Sunday, June 28"सञ्चार समाज को ऐना हो ।"
Shadow

Blog

मुख्यमन्त्री गुरुङको प्रस्ताव : आवागमन रोकौँ, उत्पादन र निर्माण खुला गरौँ

मुख्यमन्त्री गुरुङको प्रस्ताव : आवागमन रोकौँ, उत्पादन र निर्माण खुला गरौँ

समाचार
 पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लकडाउन खुकुलो बनाउने प्रस्ताव अघि सारेका छन् । उनले कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेललाई टेलिफोन गरेर लकडाउनको नयाँ मोडल बनाउन प्रस्ताव गरेका हुन् । बागलुङकी कोरोना संक्रमित मनकुमारी पौडेल र अंशु सापकोटा निको भएर घर फर्किएपछि गण्डकी प्रदेश ‘ग्रिन जोन’मा परेको मुख्यमन्त्री गुरुङको दाबी छ । उनकाअनुसार गण्डकी प्रदेशमा अहिलेसम्म चार हजार सात सय चार जनाको र्‍यापिड टेस्ट भइसकेको छ । विदेशबाट फर्किएका सबैजसोको पीसीआर टेस्ट गर्नुपर्ने भएपनि किट अभावले गर्न नसकिएको उनको भनाइ थियो ।...
लकडाउन एक साता थप

लकडाउन एक साता थप

समाचार
काठमाडौं । उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको छ । यद्यपि यसबारे मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्नेछ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालेको थियो । यद्यपि बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्प समेत आएको थियो । त्यसलगतै बसेको कार्यदलको बैठकले वैशाख १५ बाट एक साता लकडाउन लम्ब्याउनुपर्ने राय दिएको छ । त्यसपछि अर्को मोडलमा जान सकिने बताइएको छ । त्यही राय बोकेर समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सहितका मन्त्रीहरु बालुवाटार पुगेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्यदलको राय र बैठकमा आएका विकल्पहरुबारे ब्रिफिङ गर्नेछन् ।...
जोखिम बढेपछि ‘रेड जोन’ उदयपुरमै कोरोना अस्पताल बनाउने तयारी

जोखिम बढेपछि ‘रेड जोन’ उदयपुरमै कोरोना अस्पताल बनाउने तयारी

समाचार
काठमाडौं। सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको उदयपुर जिल्लालाई कोरोना विशेष क्षेत्र घोषणा गरी परीक्षण र उपचारको लागि अस्पताल बनाउन तयारी थालिएको छ। आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहितको टोली उदयपुर पुगेर त्यहाँको अवस्थाको जानकारी लिएका छन्। मुख्यमन्त्री राईको साथमा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरे र नेपाली सेनाको इटहरीस्थित् पूर्वी पृतनापति अनन्त कार्की सैनिक हेलिकप्टरमा उदयपुर पुगेका हुन्। मुख्यमन्त्री राईले संक्रमितहरूको उपचार व्यवस्था स्थानीयस्तरमै मिलाउन उदयपुरमै अस्थायी कोरोना अस्पताल सञ्चालन गर्न लागिएको जानकारी दिए। “धेरै बिरामी भेटिएपछि सावधानी र थप सतर्कता अपनाउन हाम्रो ध्यान यहीँ केन्द्रित गरेका छौं”, उदयपुर पुगेर उनले भने, “रोकथाम, उपचार र जनताका आधारभूत समस्यालाई सम्बोधन गर्ने गरी तयारी भइरहेको छ। अस...
उच्चस्तरीय समितिकाे निष्कर्ष- ‘काेराेना भाइरसकाे संक्रमण फैलन नदिन लकडाउन प्रभावकारी’

उच्चस्तरीय समितिकाे निष्कर्ष- ‘काेराेना भाइरसकाे संक्रमण फैलन नदिन लकडाउन प्रभावकारी’

समाचार
काठमाडौं। कोभिड-१९ रोकथाम, नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिले लकडाउनले मुलुकलाई संक्रमणबाट जोगाउन महत्त्वपूर्ण काम गरेको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको बैठकले अहिलेसम्मको अवस्था समीक्षा गर्दै संक्रमण फैलन नदिन लकडाउन प्रभावकारी रहेको निष्कर्ष निकालेको हो। “आजको बैठकले अहिलेसम्मको सबै विषयमाथि समीक्षा र छलफल गर्‍यो”, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले भने, “११ चैतदेखि गरिएको लकडाउन प्रभावकारी रहेको भन्ने निष्कर्ष निकाल्दै आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने छलफल भएको छ।” उनका अनुसार उच्चस्तरीय समितिको बैठकले १५ वैशाखपछिको लकडाउनको स्वरूप कस्ताे बनाउने भन्ने विषयमा कार्यदल बनाइएको छ। सरकारका मुख्य सचिवको संयोजकत्वमा बनाएको कार्यदलले आवश्यक छलफल अघि बढाइसकेको भन्दै उक्त कार्यदलले दिने प्रतिवेदनकै आधार...
बिधार्थी हरु को लागि प्रती महिना १२५० देखी २००० क्यानडेली डलर

बिधार्थी हरु को लागि प्रती महिना १२५० देखी २००० क्यानडेली डलर

अन्तराष्ट्रिय, समाचार
सरोज श्रेष्ठ:टोरेन्टटो(क्यानडा) क्यानडा सरकारले बिदेशी बिधार्थी हरु को लागि प्रती महिना १२५० देखी २००० क्यानडेली डलर उपलब्ध गराउने घोषणा गरेको छ ।
आरआर क्याम्पसमा अनलाइन पढाइ सुरु

आरआर क्याम्पसमा अनलाइन पढाइ सुरु

शिक्षा, समाचार
काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)ले अनलाइन कक्षा सुरु गरेको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि गरिएको लकडाउनले क्याम्पसमै पुगेर पढ्ने÷पढाउने काम रोकिएपछि अनलाइन कक्षा सुरु गरिएको हो । आरआर क्याम्पस विद्यार्थी कल्याण शाखा प्रमुख देवी घिमिरेका अनुसार स्नातकोत्तर (एमए) र स्नातकको (बीसीए)को भिडियो कक्षा चलिरहेको छ । स्वअध्ययनका सिलसिलामा विद्यार्थीलाई कुनै खालको समस्या नपरोस् भनेर हामीले उपलब्ध स्रोत साधनको उपयोग गरेर जति सकिन्छ, त्यति सुरु गरौं भनेर काम गरिरहेका छौं,’ घिमिरेले भने, ‘कोर्स नै अगाडि बढाउने भन्दा पनि पढाइ भइसकेका विषय रिभिजन (पुनः दोहोर्याउने) र पढ्न बाँकी विषयवस्तुमा विद्यार्थीले पूर्व तयारी गर्न सकुन् भन्ने उदेश्य हाम्रो हो ।’...
नेकपाको सचिवालयमै अध्यादेश ढिसमिस !

नेकपाको सचिवालयमै अध्यादेश ढिसमिस !

राजनीति
नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७१ वर्ष पुगेको पूर्वसन्ध्यामा सोमबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा नेकपाका ९ जना शीर्ष नेताहरु भेला भएका थिए । जनताले बहुमत दिएर सरकार चलाउन पठाउँदा पनि आफ्नै निरीहताका कारण दुःखमा डुबेका सत्तारुढ नेताहरुको अनुहारमा चमक थिएन । चमक होस् पनि कसरी ? केही घण्टाअघि मात्र प्रधानमन्त्री ओलीले क्याबिनेट बैठकमा प्रस्तुत गरेका बेमौसमका दुई अध्यादेशले पार्टीभित्र तरंग ल्याएको थियो । र, त्यही तरंगका कारण प्रचण्डले केपी ओलीलाई टेलिफोन गरेपछि अकस्मात सचिवालय बैठक डाकिएको थियो । कोरोनाको महामारीविरुद्ध राष्ट्रिय एकताको खाँचो परिरहेका बेला पार्टी फुटाउन सजिलो पार्ने अध्यादेश पारित गरेर शीतलनिवास पठाएपछि प्रधानमन्त्री ओली सचिवालय बैठकमा उभिएका थिए । आकस्मिक बैठकमा सचिवालयका नेताहरु केपी ओली, प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष...
अस्ट्रेलिया अमेरिकाको सुगा बनिरहेको चीनको आरोप

अस्ट्रेलिया अमेरिकाको सुगा बनिरहेको चीनको आरोप

अन्तराष्ट्रिय, समाचार
चीनले अस्ट्रेलिया ट्रम्पको सुगा बनेको आरोप लगाएको छ। उसले अस्ट्रेलियाले अमेरिकाबाट आएको निर्देशन अनुसार आफ्नो आलोचना गरिरहेको जनाएको छ। अमेरिकाले चीनले कोरोना भाइरस महामारीको सुरुवाती अवस्था नियन्त्रण गर्न उचित पहल नगरेकाले विश्वले कोरोनाको महामारीको सामना गरिरहेको आरोप लगाउँदै आएको छ। चीनको यो भनाइले यी दुई प्रमुख व्यापार साझेदारहरूको सम्बन्ध थप बिग्रने संकेत गरेको छ। वरिष्ठ अस्ट्रेलियन नीति निर्माताहरूले पछिल्लो दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उद्गमका बारेमा अनुसन्धान गर्नुपर्ने र महामारीका विषयमा चीनको पारदर्शितामाथि व्यक्त गरिरहेको शंकालाई समर्थन गरिरहेका छन्। अस्ट्रेलियाको राजधानी क्यानवेरामा रहेको चिनियाँ दुतावासले अस्ट्रेलियन नीति निर्माताहरू ट्रम्पको मुखपत्र बनिरहेको प्रतिक्रिया दिएको छ। 'सबैलाई थाहा छ हालै अमेरिकाका उच्च तहका अधिकारीसहितक...

यात्री:लक्ष्मी प्रसाद देवकोटा

कला/साहित्य
कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो ? कुन सामग्री पुजा गर्नेसाथ कसोरी लाने हो ? मानिसहरूका काँध चढीकुन देवपुरीमा जाने हो ?हाडहरूका सुन्दर खम्बामांस पिण्डका दिवार । मस्तिस्कको यो सुनको छानाइन्द्रियहरुका द्वार ! नसा-नदिका तरल तरङ्ग,मन्दिर आफू अपार ।कुन मन्दिरमा जान्छौ यात्री,कुन मन्दिरको द्वार ? मनको सुन्दर सिंहासनमाजगदिश्वरको राज । चेतनको यो ज्योति हिरण्य,उसको शिरको ताज ।शरिरको यो सुन्दर मन्दिर,विश्वक्षेत्रको माझ । भित्र छ ईश्वर बाहिर आँखाखोजि हिंडछौ कुन पुर ? ईश्वर बस्तछ गहिराइमा,सतह बहन्छौ कति दूर ?खोजी गर्छौ ? हृदय उगाऊ,बत्ति बाली तेज प्रचुर  साथी यात्री बीच सडकमा,ईश्वर हिंडछ साथ चुम्दछ ईश्वर काम सुनौलागरीरहेको हातछुन्छ तिलस्मी करले उसले,सेवकहरूको माथ । सडक किनारा गाउँछ ईश्वरचराहरूको तानामा बोल्दछ ईश्वर मानिसहरूकोपीडा, दु:खको गानामादर्शन...