Saturday, June 27"सञ्चार समाज को ऐना हो ।"
Shadow

Blog

देवी ज्ञवाली भूमि समस्या समाधान आयोगकाे अध्यक्ष नियुक्त

देवी ज्ञवाली भूमि समस्या समाधान आयोगकाे अध्यक्ष नियुक्त

राजनीति
सरकारले भूमि समस्या समाधान आयोगको अध्यक्षमा देवी ज्ञवालीलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले आयोगको अध्यक्षमा नेकपा केन्द्रीय सदस्य देवी ज्ञवालीलाई नियुक्त गरेको हो। संविधानले कसैलाई पनि बसोबासको अधिकारबाट बञ्चित नगर्ने भनेकाले आफ्नो पहिलो ध्यान त्यसतर्फ जाने ज्ञवालीले सेतोपाटीलाई बताए। ‘संविधानले मौलिक हकको रुपमा पीडित समुदायका मान्छेलाई बसोबासको व्यवस्था गर्ने भनेको छ, त्यो दायित्व अब आयोगलाई आएको छ’ ज्ञवालीले भने, ‘७० वर्षदेखि भूमिहीनको समस्या टुंगिन सकेको छैन। यो कहिल्यै नटुंगिने समस्या जस्तो बनेको छ। यसलाई विभिन्न तरिकाबाट टुंगो लगाउनुपर्छ।’ पूर्वदेखि पश्चिमसम्म रहेका अव्यवस्थित बसोबासको समस्यालाई पनि आयोगमार्फत मिलाउनपर्ने र यो भन्दा अगाडि बनेका आयोगहरुले अध्ययन गरेका कामलाई समेत हेर्नुपर्ने उनले बताए। ज्ञवाली नेतृत्वको समितिलाई भूमिहीन सुकुम्बासी तथा अव...
प्रेरणाको एक अनुपम शिखर: झमक/ जगदीश घिमिरे

प्रेरणाको एक अनुपम शिखर: झमक/ जगदीश घिमिरे

कला/साहित्य
झमक घिमिरेको हालै प्रकाशमा आएको पुस्तक ‘जीवन काँडा कि फूल’ प्रेरक–साहित्यको एक अनुपम शिखर हो । जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने तर सुत्र र बुझ्न चाहीँ सक्ने झमकले यसमा आफ्नो जीवनको अत्यन्त मर्मस्पर्शी अनुभव लेखेकी छिन् । झमकको निष्कर्ष छ जीवन काँढा होइन फूल हो । यो पुस्तक प्रत्येक सबलांगका लागि हाँक हो भने प्रत्येक अशक्त र सशक्त समेतका लागि प्रेरणा–स्रोत हो । झमकको यो कृति नेपाली प्रेरक–सहित्यको मात्रै शिखर होइन, मैले हालसाल पढेका अमेरिकी प्रेरक–साहित्यका करिब एक दशक यताका बहुचर्चित ‘बेस्टसेलर’ हरू –– मिच एल्बमको ‘ट्यूजडेज विथ मौरी’ र र्यान्डी पौश र जेफरी ज्यास्लोको ‘दि लास्ट लेक्चर’ भन्दा पनि उचस्तरीय छ । ‘ट्यूजडेज विथ मौरी’ अमेरिकाको एक प्रोफेसर मौरी श्वात्र्ज प्राणघातक स्नायुरोगले मर्न लागेको बेलाको कथा हो । मरणासत्र बूढो गुरू र जवान पत्रकार चेलाका...
योग्यता

योग्यता

कला/साहित्य
यो कथा होइन, दन्तेकथा हो, एकादेशको कुरा । मैले साथीबाट सुनें, साथीले उसको साथीबाट सुन्यो रे, उसले पनि उसको साथीबाट । सुन्ने सुनाउने क्रम अनन्त छ, तर कथाको अन्त्य यस्तो छ - एकजना अन्यन्त योग्य हाकिम हुन्छन् । उनको ईमान्दारीले देशका ठूलादेखि साना, वरिष्ठदेखि गरिष्ट सबै तहका नेताहरू रिझिएका छन् । उनको कार्य-कुशलता र कार्य-क्षमताले गर्दा उनीभन्दा माथि, मुनि, बराबरी-सबै स्तरका जागिरदारहरू, सहकर्मीहरू, सहधर्मीहरू प्रसन्न छन् । उनीसँग काम पर्ने सबै जनता उनको गुण मान्दछन्, प्रशंसा गर्दछन्, भन्दछन् - हाकिम हुन यस्तो पो हुनु । बिझाएको कसैलाई छैन । पिर मर्का पारको कसैलाई छैन । सबैलाई रिझाउन सक्ने, जे जस्तो अप्ठयारो काम आइपरे पनि मेलो मिलाएर गर्न जान्ने । साँच्चै नै उनमा योग्य नेताको नेतृत्व दिन सक्ने क्षमता, योग्य प्रशासकको निर्णय दिन सक्ने दक्षता, योग्य व्यवसायीको वातावरणको सूक्ष्म वि...
एउटा सांस्कृतिक क्रान्ति चाहिएको छ / सत्यमोहन जोशी

एउटा सांस्कृतिक क्रान्ति चाहिएको छ / सत्यमोहन जोशी

कला/साहित्य
प्रतीक र विम्ब शाब्दिक रूपमा दुई अलग शब्द हुन् । रूपमा मात्र नभई अर्थमा पनि यी अलग छन् । समान गुणका आधारमा कुनै दृश्य वा अदृश्य अन्य कुनै वस्तु/भावको कल्पना गरी प्रतिविम्बका रूपमा प्रस्तुत गरिएका आकार-प्रकार, वस्तु, चिन्ह आदिलाई प्रतीक भन्ने चलन छ । त्यसकारण प्रतीक कुनै भाव, वस्तु, चिन्हको उही वा उस्तै रूप हुनुपर्छ भन्ने हुँदैन । सरल रूपमा बुझ्न र बुझाउन भगिरथका अनुरोधलाई महादेवले आफ्नो जटामा अल्झिनेगरी स्वर्गङ्गा थापिदिए । हेर्दा स्वैरकल्पना जस्तो देखिने यस आख्यान आफैं बर्चस्व राख्छ । समुद्र मन्थनबाट निस्केको विष ग्रहणले दग्ध भएर शिव हिमालमा आश्रति रहे । हिमाललाई शिवको जटा मानिए । जत्रो ठूलो फोहरा वषर्ा वर्षे 'नि हिमालमा पानी जम्छ । स्वर्गङ्गा महादेवको जटामा मजाले जम्ने नै भयो । यसमा विवादै रहन्न । यो विज्ञानसम्मत शाश्वत सत्य । हिमाल महादेवको प्रतीक जटाको । स्वर्गङ्गालाई महादेवले आफ्नो...
एब्स्ट्रयाक्ट चिन्तनः प्याज/शङ्कर लामिछाने

एब्स्ट्रयाक्ट चिन्तनः प्याज/शङ्कर लामिछाने

कला/साहित्य
हिजो साँझ बाङ्देलजीलाई नयाँ सडकमा भेटेँ । भन्नुहुन्थ्यो- "शङ्करजी, तपाईँको लेख, त्यो लेख, 'शङ्कर लामिछाने शङ्कर लामिछानेको दृष्टिमा' पढेँ ।'' "कस्तो लाग्यो ?''" मजाको छ । अलि रियलिस्ट छ, अब एउटा एब्स्ट्रयाक्ट शैली प्रयोग गर्नुस् न ।''"एब्स्ट्रयाक्ट पेन्ट गर्ने त तपाईँको काम ! म कहाँ पेन्टिङतिर जाऊँ अब ।''" होइन, पेन-पिक्चरमा एब्स्ट्रयाक्ट शैली प्रयोग गर्नुस् न ।'' म हाँसिरहेँ । (हाँस्न जान्नु पनि ठूलो कला हो ! मानिसको उमेरमा विकास हुनासाथै उसको हाँसोको कलामा अनेक रङ चढ्न थाल्छन् ।) हाँसेर मैले बाङ्देलजीलाई बिदा दिएँ, र कुरालाई पन्छाएँ पनि । 'व्यथित'जीको हातमा 'हिमानी' को कभर डिजाइन थियो । देख्‍नासाथ बुझिन्थ्यो बाङ्देलको बुरुस हो । त्यसरी नै जसरी 'हिमानी' नाम सुन्नासाथ 'व्यथित' को कलमको सम्झना आउँछ । भन्नुहुन्थ्यो- ''तपाइँजस्तो कलम चल्ने मान्छे, एउटा कथा एक-दुई दिनमा लेखेर दिनुस् न...
जय भुँडी

जय भुँडी

कला/साहित्य
व्यास बाजेले अठार पुराण लेखे, तर सबभन्दा जरुरी एउटा पुराणचाहिं लेख्न भुसुक्कै बिर्सेछन्। वेदव्यासको युगमा बिर्सेको कुरो आज वेदनाशको युगमा तैंले कसरी सम्झिस्? भन्नुहोला, मलाई पनि हिजै मात्र आफ्नी बुढी आमाले झट्ट सम्झाइदिइन्। साथै यस पुराणको माहात्म्य पनि मैले उनैबाट दृष्टान्तसहित बुझ्ने मौका पाएकोले अरु पुराणको प्रारम्भमा ‘शारदायै नम:’ भनेजस्तै पुराणको सुरुमा म भन्दछु – बूढी आमायै नम:। परलोकका निम्ति होइन, यसै लोकको निम्ति नसुनी नहुने र परोपकारको निमित्त होइन, आत्मोपकारको निमित्त नबुझी नहुने यो सर्वकालीन, सर्वदेशीय र सर्वधर्मीय पुराणको नाम हो – ‘भुँडीपुराण।’ भुँडी विश्वको सर्वोच्च देवी हुन्, जसलाई मान्छेले मात्र होइन, देवाधिमेव महादेवले पनि मान्नुपरेको थियो। हेरिल्याएको खण्डमा कृष्ण हुन् कि क्राइष्ट हुन्, बुद्द हुन् कि कन्फ्युसियस हुन् सबै देवात्माहरु भुँडीबाट मर्त्यलोकमा अवरोहण गरेका हु...
“अस्पतालमा व्यापार रोकिन्छ”, डा. सन्तोष पौडेल

“अस्पतालमा व्यापार रोकिन्छ”, डा. सन्तोष पौडेल

अन्तर्वार्ता
काठमाडौंस्थित मुलुककै एकमात्र राष्ट्रिय ट्रमा सेन्टरको औषधि पसलमा प्रत्यारोपणका सामग्री नराख्दा बिरामीले सहुलियत नपाएको विषयमा निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. सन्तोष पौडेल भन्छन्, “विपन्नले १८ फागुनदेखि रु. १ लाखसम्मको औषधि र प्रत्यारोपण सामग्री निःशुल्क पाउँछन्।” ट्रमा सेन्टरमा विपन्न नागरिकले किन सहुलियत पाउँदैनन् ? टाउको र मेरुदण्डमा चोट लागेर ट्रमा सेन्टरमा भर्ना भएकाहरूले अघिल्लो वर्ष ३३ प्रतिशत मात्र निःशुल्क सेवा उपयोग गर्न पाए । प्रत्यारोपणका सामग्री अस्पतालको औषधि पसलमा नभएका कारण बिरामीले बाध्य भएर बाहिरबाट किन्नु पर्दा विपन्नलाई दिइएको औषधि उपचार खर्च उपयोग पूर्ण रूपमा भएन । त्यसैले म नियुक्त भएकै दिन ८ फागुनमा अस्पतालको औषधि पसलबाट प्रत्यारोपण सामग्री उपलब्ध गराउने निर्णय गरेको छु । विपन्न नागरिकले यस्तो सुविधा कहिलेदेखि निःशुल्क पाउँछन् ? अस्पतालले ८ फागुनम...
महामारीका जोखिम नियन्त्रणतिर आउन थाल्यो भन्नेबित्तिकै परीक्षा हुन्छ, विद्यार्थी तयार रहनुस्: शिक्षामन्त्री पोखरेल

महामारीका जोखिम नियन्त्रणतिर आउन थाल्यो भन्नेबित्तिकै परीक्षा हुन्छ, विद्यार्थी तयार रहनुस्: शिक्षामन्त्री पोखरेल

अन्तर्वार्ता
कोरोना भाइरस (कोभिड–१९) का कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) र विश्वविद्यालयहरुको केही सेमेस्टरको परीक्षा स्थगित भयो। वैशाख पहिलो र तेस्रो साता शुरु हुने कक्षा–११ र १२ को परीक्षा पनि नियमित कार्यतालिकाअनुसार नहुने भएको छ। विद्यालयको नयाँ शैक्षिक सत्र पनि पूर्ववत् शैक्षिक क्यालेन्डर अनुसार नहुने देखिएको छ। रोकिएका परीक्षा र विद्यालयको शैक्षिक सत्र कसरी शुरु होला ? शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग  गरेको कुराकानीः कोरोना भाइरस प्रकोपका कारण एसईई र स्नातक तहको परीक्षा स्थगित गरिएका छन्। कक्षा ११ र १२ को परीक्षा पनि आउँदैछ। रोकिएका परीक्षा कहिले हुन्छ ? पहिलो त कोभिड १९ को महाविपत्तिको असर कहिलेसम्म पर्छ भन्ने मूल्यांकन गर्नुपर्छ, जुन अहिल्यै भन्न सकिने अवस्था छैन। पूर्व निर्धारित कार्यक्रम अनुसार, एसईई स्थगित भएको छ। कक्षा–१२ को परीक्षा ८ वैशाखदेखि र कक्षा...
‘सरकारी साथ पाउने हो भने स्टार्टअपले अर्थतन्त्रमा अभूतपूर्व परिवर्तन ल्याउनेछ’

‘सरकारी साथ पाउने हो भने स्टार्टअपले अर्थतन्त्रमा अभूतपूर्व परिवर्तन ल्याउनेछ’

अन्तर्वार्ता
नेपालमा नयाँ उद्यम (स्टार्टअप) को अवस्था कस्तो छ ?  शिक्षित भट्ट, सह–संस्थापक, टुटल चूलामा दाउरा बाल्ने अवस्थाबाट ग्याँस र विद्युत्को युगमा पुगे जस्तै नयाँ उद्यमले परम्परागत व्यवसायलाई परिवर्तन गरिरहेको छ । तर, सरकारी सोच पुरातन हुँदा अपेक्षित फड्को मार्न सकेका छैनौं । अझै पनि औद्योगिक युगकै जस्तो स्टील, सिमेन्ट, गार्मेन्ट लगायतका उत्पादनलाई मात्र उद्यम–व्यवसाय मान्ने चेतना छ । नवीनतम उद्यममा नयाँ सिर्जनात्मक काम पर्छन्, जसको उच्च वृद्धि र विस्तारको सम्भावना हुनुपर्छ । सनम चित्रकार, पार्टनर, बिरुवा एड्भाइजर्स नयाँ उद्यम गर्ने संस्कृति प्रेरणादायी छ । तर नयाँ पुस्ताको सीमा कस्तो छ भने, उनीहरूले प्रविधि सम्बन्धी विषयलाई मात्र नवीनतम काम मानेको देखिन्छ । नयाँ सिर्जनात्मक आइडिया भएकासँग समूहमा काम गर्ने क्षमता कमजोर छ । भविष्यमा निम...
प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तर्वार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तर्वार्ता

अन्तर्वार्ता
प्रधानमन्त्री ओली भन्छन्, “दुई/चारजना मान्छेहरूको उत्ताउलोपनसँग सम्झौता गरेर सिंगो देशमा कोरोना फैलाउन सकिँदैन।” काठमाडौं।सरकारले कोभिड–१९ को विश्वव्यापी महामारीसँग जुध्न गरेको देश बन्दाबन्दी (लकडाउन) अहिले चौंथो हप्तामा पुगेको छ। त्यति नै समयदेखि अन्तर्राष्ट्रिय उडान र सीमानाका बन्द गरिएका छन्। र, लकडाउनले १५ वैशाखसम्मलाई निरन्तरता पाएको छ। बाह्य आवागमन निषेध र देशभित्रको आवागमनमा कडाइ गरिएपनि परीक्षणको दायरा बढाइएसँगै संक्रमितहरूको संख्या पनि बढ्दै गएको देखिँदैछ। पूर्वदेखि पश्चिमसम्म, पहाडदेखि तराईसम्म र दूरदराजदेखि काठमाडौं उपत्यकासम्म संक्रमणको उच्च जोखिममा देखिएका छन्। कोरोना भाइरस संक्रमणको महामारीसँग जुधिरहँदा नेपाललाई सबभन्दा ठूलो संकट के बाट वा कहाँबाट छ ? त्योसँग जुध्न सरकार के गरिरहेको छ ? महामारी रोकथाम र नियन्त्रणको रणनीति के हो र त्यसका लागि के के गरिँदैछ ? यिनै विषयमा...