सोसल मिडियाको लत छुटाउने फेसबुकको नयाँ फिचर
काठमाडौं । सोसल मिडिया प्लाटफर्म फेसबुक विश्वमा सर्वाधिक लोकप्रिय सोसल मिडिया हो । परिवार तथा मित्रजनसँग जोडिने सबैभन्दा सहज माध्यम बनिरहेको छ फेसबुक । तर सामाजिक सञ्जालमा आफूलाई जोड्ने र दुनियासँग साक्षात्कार गराउनका लागि प्रयोग हुने फेसबुक समयक्रम सँगै मानिसहरुको लतमा परिणत भएको छ । मानिसहरु अत्यधिक समय फेसबुकमा झुण्डिने समस्या बढिरहेको र यसले फेसबुक प्रयोगकर्ताहरुमा मानसिक तथा सामाजिक समस्या सिर्जना गरिरहेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।
प्रयोगकर्ताहरुमा बढिरहेको फेसबुकको यहीँ लतलाई छुटाउनका लागि फेसबुक स्वयंमले एक नयाँ फिचर सुरु गरेको छ ।
फेसबुकले आफ्नो एपमा एक नयाँ टूल थप गरेको छ । Quiet Mode नामक उक्त टूलले प्रयोगकर्तालाई फेसबुक प्रयोग कम गर्नका लागि मार्ग प्रसस्त गर्दछ । क्वाइट मोडका माध्मबाट प्रयोगकर्ताहरुले यो प्लाटफर्ममा बिताउने समय कम गर्न सक्नेछन् ।
फेसबुकले तत्काल...


