Sunday, June 28"सञ्चार समाज को ऐना हो ।"
Shadow

Blog

सागका पदक विजेताले पुरस्कार रकम पाउन थाले

सागका पदक विजेताले पुरस्कार रकम पाउन थाले

खेलकुद
देशमा १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको झण्डै ५ महिनापछि पदक विजेता खेलाडीले सरकारद्वारा घोषित पुरस्कार रकम पाउन थालेका छन्। पटक–पटकको घोषणापछि पछिल्लो पटक चैत मसान्तभित्र पदक विजेता खेलाडी र प्रशिक्षकको खातामा रकम जम्मा हुने बताए पनि बुधबारबाट मात्र रकम जम्मा हुनथालेको हो। आयशा शाक्यसँग पुम्सेमा जोडी भएर स्वर्ण पदक जितेका सञ्जिवकुमार ओझाको खातामा ६ लाख रुपैयाँ जम्मा भएको एसएमएस आएको उनले बताए। आयशाको खातामा भने रकम जम्मा हुन बाँकी छ। आयशाले एकल पुम्सेमा पनि स्वर्ण पदक जितेकी थिइन्। राखेपले पदक विजेता ४ सय ३५ जना खेलाडीको विवरण र पाउनुपर्ने रकम कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका)मा पठाइसकेको र भोलि साँझसम्म सबै खेलाडीले रकम पाइसक्ने जनाएको छ। १३औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना भएको थियो। युवा तथा खेलकुद मन्त्रालयले हालको परिस्...
‘आइएमई पे’को नयाँ योजना पैसा हातैमा ५० बोनस साथैमा

‘आइएमई पे’को नयाँ योजना पैसा हातैमा ५० बोनस साथैमा

अर्थतन्‍त्र
काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एपले “नेपालमा पैसा हातैमा पायो, सँगै रु. ५० को बोनस खायो” योजना ल्याएको छ । योजना अनुसार अब सजिलै जापानको क्योदाईबाट नेपालको ‘आइएमई पे’ मोबाइल वालेटमा पैसा पठाउन सकिने छ ।  यो योजना फ्रेबुअरी २२ देखि अगस्ट २२, २०२०  (छ महिना)   सम्म लागु गरिएको छ । यो योजना अवधिभर क्योदाईबाट नेपालमा ‘आइएमई पे’ गर्नुहुने सेवाग्राहीहरुले ३ पटकसम्म निशूल्क सेवाशूल्कमा पैसा पठाउन सक्नुहुनेछ । चाहिएको बेलामा एजेन्टबाट पैसा निकाल्न सकिने र मोबाइल खाताबाट ब्याज पनि पाइने यस योजनाका फाइदाहरु रहेका छन् । यसका लागि प्राप्तकर्ताले आफ्नो मोबाइलमा ‘ आइएमई पे ’ डाउनलोड गरेको हुनुपर्दछ । जापानस्थित जुनसुकै क्योदाई काउन्टरमा नेपालमा पठाउनुपर्ने रकम सहित ‘आइएमई पे’  मोबाइल वालेट खाता भएको वालेट नम्बर (फोन नम्बर) प्रदान गरि नेपालको ‘आइएमई पे’  मोबाइल वालेट ...
सबैभन्दा ठूलो मानवीय र आर्थिक संकटमा सहयोग गर्न दातालाई अर्थमन्त्रीको आग्रह

सबैभन्दा ठूलो मानवीय र आर्थिक संकटमा सहयोग गर्न दातालाई अर्थमन्त्रीको आग्रह

अर्थतन्‍त्र
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले परम्परागत सहायता नीतिबाट हालको समस्या समाधान नहुने भन्दै अन्तराष्टिय समुदायसँग त्यसको परिमार्जनको माग गरेका छन् । मन्त्री खतिवडाले विश्व बैक, अन्तर्राष्ट्रिय मुद्रा कोष,  अन्तर्राष्ट्रिय  वित्त निगम, एशियाली विकास बैक, एशियाली पूर्वाधार विकास बैक जस्ता बहुपक्षीय विकास संस्थालगायत संयुक्त राष्ट्र संघका उच्च पदस्थ पदाधिकारीसँग शुक्रवार भिडियो कन्फरेन्स मार्फत भएको छलफलमा सो माग गरेका हुन् ।   हालै विश्वभर फैलिएको कोरोना भाइरसले नेपालको अर्थतन्त्र, स्वास्थ्य क्षेत्र र जनजीवनमा पारेको एवं पार्न सक्ने प्रभाव, कोभिड –१९ रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले हालसम्म चालेका संस्थागत र कार्यक्रमिक कदमहरु तथा नेपालले आगामी दिनमा चाल्नुपर्ने रणनीतिक कदमहरु बारे उनले भिडियो कन्फरेन्स मार्फत छलफल गरेका थिए ।  बहुपक्षीय विकास साझेद...
पाँच रुपैयाँको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

पाँच रुपैयाँको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

अर्थतन्‍त्र
काठमाडौं । नेपाल राष्ट्र बैंकले ६४ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ  कम्पनीलाई दिएको छ । केन्द्रीय बैंकले ५ र १० दरका नोट छाप्ने जिम्मा ‘चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशनलाई’ दिएको हो । केन्द्रिय बैंकले ५ दरका ३० करोड थान र १० दरका ३४ करोड थान नोटको डिजाइन, छपाई आपूर्ति गर्न उक्त कम्पनीलाई जिम्मा दिएको हो । यसअघि राष्ट्र बैंकले गत जनवरी १४ मा सो नोटहरुको डिजाइन, छपाइ तथा आपूर्तिको लागि बोलकबोल आह्वान गरको थियो । उक्त बोलकबोलमा न्यूनतम मूल्यांकनमा बोलपत्र पेश गर्ने चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशनलाई जिम्मा दिइएको हो। राष्ट्र बैंकका अनुसार कम्पनीसँग गत चैत २ गते १० दरका ३४ करोड थान नोट छाप्न अमेरीकी डलर ४१ लख ४० हजार ४०० र ५ दरका ३० करोड थान नोट छाप्न अमेरिकी डलर ४३ लाख ९७ हजार ५०० मा सम्झौता भएको हो ।...
शेयर बजार २०७६: नयाँ कृतिमानसँगै निरन्तर १६ दिन बन्द

शेयर बजार २०७६: नयाँ कृतिमानसँगै निरन्तर १६ दिन बन्द

अर्थतन्‍त्र
काठमाडौं ।  यतिवेला विश्वनै कोरोना भाइरस संक्रमणको त्रासमा छ । इतिहासमै पहिलो पटक शेयर बजार लामो समय बन्द भएको छ । शेयर कारोबार यतिवेला कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्द भएको छ । वर्षको अन्तिम महिना चैत १० गतेदेखि शेयर कारोबार बन्द भएको छ । सरकारले कोरोना रोकथामका लागि गरेको लकडाउन वैशाख ३ गतेसम्म जारी छ । यस आधारमा यो वर्ष १६ कारोबार दिन शेयर कारोबार हुन सकेन ।  विगत तीन वर्षदेखि घटेको नेपालको शेयर बजार यस वर्षभने केहि समय बढेको छ । यस वर्ष नेप्से परिसूचक १ हजार ६३२ विन्दुसम्म कायम भएको थियो । यो विन्दु नेप्सेले फागुन १५ गते कायम गरेको हो । यस दिन शेयर बजारमा १८० कम्पनीको कारोबार भएको थियो । रु. ४ अर्ब ४६ करोडभन्दा बढीको कारोबार भएको थियो । शेयर बजारमा बढ्दा र घट्दा विभिन्न कारणहरुलाई औल्याउने गरिन्छ । कहिले अर्थमन्त्रिको चर्चा त कहिले बैंकिङ गतिविधि । मंसिर ...
दैनिक पत्रिकाका समाचारमा नाम नखुलेको स्रोतको प्रयोग कत्तिको भइरहेको छ ?

दैनिक पत्रिकाका समाचारमा नाम नखुलेको स्रोतको प्रयोग कत्तिको भइरहेको छ ?

विशेष, समाचार
साउथ एशिया चेकको लेखाजोख काठमाडौंबाट प्रकाशित हुने प्रमुख ६ पत्रिकाको पहिलो पृष्ठमा तीन महीनामा ७९० स्थानमा नाम उल्लेख नगरिएका स्रोतको प्रयोग गरिएको थियो। स्रोत र सम्वाददाताको सुरक्षाका लागि स्रोतको नाम/परिचय नखुलाउने चलन पत्रकारितामा छ। तर, प्रकाशित कतिपय समाचारमा आवश्यक नभएको ठाँउमा पनि स्रोतलाई गोप्य राखिएको छ। काठमाडौं। सन् २०२० को जनवरी १ देखि मार्च ३१ सम्म काठमाडौंबाट प्रकाशित हुने छ वटा दैनिक पत्रिका मध्ये नाम नखुलेको स्रोतलाई उद्धृत गरेर प्रथम पृष्ठमा समाचार छाप्ने मामलामा नागरिक सबैभन्दा अगाडि रह्यो। उसले १७७ ठाउँमा त्यस्ता स्रोत उद्धृत गरेको थियो। साउथ एसिया चेकले कान्तिपुर, अन्नपूर्ण पोस्ट्, नागरिक, रिपब्लिका, द काठमाण्डु पोस्ट् र द हिमालयन टाइम्सका पहिलो पेजमा प्रकाशित समाचारको अध्ययन गर्ने गरेको छ। नागरिकपछि नाम नखुलेको स्रोत बढी उद्धृत गरेर समाचा...
नदीका साना माछा मार्न स्थानीय सरकारद्धारा रोक

नदीका साना माछा मार्न स्थानीय सरकारद्धारा रोक

कृषि
दैलेखको पश्चिम आठबिस नगरपालिकाले कर्णाली नदीमा साना माछा मार्न रोक लगाएको छ । नगरपालिकाले इलाका प्रहरी कार्यालय र राकम कर्णाली जलचर संरक्षण समूहसँगको समन्वयमा माछा मार्न रोक लगाएको हो । नगरपालिकाकाले यही चैत १ मा सूचना जारी गर्दै साना तथा भुरा माछा मार्न रोक लगाएको जनाएको छ । जारी सूचनामा भनिएको छ, “नदीमा साना माछा मार्दा माछा नै लोप हुने देखिएकाले साना माछा नमार्नु होला ।” नगरपालिकाको जलचर संरक्षण ऐन २०७५ साना माछा मार्न रोक लगाएको नगर उपप्रमुख दीपा बोहराले बताए । माछा व्यवसायी वा अन्य कसैले साना माछा मारेमा जरिवानासँगै माछा मार्ने सबै सामग्री जफत गरिने बताइएको छ । नगरपालिका क्षेत्रमा पर्ने दही खोलादेखि रामाघाटसम्मको कर्णाली नदीमा साना माछा मार्न रोक लगाइएको हो । ठूलो प्वाल भएको जाल तथा साना माछा मार्न प्रयोग हुने सामग्री खरिद बिक्रीसमेत नगर्न आग्रह गरिएको छ । साना माछा मारेको पाइएम...
दूधको मूल्य बृद्धिसँग भारतीय दूध धमाधम आउँदै

दूधको मूल्य बृद्धिसँग भारतीय दूध धमाधम आउँदै

कृषि
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भाद्र २१ गतेदेखि लागू हुने गरी दूधको मूल्य बृद्धि गरेसँगै दुग्ध विकास संस्थान एवं निजी डेरी उद्योगहरुले भारतबाट दूध आयात गर्न थालेका छन् । नेपालका किसानहरुसँग दूध खरिद गर्नु भन्दा भारतबाट दूध आयात गर्दा सस्तो पर्ने भन्दै उद्योगीहरुले भारतबाट दूध ल्याउन थालेका हुन् । सरकारी डेरी उद्योगका रुपमा रहेको दुग्ध विकास संस्थानले किसानहरुलाई भुक्तानी दिन ढिलाई गरिरहेको छ । नेपाली किसानहरुले संस्थानसँग लिनु पर्ने भुक्तानी वाँकी धेरै नै छ, किसानहरुलाई भुक्तानी दिन छाडेर संस्थानले भारतबाट दुध ल्याउन थालेपछि किसानहरु रुष्ट बनेका छन् ।दूध उत्पादनको प्रमुख केन्दविन्दूका रुपमा रहेको चितवनका किसानहरु दुग्ध विकास संस्थान र निजी डेरीहरुसँग सन्तुष्टि हुन सकेका छैनन । डेरी उद्योगहरुले दूध अभाव भएको बहानामा भारतबाट दूध आयात गरिरहेका छन् । यसैसाता मात्र दुग्ध विकास संस्थानले...
युरिया किन्दा डिएपी अनिवार्यले किसान मारमा

युरिया किन्दा डिएपी अनिवार्यले किसान मारमा

कृषि
वीरगञ्ज, असोज । बाली लगाउने बेलामा डीएपी मलको हाहाकार भएको पर्सामा पर्याप्त मात्रामा डीएपी मल वितरण गर्न नपाएका सहकारीहरूलाई अहिले कृषि सामग्री कम्पनी वीरगञ्ज क्षेत्रीय कार्यालयले ५० बोरा युरियासँगै १० बोरा डीएपी किन्नैपर्ने बाध्यात्मक व्यवस्था लागू गरेको छ ।अहिले युरिया मलको माग भएको बेलामा मल कम आएको भनी प्रतिसहकारी जम्मा ५० बोरा युरिया मल दिने र त्यसमा १० बोरा डीएपी मल लिनैपर्ने बाध्यात्मक व्यवस्था कृषि सामग्री कम्पनी वीरगञ्ज क्षेत्रीय कार्यालयले गरेको हो ।किसान अगुवा एवं कृषि सहकारीका सञ्चालक सहरुम राउत गद्दीले भन्नुभयो, अहिले युरिया मलको खाँचो छ तर कृषि सामग्री कम्पनीले आवश्यक युरिया नदिएर डीएपी किन्नैपर्ने भनेको छ । लाइनमा बसेर आवश्यकता नै नभएको डीएपी लगेर के गर्ने ? एउटा सहकारीलाई ५० बोरा मात्र युरिया मल दिइँदा त्यस क्षेत्रका किसानको मागलाई धान्न नसक्ने उनले बताए।जिल्ला कृषि सहकारी ...
प्रधानमन्त्री कृषि आधुनिककरण परियोजनाको अनुदानमा गुनासैगुनासा

प्रधानमन्त्री कृषि आधुनिककरण परियोजनाको अनुदानमा गुनासैगुनासा

कृषि
दाङ्ग, चैत्र । दाङमा चालू आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि विकास कार्यक्रममार्फत सङ्घीय तथ प्रदेश सरकारले रु १८ करोड अनुदान रकम कृषि ज्ञान केन्द्रमा पठाएको छ । ज्ञान केन्द्रका अनुसार केही दिनअघि उक्त अनुदान रकम वितरणका लागि स्थानीय पत्रपत्रिकामा सूचना जारी भयो । सय बढीले अनुदानका लागि प्रस्ताव पनि दिएका छन् तर, अनुदानका लागि निश्चित सङ्ख्या छुट्याइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरणमा पकेट सञ्चालन गर्ने ११ र ब्लग सञ्चालन गर्ने छ जनालाई उक्त रकम दिने कार्यक्रम छ । पकेटका लागि रु सात लाख र ब्लगका लागि रु ४० लाख रकम कृषि समूह, सहकारी वा उद्यमीले लगानी देखाए भने सोही बराबरको रकम सरकारले उनीहरुलाई दिन्छ । सरकारले दिने अनुदानको ५० प्रतिशत रकम कृषकले देखाए मात्रै सरकारले दिने अनुदान उनीहरुले पाउँछन् । सरकारी अनुदान पाउन ठूलो रकम किसानले सरकारलाई लगानीबापत देखाउन...