राजपा फुट्न सक्छ, एक-दुई दिनमै तस्वीर देखापर्छ’
सरकारले राजनीतिक दलसम्बन्धी ऐनमा रहेको दल विभाजनसम्बन्धी व्यवस्था खुकुलो पार्न अध्यादेश ल्याउने निर्णय गरेसँगै आजै साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले योसँगै संवैधानिक परिषद् सम्बन्धी अध्यादेशसमेत जारी गरेकी छन्।
संवैधानिक परिषद् भन्दा पनि राजनीतिक दलसम्बन्धी अध्यादेशले महामारीले थिचिएको मुलुकको राजनीतिमा एकाएक ठूलो तरंग ल्याइदिएको छ। कुनै पनि दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलका ४० प्रतिशत सदस्य आवश्यक पर्ने कानूनी व्यवस्थालाई संशोधन गरेर अध्यादेशले विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा ४० प्रतिशत भए पुग्ने व्यवस्था गरेको छ।
यो अध्यादेश ल्याउने सरकारको निर्णयलगत्तै शुरूमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै फुट्न लागेको टिप्पणी हुन थालेको थियो। तर, यो अध्यादेश मूलतः समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) भित्रका समूहको सहज...

