट ५५ पैसा लाग्छ भने प्रि–पेडबाट फोन गर्दा ७० पैसा प्रतिमिनेट लाग्छ। के हो अलबिल्ड अमाउन्ट ? पोस्टपेड सिमकार्ड  प्रयोग गर्ने ग्राहकले गरेको प्रत्येक कल बराबरको रकमलाई अनबिल्ड अमाउन्ट अर्थ...