Sunday, June 28"सञ्चार समाज को ऐना हो ।"
Shadow

Blog

लकडाउनमा सडकका कुकुर स्याहार्दै स्नेहाज् केयर

लकडाउनमा सडकका कुकुर स्याहार्दै स्नेहाज् केयर

कृषि
काठमाडौं, वैशाख । यतिखेर विश्व कोरोना संक्रमणका कारण लकडाउनमा छ । नेपाल सरकारले पनि विगत ३ हप्तादेखि मुलुकमा लकडाउन घोषणा गरेको छ । जसका कारण मानिसहरु घरबाट बाहिर निस्कन पाएका छैनन् । त्यत्तिमात्र होइन दैनिक उपभोग्य सामग्री पसलहरु बन्दछन् । दैनिक ज्यालादारी गरेर खानेहरु पनि मुश्किलले जीवन यापन गरिरहेका छन् भने कतिपय त काठमाडौं शहर छाडेर आफ्नै गाउँ हिँडेका पनि छन् । यो विषयमा परिस्थितिमा सडकमा सहार विहान चौपायाहरुको अवस्था अझै जटिल देखिएको छ । त्यसमाथि पनि सामुदायिक कुकुरहरुको अवस्था अत्यन्तै कष्टकर देखिन्छ । लकडाउनका कारण सडकमा भाकै रहेका कुकुर र उपचार नपाएर मर्न आँटेका सामुदायिक कुकुरहरुको संरक्षण गरिरहेको छ स्नेहाज् केयरले ।...
चक्लाबन्दी कृषिको आह्वान

चक्लाबन्दी कृषिको आह्वान

कृषि
कृषिमन्त्री घनश्याम भुसालले जग्गाको चक्लाबन्दी गरेर कृषि खेती सुरु गर्न आह्वान गर्दै गाउँपालिका तथा नगरपालिका प्रमुखलाई पत्र लेखेका छन्। यसरी बढी उत्पादन गर्न सकिने र वस्तुको बजार मूल्य पनि निश्चित गर्न सकिने हुँदा चक्लाबन्दीको योजनामा सहकार्य गर्न उनले स्थानीय सरकारलाई पत्र पठाएका हुन्। ७ सय ५३ वटै गाउँपालिका तथा नगरपालिका प्रमुखलाई पत्र लेखिएको छ। आगामी वर्षको बजेट तर्जुमाको तयारीमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय रहेको छ। यो अवस्थामा कस्ता कार्यक्रम संघीय सरकारले तयार गर्दा राम्रो हुन्छ, त्यसको सुझाव समेत माग गरिएको छ। त्यस्तै बजारीकरणको लागि स्थानीयस्तरको सहकारीको परिचालन, मल बीउको अवस्थालगायतमा समेत उनले संघसँग समन्वय गर्न स्थानीय सरकारका नेतृत्वलाई भनेका छन्। कोरोनाको कारण अरु क्षेत्र प्रभावित भइरहेको अवस्थामा कृषिको उत्पादन बढाउनुपर्ने दबाब समेत बढेको छ। आगामी वर्ष कृष...
लकडाउनमा वर्षाको फेरिएको लुक्स

लकडाउनमा वर्षाको फेरिएको लुक्स

मनोरन्जन
यतिबेला नायिका वर्षा राउत भने घरमै बसेर आफ्‍नै घरेलु काममा व्यस्त छिन् । कहिले खाना बनाउँदै गरेकी यी सुन्दरी कहिले व्यायाम गर्दै गरेको तस्वीर पोष्ट गरिरहेकी छिन । हालै मात्र उनले कपालको स्टाइल परिवर्तन गरेको तस्वीर पोष्ट गरेकी छिन । हुनत, केही बलिउड कलाकारले पनि खाना बनाउँदा र घरको काम गर्दा थाकेर कपालको रंग परिवर्तन गरेको भन्दै तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । वर्षाले पनि आफूलाई नयाँ लुक्समा देखाउन खोजेकी छिन ।...
‘रामायण’ र ‘महाभारत’ पुनः प्रशारण

‘रामायण’ र ‘महाभारत’ पुनः प्रशारण

मनोरन्जन
लकडाउनका कारण भारतीय नागरिक घर भित्र थुनिएका छन् । त्यसैले, अहिले टेलिभिजन निर्माताहरुले दर्शकलाई आकर्षित गर्ने कार्यक्रम प्रशारण गर्न थालेका छन् । यसैबीच, धार्मिक धारावाहिक सिरियल ‘रामायण’ र ‘महाभारत’ पनि दुरदर्शन च्यानलबाट पुन प्रशारण हुन थालेको छ । खुसीको खबर के छ भने, यी दुबै सिरियललाई भारतमा सर्वाधिक दर्शकको साथ मिलेको छ । यी दुई सिरियलका कारण दुरदर्शनको टीआरपी नम्बर १ मा पुगेको छ । बीएआरसीका अनुसार, सबै इन्टरटेन्मेन्ट च्यानललाई पछाडि छाड्दै दुरदर्शन नम्बर १ मा पुगेको हो । दुरदर्शन च्यालन हेर्ने दर्शक गाउँका भन्दा शहरका धेरै रहेको पनि बताइएको छ । ‘रामायाण’ र ‘महाभारत’ जस्ता सिरियलको क्रेज आज पनि दर्शकमाझ उस्तै रहेको टीआरपी नम्बरले पनि बताउँछ ।...
शैली थिएटरले ‘बाल कविता महोत्सव’ आयोजना गर्ने

शैली थिएटरले ‘बाल कविता महोत्सव’ आयोजना गर्ने

मनोरन्जन
 शैली थिएटरको आयोजनामा पहिलो ‘राष्ट्रिय बाल कविता महोत्सव-२०७७’ आयोजना हुने भएको छ । इसानको सहकार्यमा आयोजित यस महोत्सवमा विद्यालय स्तरका विद्यार्थीहरुले मात्र सहभागिता जनाउने पाउनेछन् । जसमा २०७६ मा एसईई दिने विद्यार्थी वा सोभन्दा तल्लो कक्षामा अध्ययनरत विद्यार्थीमात्रै सहभागी हुन पाउने भएका हुन् । महोत्सवकी संयोजक सरस्वती अधिकारीमा अनुसार विद्यार्थीले जुनसुकै विषयमा पनि कविता तयार गर्न पाउनेछन् । उनले भनिन्, ‘राष्ट्रियतामा आँच आउने खालको विषयबस्तु भयो भने हामीले उक्त कवितालाई छनोट गर्ने छैनौँ । बाँकी जुनसुकै विषयमा पनि कविता तयार गर्न सकिनेछ ।’ कविता नेपाली भाषामा लेखिएको गद्य वा पद्य जुनसुकै पनि मान्य हुने अधिकारीले बताइन् । विद्यार्थीहरुले बैशाख १ गतेदेखि १० गतेभित्र कविता पठाउनु पर्नेछ । कविता शैली थिएटरको फेसबुक तथा मेलमा मेल गर्न सकिनेछ । कविता पठाउँदा लिखित तथा वाचन ग...
खाेकु छिन्ताङ दुख्याे कि…रचनाकार काेराेना भाइरसले संक्रमित

खाेकु छिन्ताङ दुख्याे कि…रचनाकार काेराेना भाइरसले संक्रमित

कला/साहित्य, समाचार
रचना : गणेश इजमसंगीत : शिव सुब्बास्वर : किशाेर थुलुङखाेकु छिन्ताङ दुख्याे कि अरुण सुसाउदामन सबकाे रुन्छ कि दु:ख बिसाउदा । अन्धकारमा बन्दुकहरू पड्किएकाे बेलाछातीभरि संगीनहरू गाडिएका बेलाधनकुटाकाे छाती दुख्याे चाल पायाैं किअन्यायकाे विराेध गर्ने कसम खायाैं कि ।खाेकु छिन्ताङ दुख्याे कि... बसन्तका पालुवामा सहिदहरू फुल्छन्सल्लेरीकाे सुसाइमा हावा भई डुल्छनधनकुटाले अाफ्नाे घाउ सम्झी राख्नु पर्छनसाभित्र ताताे रगत बहाई राख्नु पर्छ ।खाेकु छिन्ताङ दुख्याे कि... खाेकु छिन्ताङ दुख्याे कि…रचनाकार गणेश इजम  काेराेना भाइरसले संक्रमितकाेराेना भाइरसले संक्रमित भई बेलायत Ashford Kent काे William Harvey Hospital काे अ।इसियुमा उपचाररत हुनुहुन्छ।...