Saturday, June 27"सञ्चार समाज को ऐना हो ।"
Shadow

Blog

कांग्रेस संसदीय दलको नेता बदल्न लाग्छु : गगन थापा

कांग्रेस संसदीय दलको नेता बदल्न लाग्छु : गगन थापा

Breaking News, राजनीति
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु अहिले देशको आवश्यकता भएको बताएका छन् । शनिवार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सके आफू र नसके आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउन लाग्ने बताए । नेपालमा भावी प्रधानमन्त्रीबारे पहिल्यै थाहा हुने गरेको भन्दै अब पूर्व प्रधानमन्त्रीहरूलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्नुपर्ने उनले बताए । आफू अब पनि पार्टीको संसदीय दलको नेता बदल्न लाग्ने उनको भनाइ छ ।...
रत्नपार्कमा विद्युतीय द्रुत चार्जिङ स्टेशन, कारका लागि प्रति किमी ७० पैसा

रत्नपार्कमा विद्युतीय द्रुत चार्जिङ स्टेशन, कारका लागि प्रति किमी ७० पैसा

Breaking News, बिज्ञानप्रबिधी
चार्ज गर्दा कारमा औसत ७० पैसा, एसयूभीमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसमा एक रुपैयाँ २० पैसा प्रति किलोमिटर खर्च लाग्नेछ। नेपालमा उपलब्ध सवारी साधनहरूमा रहेको ब्याट्री क्षमता अनुसार‚ कम्तीमा आधा घण्टादेखि एक घण्टासम्म चार्ज पूर्ण हुने प्राधिकरणले जनाएको छ। विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्न चार्जिङ स्टेशनका लागि सहुलियत दरको महसूल तोकिएको विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। यद्यपि, निजी क्षेत्रबाट सञ्चालित चार्जिङ स्टेशनले तोकिएभन्दा बढी महसूल लिएको र विद्युतीय गाडीले भाडा दर पेट्रोलियम पदार्थबाट चल्ने गाडीकै सरह लिने गरेको गुनासो आएको उनले बताए। “यसको हामी अनुगमन गर्छौं, तोकिएभन्दा बढी महसूल नलिन र सस्तो दरमा चार्ज हुने भएकोले भाडामा सहुलियत दिन मेरो आग्रह छ,” उनले भने। प्राधिकरणले विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत अहिले सात प्रदे...
संघीय सरकारले गर्‍यो ६६३ अस्थायी दरबन्दी सिर्जना

संघीय सरकारले गर्‍यो ६६३ अस्थायी दरबन्दी सिर्जना

Breaking News, राजनीति
मन्त्रिपरिषद्को भदौ १३ गते बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत मात्रै ४३१ दरबन्दी सिर्जना गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोग अन्तर्गत सञ्चालित परियोजना र कार्यक्रमका लागि १०५ अस्थायी दरबन्दी स्वीकृत गरिएको मन्त्री कार्कीले बताए।...
सोमाली सेना द्वारा  अल-शाबाब कमाण्डर :नेपाली लडाकु को हत्या

सोमाली सेना द्वारा अल-शाबाब कमाण्डर :नेपाली लडाकु को हत्या

अन्तराष्ट्रिय
१४ असार, काठमाडौं : संवाददाता सोमाली सेना द्वारा अल-शाबाब कमाण्डर अहस्रफ अज्मी अबु हम्दान को हत्या गरिएको सोमाली रेडियो ले जनाए को छ ।अहस्रफ अज्मी अबु हम्दान नेपाली नागरिक रहेको पनि जनाए को छ । उनी उक्त इस्लामिस्ट समूहका बरिष्ठ प्रशिक्षक थिए। हमदानको मृत्युको समाचार बेलायती समाचार संस्था रोयटर्सले पनि लेखेको छ। रोयटर्सको सोही समाचारलाई अमेरिकाको न्युयोर्क टाइम्स पत्रिकाले पनि आफ्नो अनलाइनमा छापेको छ।  हमदान दक्षिण सोमालियाको मध्य जुबा क्षेत्रमा मारिएका हुन्। उक्त कारबाहीमा उनीसँगै अरू तीन लडाकु पनि मारिएका छन।त्यति टाढाको युद्धमा सहभागी हुन नेपालका हामदान कसरी पुगे भन्नेबारे केही खुलेको छैन।...
राष्ट्रियताका मामिलामा अब नेपालमा न कोही पक्ष छ न प्रतिपक्ष नै।

राष्ट्रियताका मामिलामा अब नेपालमा न कोही पक्ष छ न प्रतिपक्ष नै।

Breaking News, सम्पादकीय
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत समेटेर नक्सा जारी गरेपछि निसान छापमा रहेको नेपालको नक्सा परिमार्जन गर्न ल्याएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक प्रतिनिधिसभाको मंगलबारको बैठकले सर्वसम्मतरूपमा अनुमोदन गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रस्तावमा विचार गरियोस् भनी राखेको प्रस्तावको विपक्षमा कुनै पनि दल उभिएनन्। यसको विपक्षमा कुनै पनि दलले आफूलाई प्रस्तुत नगर्नुको अर्थ राष्ट्रियताको मामिलामा मुलुक एक ढिक्का भएको सन्देश दिनु हो। संसद्मा विधेयक स्वीकृत भएपछि अब त्यसमा संशोधन र पारित प्रक्रिया अघि बढ्छ। यसले संविधान संशोधनसम्बन्धी यो विधेयक सर्वसम्मतिले पारित हुने सुनिश्चित मात्र गरेको छैन, नेपाली राष्ट्रियताको पक्षमा समेत मत जाहेर भएको छ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमात्र होइन, प्रमुख विपक्ष नेपाली कांग्रेसले समेत यसको पक्षमा आफूलाई प्रस्टरूपमा उभ्याएको छ। अन्य दल...
१० वर्षअघि म्याद सकिएका ‘टियर ग्याँस’ अझै प्रयोगमाः जनस्वास्थ्यमा गम्भीर खेलबाड

१० वर्षअघि म्याद सकिएका ‘टियर ग्याँस’ अझै प्रयोगमाः जनस्वास्थ्यमा गम्भीर खेलबाड

समाचार
३० साउन २०७६ मा चितवनको भरतपुरस्थित जिल्ला प्रहरी कार्यालय घेराउ गर्न आइपुगेको भीडलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौं सेल ‘टियर ग्याँस’ प्रयोग गरेको थियो । पूर्वसहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेका समर्थकहरू प्रहरी कार्यालय घेर्न पुगेका थिए । उनीहरूलाई भगाउन प्रहरीले टियर ग्याँसका सेल हानेको थियो । यस क्रममा एउटा डरलाग्दो तथ्य उजागर भयो । भरतपुरमा प्रयोग गरिएका टियर ग्याँसका सेल ९ वर्षअघि नै म्याद गुज्रिएका थिए । तस्वीरबाट पनि प्रष्ट हुन्छ, ३० साउन २०७६ मा प्रयोग गरिएका टियर ग्याँसका ती सेलको म्याद २०१० मार्चमै सकिएको थियो । भरतपुर घटना नेपाल प्रहरीले म्याद गुज्रिएका टियर ग्याँस प्रयोग गरिरहेको देखाउने पछिल्लो दृष्टान्त हो । उससँग यस्ता अझै कति टियर ग्याँस बाँकी होलान् ? सूचनाको हक प्रयोग गरेर विवरण माग गर्दा समेत...
एसइई परीक्षा नहुने मन्त्रिपरिषद निर्णय

एसइई परीक्षा नहुने मन्त्रिपरिषद निर्णय

शिक्षा
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार सााझ बसेको बैठकले विद्यालयको आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो । स्रोतका अनुसार शिक्षा मन्त्रालयले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसइई परीक्षा लिनेजस्ता विकल्प पेश गरेको थियो । तर विद्यालयहरूमा क्वारेन्टिन स्थल बनाएकाले तत्काल परीक्षा सम्भव छैन । अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् र,  त्यसकै आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक हुने बताइएको छ । गत चैत ६ गते हुने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो ।...
अभिमानी माछा र कोरोना परिवेश:–थानेश्वर पाण्डेय

अभिमानी माछा र कोरोना परिवेश:–थानेश्वर पाण्डेय

Breaking News, कला/साहित्य
                एउटा सानो  तलाउमा तीन वटा बहादुर, सहासी र सहयोगी माछा थिए । उनीहरू सबैसँग मिलेर बस्थे । तीमध्ये एउटा भविष्यद्रष्टा अनागतविधाता (भविष्यको कुरा सोंचेर काम गर्ने), एउटा प्रत्युत्पन्नमति (समस्या परेको समयमै तुरुन्तै उपाय निकालेर सामना गर्ने) र अर्काे दीर्घसूत्री (समस्या परेपछि मात्र समाधानको उपाय सोंच्न थाल्ने) स्वभावका थियो । एक दिन माझीले उनीहरू बसेको तलाउको पानी सुकाएर माछा मार्ने योजनाले तलाउको पानी बाहिर निकाल्न थाल्यो । आफूमाथि ठूलो सयाङ्कट आइपरेको यो कुरा अनागतविधाताले थाहा पएर अरु दुई साथीलाई यस सङ्कटको अवस्थामा पानी नसुक्दै अर्काे तलाउमा भागेर जीवनरक्षा गर्न सल्लाह दियो । दीर्घसूत्रीले भने तलाउमा अझैसम्म धेरै नै पानी भएकाले त्यसरी हतार गरी भागिहाल्न नपर्ने जवाफ दिई आनन्दले जलविहार गर्न थाल्यो । अर्काे प्रत्युत्पन्नमति माछाले...
काभ्रेका पाँच जनामा कोरोना संक्रमण

काभ्रेका पाँच जनामा कोरोना संक्रमण

स्वास्थ्य
काभ्रेको रोसि गाउँपालिकामा ३ जना, पनौती नगरपालिकामा १ जना र पाँचखाल नगरपालिकामा १ जना गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएकोे जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट आएका खुलेको छ ।यस्तै, संक्रमित एक जना महिला भने धुलिखेल अस्पतालमा पित्त थैलीको शल्यक्रियन गर्न आएकी थिइन् ।...
पनौती र बनेपामा ८० वर्ष यताकै भिषण वर्षा र बाढी

पनौती र बनेपामा ८० वर्ष यताकै भिषण वर्षा र बाढी

समाचार
पनौती र बनेपामा ८० वर्ष यताकै भिषण वर्षा र बाढी आएको छ । त्यस्ले सयौ रोपनीमा लगाएको खेती र जमीन ध्वस्त पारेको पुर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । उनले ट्वीट गर्दै लेखेका छन्, “पनाैती र बनेपामा ८० वर्ष यताकै भिषण वर्षा र बाढी सयौ रोपनीमा लगाईएको खेती र जमीन ध्वस्त,तीनपुल बगायो,करोडौंको भौतिक क्षति , तीनजना नागरिक रााशीको बाढीमा फसेका छन।उद्दार कार्य जारी ,राती भएकाले हेलिकप्टर जान सकेन।बाढीमा फसेकाको जीवन रक्षामा स्थानीय प्रशासनसगै काम गरौ।” नेपालमा अहिले प्रि मनसुन चलिरहेको छ । मौसम बिभागले पटक पटक बुलेटिन निकाल्दै सचेत रहन आग्रह गरिरहेको छ । बुधबार बिहान ३ दिनको बुलेटिन निकालेर सचेत रहन आग्रह गरेको थियो । प्रिमनसुन सक्रिय भएकाले देशभर मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । उनले भने, ‘प्रिमसुनको प्रवृत्ति दिनमा घाम...