Monday, January 12"सञ्चार समाज को ऐना हो ।"
Shadow

Blog

##गजल##

##गजल##

कला/साहित्य
न जिउन सके म न त मर्न सके म जिन्दगिलाई आनन्दले न त भर्न सके मटुटें फुटें फुटें टुटें म त टुक्रा टुक्रा भएर टुक्रिएको हृदयले न त केही गर्न सके ममडारिएँ बादल सरि म त छरपस्ट भएर शितल शितल वर्षा बनी न त झर्न सके मलडें उठें उठें लडें चाल्न खोज्दै पाइलाहरु जहाँ थिए त्यहीँ रहे न त कतै सर्न सके महाय! म त कस्तो दुखी मानिस भएछु दु:खको यो भवसागर न त तर्न सके मरोई रोई काटें जीवन म त लाचार बनेर मीठो मीठो मुस्कान न त कतै छर्न सके म                 लेखक: एन.पि. खतिवडा...
खाेकु छिन्ताङ दुख्याे कि…रचनाकार काेराेना भाइरसले संक्रमित

खाेकु छिन्ताङ दुख्याे कि…रचनाकार काेराेना भाइरसले संक्रमित

कला/साहित्य, समाचार
रचना : गणेश इजमसंगीत : शिव सुब्बास्वर : किशाेर थुलुङखाेकु छिन्ताङ दुख्याे कि अरुण सुसाउदामन सबकाे रुन्छ कि दु:ख बिसाउदा । अन्धकारमा बन्दुकहरू पड्किएकाे बेलाछातीभरि संगीनहरू गाडिएका बेलाधनकुटाकाे छाती दुख्याे चाल पायाैं किअन्यायकाे विराेध गर्ने कसम खायाैं कि ।खाेकु छिन्ताङ दुख्याे कि... बसन्तका पालुवामा सहिदहरू फुल्छन्सल्लेरीकाे सुसाइमा हावा भई डुल्छनधनकुटाले अाफ्नाे घाउ सम्झी राख्नु पर्छनसाभित्र ताताे रगत बहाई राख्नु पर्छ ।खाेकु छिन्ताङ दुख्याे कि... खाेकु छिन्ताङ दुख्याे कि…रचनाकार गणेश इजम  काेराेना भाइरसले संक्रमितकाेराेना भाइरसले संक्रमित भई बेलायत Ashford Kent काे William Harvey Hospital काे अ।इसियुमा उपचाररत हुनुहुन्छ।...
सोसल मिडियाको लत छुटाउने फेसबुकको नयाँ फिचर

सोसल मिडियाको लत छुटाउने फेसबुकको नयाँ फिचर

बिज्ञानप्रबिधी
काठमाडौं । सोसल मिडिया प्लाटफर्म फेसबुक विश्वमा सर्वाधिक लोकप्रिय सोसल मिडिया हो । परिवार तथा मित्रजनसँग जोडिने सबैभन्दा सहज माध्यम बनिरहेको छ फेसबुक । तर सामाजिक सञ्जालमा आफूलाई जोड्ने र दुनियासँग साक्षात्कार गराउनका लागि प्रयोग हुने फेसबुक समयक्रम सँगै मानिसहरुको लतमा परिणत भएको छ । मानिसहरु अत्यधिक समय फेसबुकमा झुण्डिने समस्या बढिरहेको र यसले फेसबुक प्रयोगकर्ताहरुमा मानसिक तथा सामाजिक समस्या सिर्जना गरिरहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । प्रयोगकर्ताहरुमा बढिरहेको फेसबुकको यहीँ लतलाई छुटाउनका लागि फेसबुक स्वयंमले एक नयाँ फिचर सुरु गरेको छ । फेसबुकले आफ्नो एपमा एक नयाँ टूल थप गरेको छ । Quiet Mode नामक उक्त टूलले प्रयोगकर्तालाई फेसबुक प्रयोग कम गर्नका लागि मार्ग प्रसस्त गर्दछ । क्वाइट मोडका माध्मबाट प्रयोगकर्ताहरुले यो प्लाटफर्ममा बिताउने समय कम गर्न सक्नेछन् । फेसबुकले तत्काल...
‘ट्विनी गल्र्स’सँग लुँडो खेलेर दिन काट्दै ‘बले’

‘ट्विनी गल्र्स’सँग लुँडो खेलेर दिन काट्दै ‘बले’

मनोरन्जन
लकडाउन सुरु हुनुभन्दा केही दिन अगाडिदेखि नै सागर लम्साल ‘बले’ फुर्सदिला बनिसकेका थिए । म्युजिक भिडियो तथा सिरियलको छायांकन रोकिएपछि उनले फुर्सद पाएका हुन् । लकडाउनपछि त झन् घरभित्रै थुनिएर बस्नुको विकल्प रहेन । आमा र बहिनीको साथ उनी कालोपुलमा बस्दै आएका छन् । सागर बिहान केही ढिलासम्म सुत्छन् । उठेर आधा घण्टाको मेडिटेसन र पेटको लागि व्यायाम गर्छन् । अनि नुहाउँदा खाना खाने समय भइसक्छ । सागरले भने, ‘मेडिटेसन र व्यायाम नगरेको चाहीँ दिन नै हुन्न । व्यायम गरेर नुहाएपछि मात्र मेरो दिन सुरु हुन्छ ।’ खाना खाएर आफ्नो कोठा छिरेपछि सागरले गर्ने क्रियाकलापहरु धेरै छन् । कहिले चलचित्र हेर्छन् । कहिले पुस्तक पढ्छन् त कहिले युट्युबमा भुलिन्छन् । ‘मैले यस्तो गर्छु भन्ने नै छैन । चलचित्र पनि हेरिरहेको हुन्छु, पुस्तक पनि पढ्छु, युट्युब र टिकटक पनि हेरिरहेको हुन्छ,’ उनले सुनाए । उनी दक्षिण भारत...
विश्‍व बैंक भन्छ- दक्षिण एशियामा ४० वर्षयताकै खराब आर्थिक वृद्धि

विश्‍व बैंक भन्छ- दक्षिण एशियामा ४० वर्षयताकै खराब आर्थिक वृद्धि

दृष्टिकोण
‘दक्षिण एशियाको पर्यटन व्यवसाय मन्दीमा गएको छ, आपूर्ति शृंखला अवरुद्ध छ, तयारी पोशाकको मागमा तीव्र गिरावट आएको छ अनि लगानीकर्ताहरूको मनस्थिति बिग्रेको छ ।’ वासिङ्टन । विश्‍व बैंकले यस वर्ष दक्षिण एशियामा ४० वर्षयताकै खराब आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ । विश्‍वको उदाउँदो अर्थतन्त्र मानिएको दक्षिण एशियामा यसपटक कोरोना भाइरस संक्रमण (कोभिड-१९)को गम्भीर नकारात्मक पार्ने प्रक्षेपण विश्‍व बैंकको छ । भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानलगायत मुलुकमा हालसम्म कोभिड-१९ का न्यून केस मात्र देखिए पनि निकट भविष्यमै यस महामारीको केन्द्र बन्‍ने जोखिममा रहेको विज्ञहरूले बताउँदै आएका छन् । एक अर्ब ८० करोडभन्दा बढी मानिसको बसोबास रहेको दक्षिण एशियामा केही यस्ता शहर पनि छन्, जसमा विश्‍वमै सर्वाधिक जनघनत्व छ । ‘दक्षिण एसियामा यसको प्रभाव देखिन थालिसकेको छ,’ विश्‍व बैंकको रिपोर...
लकडाउन थप ७ देखि १० दिन लम्ब्याउने तयारी

लकडाउन थप ७ देखि १० दिन लम्ब्याउने तयारी

Breaking News, राजनीति
कोरोना भाइरस रोकथामका लागि सरकारले वैशाख ३ गतेपछि पनि लकडाउन थप्ने तयारी गरेको छ। कति दिन थप्ने भनेर मंगलबार बस्ने मन्त्रिपरिषद बैठकमा छलफल हुने एक मन्त्रीले जानकारी दिए। ‘कम्तिमा ७ देखि १० दिन थप हुनसक्छ,’ उनले सेतोपाटीसँग भने, 'पछिल्लो अवस्था हेर्दा लकडाउन अझै कडाइ गर्नुपर्ने देखिन्छ। मंगलबार ११ बजे बस्ने मन्त्रिपरिषद बैठकले यसबारे निर्णय गर्न सक्छ।’ यसअघि गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा अझै केही साता कष्टपूर्ण हुन सक्ने बताएका थिए। उनले कम्तिमा वैशाख दोश्रो सातासम्म लकडाउन हुन सक्ने संकेत दिएका थिए।...
राष्ट्रिय सम्मानका साथ गरियो विपीनको अन्त्येष्टि

राष्ट्रिय सम्मानका साथ गरियो विपीनको अन्त्येष्टि

Breaking News, समाचार
काठमाडौं । हमासको आक्रमणमा परी ज्यान गुमाएका विपीन जोशीको राष्ट्रिय सम्मानका साथ महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ। बिहान ८ बजे विपीनको निवास (भीमदत्त नगरपालिका) बाट शवयात्रा निकालेर महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टि गरिएको हो। अन्त्येष्टिअघि विपीनलाई शसत्र प्रहरीले शलामी अर्पण गरेका थिए । विपीनको शवयात्रामा नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहितका तीन जना इजरायली प्रतिनिधिको टोली, आफन्तजन र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो। इजरायलले सोमबार स-सम्मानका साथ विपीनको शव नेपाललाई हस्तानतरण गरेको थियो । इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ ।...
तिहारका लागि सयपत्री फूलका पाँच हजार बिरुवा बिक्री

तिहारका लागि सयपत्री फूलका पाँच हजार बिरुवा बिक्री

Breaking News, समाचार
बोहोराका अनुसार भदौ यता मात्रै सयपत्री फूलका पाँच हजार बिरुवा बिक्री गरिसकेका छन् । फुल्न थालेका बिरुवा लगेर गमलामा सजाउने र तिहारमा प्रयोग गर्ने ग्राहकलाई उनले बिरुवा बिक्री गरेको बताए । पछिल्लो समय तिहारमा सयपत्री फूल खरिद गर्नुभन्दा बिरुवा खरिद गरेर घरमा सजाउने र तिहारमा प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको बोहोराले बताए । उनले रु ४० मा माटोसहितको फूलको बिरुवा बिक्री गरेको उनले बताए । ‘गत वर्षसम्म फूलको मात्र बढी कारोबार हुन्थ्यो, यसपटक फूलभन्दा बिरुवाको कारोबार बढी भयो । हालसम्म पाँच हजार बिरुवा बिक्री गरिसकेँ । हाल माग धान्न नसकेर अन्य ठाउँबाट ल्याएर फूलका बिरुवा बिक्री गरिरहेको छु’ , बोहोराले भने, ‘विभिन्न जातका फूल तथा फलफूलका बिरुवा नर्सरीमा उत्पादन गर्दै आएको छु । यसपटक बिरुवा बिक्रीबाट रु दुई लाख कारोबार गसिरसकेको छु ।’ भारतको नयाँ दिल्लीमा ‘बिएसी बोट्नी’ विषयमा अध्ययन ग...
युकेमा पहिलोपटक स्टेजमै भजन:

युकेमा पहिलोपटक स्टेजमै भजन:

Breaking News, कला/साहित्य
युकेमा पहिलोपटक स्टेजमै भजन: विदेशी भूमिमा पनि नेपाली धर्म, कला, संस्कृति र रीतिरिवाजलाई जगेर्ना गर्दै भावी पुस्तामा हस्तान्तरण गर्न धर्मसांस्कृतिक अभियान युके लागि परेको छ । गत मङ्गलबार युकेको वेल्स राज्यको राजधानी कार्डिफमा आयोजना भएको एक भव्य सांस्कृतिक कार्यक्रममा धर्म सांस्कृतिक अभियानको भजन उपसमितिले औपचारिक स्टेजमा नै परम्परागत भजन प्रस्तुत गरिएको थियो। वेल्स क्षेत्रका करिब १५० सहभागी उपस्थित उक्त कार्यक्रम इनास वेल्सले आयोजना गरेको थियो । कार्यक्रममा उपस्थित सहभागीहरूले प्रस्तुत भजनद्वारा मनका सम्पूर्ण नकारात्मक ऊर्जालाई नष्ट गरी आनन्द प्राप्त भएको प्रतिक्रिया दिएका थिए । भजन उपसमितिका संयोजक प्रेम भण्डारीले भजनका टुक्का प्रस्तुत गरेका थिए । पहिलोपटक प्रस्तुत भजनका विषयमा दर्शक तथा अतिथिहरूद्वारा सकारात्मक प्रतिक्रिया पाएको आयोजक इनास वेल्स संयोजक तथा कार्यक्रमका सभापति रामदत्त मिश...
क्यानडाविरुद्धको सिरिजमा नेपालको क्लीनस्वीप

क्यानडाविरुद्धको सिरिजमा नेपालको क्लीनस्वीप

खेलकुद
लगातार तीन वटा खेल जित्दै नेपालले क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा क्लीनस्वीप गरेको छ । पहिलो खेलमा रोमाञ्चक ७ रन, दोस्रो खेलमा ४ विकेटको जीतपछि अन्तिम खेलमा ९ विकेटको शानदार जीतसहित नेपालले क्लीनस्वीप गरेको हो । अन्तिम खेलमा २३३ रनको लक्ष्य पछ्याउने क्रममा शानदार जीत दर्ता गर्दा अनिल साह र भीम सार्की दुवैले शतक प्रहार गरे । साहले १२४ बलमा ११२ रन बनाए । यस क्रममा उनले १२ चौका र १ छक्का प्रहार गरे ।  यस्तै, सार्कीले १२९ बलमा १०१ रन बनाए । यस क्रममा उनले ११ चौका र १ छक्का प्रहार गरे । दुवै खेलाडीले एकदिवसीय क्रिकेटमा पहिलोपटक शतक प्रहार गरेका हुन् । पहिलोपटक नेपाली खेलाडीले एक खेलमा दुई शतक हानेको कीर्तमानसमेत साह र सार्कीको नाममा रहन पुगेको छ ।दोस्रो खेलमा क्यानडाविरुद्ध १९ बलमै सबैभन्दा छिटो अर्धशतक हानेर साहले नेपाली खेलाडीको रेकर्ड ...
क्रिकेटरअनिल साहको लगातार दोस्रो अर्धशतक

क्रिकेटरअनिल साहको लगातार दोस्रो अर्धशतक

Breaking News, खेलकुद
प्रारम्भिक ब्याटर अनिल साहले लगातार दोस्रो अर्धशतक प्रहार गरेका छन्।क्यानडासँगको एकदिवसीय शृंखला अन्तर्गत सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साहले अर्धशतक प्रहार गरेका हुन्। उनले यसअघि शनिबार कीर्तिमानी अर्धशतक प्रहार गरेका थिए।साहले सोमबार ५१ बलमा अर्धशतक बनाए। जसका लागि आठ चौका प्रहार गरे।यसअघि शनिबार भएको खेलमा १९ बलमा ५० रन बनाएका थिए। त्यो नेपाली खेलाडीले एकदिवसीय खेलमा बनाएको सबैभन्दा छिटो अर्धशतक हो। क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले राम्रो शुरूआत गरेको छ। साहसँगै भीम सार्की क्रिजमा छन्। नेपालले १६ ओभरमा एक विकेट गुमाएर ८९ रन बनाएको छ। कुशल भुर्तेल १३ रन बनाएर आउट भएका थिए।...
जनपरिचालनसहित आन्दोलन गर्ने माओवादीको निर्णय

जनपरिचालनसहित आन्दोलन गर्ने माओवादीको निर्णय

राजनीति
नेकपा माओवादीको केन्द्र केन्द्रीय कमिटीको बैठकले जनपरिचालनसहित बृहत्त् रुपमा अभियान चलाउने निर्णय भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।उनले भने, अब जनपरिचालनसहित अभियान गर्ने निर्णय भएको छ। अहिले कार्यकर्तामा मात्रै सीमित भएको थियो। यसलाई संघीयता र गणतन्त्रलगायतको बिषयमा उठेको प्रश्नका विरुद्ध जनपरिचालनसहित आन्दोलनको रुपमा दिने निर्णय भएको छ। उनका अनुसाुर चार महिने अभियान सफल भएको निष्कर्षसहित कार्यकर्ताको मुल्यांकनको आधार तयार गरेको बताए।उनले भने, अभियानमा १०० प्रतिशत खट्नेलाई प्रशंसा पत्र दिने, ७५र८० सम्म खट्नेलाई धन्यवाद पत्र, ५०/५५ सम्म खट्नेलाई निर्देशनपत्र र १५ प्रतिशत भन्दा कम खट्नेलाई कारवाही गर्ने, स्पष्टिकरण सोध्य जवाफ आएपछि चेतावानी घटुवा वा निलम्बन पनि हुनसक्छ।...
नेपालको इतिहासमै पहिलो पटक समलिङ्गी महिलाको विवाह दर्ता

नेपालको इतिहासमै पहिलो पटक समलिङ्गी महिलाको विवाह दर्ता

Breaking News, समाचार
काठमाडौं । समलिङ्गी (लेस्बियन) महिला-महिलाबीच नेपालको इतिहासमा नै पहिलो पटक विवाह दर्ता भएको छ । सर्वोच्च अदालतको आदेशअनुसार बर्दियाको बढैयाताल गाउँपालिका-२ को कार्यालयले लेस्बियन जोडीको विवाह दर्ता गरेको हो ।पाँच वर्षदेखि समलिङ्गी सम्बन्धमा रहेका बढैयाताल-२ का अन्जुदेवी श्रेष्ठ (दीप्ती) र बाँके कोहलपुर नगरपालिका वडा नं ५ बस्ने सुप्रिता गुरुङ्गको जोडीले कानूनी मान्यता पाएको हो । स्थानीय पञ्जीकाधिकारी एवं वडा सचिव दीपक नेपालीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्राविधिक शाखाबाट दिएको जानकारी अनुसार विवाह दर्ता गरिएको बताए ।उनले भने, ‘दर्ता गर्ने र प्रमाणपत्रमा अस्थायी विवाह दर्ता लेखेर जारी गर्न पञ्जीकरण विभागको प्राविधिक शाखाबाट जानकारी आयो । समलिङ्गी महिलाको विवाह दर्ता भएको यो पहिलो हो ।’  मायाको पहिचान नेपालका कार्यकारी निर्देशक एवं पहिलो संविधानसभा सदस्य सुनिलबाबु पन्तले अन्जु ...

राजनीतिका ‘सुवास’ 

Breaking News
नेपाली राजनीतिमा सधैँ सहमति, सहकार्य र सह अस्तित्वका पक्षधर नेम्वाङ राजनीतिक कुराबाहेक अन्य कुनै विषयमा विवादमा आएनन् । राजनीतिमै पनि उनले कसैलाई बिझाउने वाक्य बोलेनन् । ३० वर्षे संसदीय यात्राका सदावहार खेलाडी नेम्वाङले कहिल्यै फाउल खेलेनन् ।एक प्रकारले भन्ने हो भने उनी आर्थिक, राजनीति, चारित्रिक र नैतिक हिसाबले बेदाग बादशाह हुन् ।...
अहिले हाम्रा लागि सत्ता प्रधान होइन, हाम्रा लागि राष्ट्रको भविष्य प्रदान हो । 

अहिले हाम्रा लागि सत्ता प्रधान होइन, हाम्रा लागि राष्ट्रको भविष्य प्रदान हो । 

Breaking News, राजनीति
काठमाडौंमा शनिबार आयोजित पार्टीको कार्यक्रममा महासचिव पोखरेलले कमजोरहरूको सहकार्यबाट राष्ट्र निर्माण हुन नसक्ने निष्कर्षसहित बलियो शक्ति निर्माणमा लागेको बताए । एमालेले सत्ता प्राप्तिलाई प्राथमिकतामा नराखी शक्ति निर्माणमा जुटेको उनको भनाइ छ । 'अहिले हाम्रा लागि सत्ता प्रधान होइन, हाम्रा लागि राष्ट्रको भविष्य प्रदान हो । अब यो राष्ट्र निर्माण गर्नका लागि कमजोरहरूको सहकार्यबाट राष्ट्रको निर्माण हुन सक्दैन । बलियो राष्ट्रिय शक्तिको रूपमा एमालेको विकास अबको हाम्रो संकल्प हो भन्ने मान्यताका आधारमा हामीले मिसन ग्रासरुट अभियान थालेका थियौं,' उनले भने, 'त्यही मिसन ग्रासरुट अभियानको जगमा यतिबेला एमाले बलियो राष्ट्रिय शक्ति निर्माणको संकल्पका साथ नयाँ योजना, नयाँ संकल्पका साथ अगाडि बढन खोजिरहेको छ ।’...