Sunday, June 28"सञ्चार समाज को ऐना हो ।"
Shadow

Blog

‘एनपी’ डोमेनको सर्भरमा पनि साइबर हमला

‘एनपी’ डोमेनको सर्भरमा पनि साइबर हमला

बिज्ञानप्रबिधी
नेपालका विभिन्न वेबपेज र डाटा प्रणालीमा अनाधिकृत पहुँच बनाउँदै आएको ह्याकरले एनपी डोमेनमा पनि साइबर हमला गरेको छ । मर्कन्टाइल कम्युनिकेसन प्रालिले व्यवस्थापन गर्दै आएको एनपी सर्भरमा ह्याकरले पुहँच स्थापित गरेको हो । फुडमान्डु र भायनेटका ग्राहकको व्यक्तिगत विवरण बाहिर ल्याएको ह्याकरले नै एनपी डोमेनमा पहुँच बनाएको अनुमान छ । टि्वटरमा सतान नाममा रहेको ह्यान्डलले एनपी डोमेनमा सुरक्षा कमजोरी रहेको औंल्याइएको थियो । त्यसलगत्तै ह्याकरले एनपीको सर्भरमा आक्रमण गरेर पहुँच बनाएको कम्पनीले जनााएको छ । ‘यो विषयमा हामीले अध्ययन थालेका छौं । हाल एनपी डोमेनमा कुनै समस्या भएको छैन । तर पनि यो विषयलाई गम्भीर रुपमा लिएका छौं ,’ वज्ञप्तिमा भनिएको छ, ‘यो प्रारम्भिक चरण भएकाले अरु कुनै अवस्था आए हामी ग्राहकलाई सूचना दिने छौं ।’कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार सोमबार राती १० बजरे ३७ मिनेटमा ...
बिहीबार रातिबाट यस वर्षको उल्का वर्षा सक्रिय हुँदै

बिहीबार रातिबाट यस वर्षको उल्का वर्षा सक्रिय हुँदै

बिज्ञानप्रबिधी
४ वैशाख, काठमाडौं । बिहीबार रातिबाट उल्का वर्षा सक्रिय हुने भएको छ । उल्का वर्षा आजबाट सक्रिय भए पनि यसको उत्कर्ष रूप भने वैशाख ९ र १० गते देख्न सकिनेछ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बिहीबार रातिबाट उल्का वर्षा सक्रिय हुन लागेकाे जानकारी दिए । भट्टराईका अनुसार, याे यस वर्षको पहिलो उल्का वर्षा हाे । बिहीबार रातिबाट सुरु हुने वर्षको पहिलो उल्का वर्षा यही महिनाको १८ गतेसम्म सक्रिय रहनेछ । ९ र १० गते राति भने यसकाे उत्कर्ष रूप देख्न सकिने सोसाइटीको प्रक्षेपण छ । यसरी हुने उल्का वर्षा दृश्यावलोकन गर्ने गरिन्छ । सोसाइटीका अनुसार, दृश्यावलोकनका लागि भने ९ र १० गतेको राति ८ः३० बजेकाे समय उपयुक्त देखिएकाे छ । वैशाख १० पछि यस वर्षको पहिलो उल्का वर्षाकाे प्रभाव विस्तारै कम हुँदै जाने र १८ पछि यो पूर्णतः निष्क्रिय हुने सोसाइटीका अध्यक्ष भट्टराई बताउँछन् । के हो ...
फूलहरु ढकमक्क

फूलहरु ढकमक्क

कृषि
कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका लकडाउनका कारण मानिसहरुको दैनिक जीवन प्रभावित भएपनि प्रकृतिमा भने यसको सकारात्मक असर परेको छ । बसन्त ऋतुको आगमनसँगै रुख, विरुवा र बुट्यानले नयाँ पालुवा फेरेका छन् । वातावरण मनमोहक बनेको छ । ललितपुरको गोदावारी पार्क प्रायः भिडभाड देखिने गरेको भएतापनि अहिले लकडाउनका कारण सुनसान बनेको छ । मानीसहरु मनमोहक प्रकृतिक सौन्दर्य नियाल्न पार्कसम्म आउन सकेका छैनन् ।  विगतमा जस्तो फूल र पालुवालाई निमोठिन र चुँडिन परेको छैन । त्यसैले फूलहरु निस्फिक्री फक्रिँदै छन् । सुनसान तथा शान्त वातावरणबिच ढकमक्क फूल फुलेका छन् । यहाँ सूर्यमुखी, पुतली, असर्फी, गुलाफ, केली, लालीगुराँस, हलिहक जातका फूलहरु ढकमक्क फूलेका छन् ।...
युनाइटेड बराबरीमा, टोटनहाम पराजित

युनाइटेड बराबरीमा, टोटनहाम पराजित

खेलकुद
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड इभरटर्नसँग बराबरी खेलेको छ । युनाइटेड विरुद्ध इभरटर्नले खेलको तेस्रो मिनेटमै गोल अग्रता लिएको थियो । डोमिनिक कलभर्ट लेविनले तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । तर, युनाइटेडका ब्रुनो फेर्नान्डोजले गोल गर्दै बराबरी गरेका थिए । यसपछि दुवै टीमबाट गोल हुन नसक्दा अंक बाँडिएको छ । अर्को खेलमा वल्भसँग टोटन हाम पराजित भएको छ । प्रतिश्पर्धात्मक देखिएको खेलमा टोटनहाम २–३ ले पराजित भएको हो । खेलको १३औं मिनेटमै स्टेभेनले गोल गर्दै टोटनहामलाई अग्रता दिलाएका थिए । तर, २७औं मिनेटमा मेट्टा डोहेर्टीले गोल गर्दै बराबरी गरे । ४५औं मिनेटमा सर्जियोको गोलमा टोटनहामले दुई–एकको अग्रता बनायो । तर, दोस्रो हाफमा लगातार दुई गोल गर्दै वल्भसले जित निकाल्यो ।...
गोरखाको धार्चेमा राष्ट्रिय क्यानोनिङ रन्देभू (महोत्सव) हुने

गोरखाको धार्चेमा राष्ट्रिय क्यानोनिङ रन्देभू (महोत्सव) हुने

खेलकुद
नेपाल क्यानोनिङ एशोसिएसनले यही १७ मार्चदेखि २१ सम्म ५ दिने महोत्सव गर्ने भएको छ । एसोसिएसनले एक प्रेस विज्ञप्ति जारी गर्दै महोत्सवमा चार दिने इन्ट्री लेभल क्यानोनिङ गाइड तालिमपछि २० र २१ मार्चमा गोरखा जिल्लाको धार्चे गाउँपालिका–७ को न्याउली झरना (छाँगा) मा क्यानोनिङ गर्ने जनाएको छ। रन्देभूमा ३०० भन्दा बढी सहभागीहरू हुने महोत्सवमा १० स्थानीय युवालाई इन्ट्री लेभल क्यानोनिङ गाइड तालिम दिने योजना छ । एशोसिएसनले वार्षिक कार्यक्रम अनुसार पर्वतीय साहसिक पर्यटनको विकास र प्रवद्र्धनमा विभिन्न कार्यक्रम गर्दै आएको छ । एसियामा नै पहिलो पटक नेपाल क्यानोनिङ एशोसिएसनले सन् २०११ मा अन्तर्राष्ट्रिय क्यानोनिङ रन्देभू (महोत्सव) को आयोजना गरेर विश्वका साहसिक पर्यटकलाई नेपालतर्फ आकर्षित गर्न सफल भएको नेपाल क्यानोनिङ एशोसिएसनको विज्ञप्तिमा उल्लेख छ । एशोसिएसनले सन् २०१३ बाट प्रत्येक वर्ष महोत्सव गरिरह...
टोटनहाम र भ्यालेन्सिया च्याम्पियन्स लिगबाट बाहिरियो

टोटनहाम र भ्यालेन्सिया च्याम्पियन्स लिगबाट बाहिरियो

खेलकुद
यूरोपियन च्याम्पियन्स लिगको प्रिक्वाटर फाइनलबाटै टोटनहाम र भ्यालेन्सिया बाहिरिएको छ । बुधबार राति सकिएको खेलमा लेइपजिङसँग पराजित हुँदै टोटनहाम बाहिरिएको हो । पहिलो लेगमा १–० ले पराजित भएको टोटनहाम दोस्रो लेगमा ३–० ले पराजित भयो । घरेलु मैदानमा टोटनहाम विरुद्ध लेइपजिङले सहज जित निकाल्यो । लेइपजिङले दशौं मिनेटमै गोल गर्दै अग्रता बनाएको थियो । दशौं मिनेटमै गोल गरेका मार्केल साविटजरले २१औं मिनेटमा अग्रता दोब्बर बनाए । पहिलो हाफमा २–० ले पछाडि परेको टोटनहामले सान्त्वना गोल समेत फर्काउन सकेन । दोस्रो हाफको ८७औं मिनेटमा फेरि लेइपजिङका इमिल फोर्सबर्गले गोल गर्दै क्वाटर फाइनल यात्रा सहज बनाए । अर्को खेलमा अटलान्टा भ्यालेन्सिया विरुद्ध जित निकाल्दै क्वाटर फाइनल यात्रा प्रवेश गरेको छ । दोस्रो लेगमा एटलान्टाका जोसिपले ह्याट्रिक सहित चार गोल गरेपछि भ्यालेन्सिया प्रिक्वाटर फाइनलबाटै बाहिरिएक...
आहा–रारा गोल्डकपको उपाधि मनाङ–मर्स्यांदीलाई

आहा–रारा गोल्डकपको उपाधि मनाङ–मर्स्यांदीलाई

खेलकुद
आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको १८औं संस्करणको उपाधि मनाङ–मर्स्यांदी क्लबले जितेको छ। पोखरा रंगशालामा शनिबार भएको फाइनलमा खेलमा नेपाल पुलिस क्लबलाई ४–३ ले पराजित गर्दै मनाङले छैटौं पटक उपाधि जितेको हो। निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि थपिएको अतिरिक्त ३० मिनेटको समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो। मनाङले उपाधिसहित १० लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको पुलिसले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्‍यो।...
जापानका प्रधानमन्त्री सिञ्जो आवेले भने ‘ओलम्पिक स्थगित हुन सक्छ’

जापानका प्रधानमन्त्री सिञ्जो आवेले भने ‘ओलम्पिक स्थगित हुन सक्छ’

खेलकुद
जापानका प्रधानमन्त्री सिञ्जो आवेले कोरोना माहामारीका कारणले टोकियो ओलम्पिक स्थगन हुन सक्ने बताएका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमाथि बढ्दै गएको दबाबपछि उनले १० चैतमा कोभिड १९ को जोखिम विचार गरी ओलम्पिक स्थगित गर्ने निर्णय हुन सक्ने बताएका हुन् । उनले आइओसीमा बाँकी अरु थुप्रै देशका खेल संघ र खेलाडीहरूले दबाब दिइरहेको पनि बताएका छन् । जापानका प्रधानमन्त्री सिञ्जो आवेले सर्न सक्ने भनेर बोलेपछि टोकियो ओलम्पिक पूर्व निर्धारित समयमा सुरु नहुने निश्चित भएको छ । क्यानडाले कुनै पनि खेलका लागि आफ्ना खेलाडी नपठाउने बताइसकेको छ । आओसी, जापान सरकार, विश्व खेल पदाधिकारीहरु, प्रशारक र प्रायोजकहरुसँग वार्ता गरेपछि यससम्बन्धी निर्णय गरिने भएको छ । आइओसी अध्यक्ष थोमस बकले खेलाडीहरुलाई पत्राचार गरी यो निर्णय लिन यति धेरै समय लाग्नुको कारण उल्लेख गरेका छन् । उनले पत्रमा लेखेका छन्, यो अभूतपूर...
फिफा बरियतामा नेपाल महिला टीम दुई स्थान तल ओर्लियो

फिफा बरियतामा नेपाल महिला टीम दुई स्थान तल ओर्लियो

खेलकुद
फिफा बरियतामा नेपाली फुटबल महिला टीम दुई स्थान तल झरेको छ । फिफाले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाली महिला टीम दुई स्थान तल झर्दै ९९औं स्थानमा पुगेको छ । नेपाल टीम सन् २००९ मा ९२औं स्थानमा थियो । त्यही नै नेपालको उच्चतम बरियता हो । १२ अंक प्राप्त गरेको नेपाल फिफा तालिकामा ९९औं स्थानमा पुगेको छ । नेपाल टीम सन् २००९ मा ९२औं स्थानमा थियो । त्यही नै नेपालको उच्चतम बरियता हो । बरियताको एक नम्बरमा अमेरिका र दोस्रो स्थानमा जर्मनी कायमै रहेको छ । तेस्रो स्थानमा भने फ्रान्स उक्लिएको छ भने तेस्रो स्थानको नेदरल्याण्ड्स एक स्थान तल झरेको छ ।...
एएफसीद्वारा सवै खेल गतिविधि दुई महीनाका लागि स्थगित

एएफसीद्वारा सवै खेल गतिविधि दुई महीनाका लागि स्थगित

खेलकुद
एशियाली फुटबल संघ (एएफसी) ले आगामी दुई महीनाका लागि तय गरिएका सम्पूर्ण प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरेको छ । एएफसीले अर्को सूचना नभएसम्मका लागि कुनै पनि प्रतियोगिता सञ्चालन नगर्ने जनाएको हो । यसअघि मे र जुन महीनाका लागि विभन्न प्रतियोगिता सञ्चालन गर्न एएफसीले तालिका सार्वजनिक गरेको थियो । विभिन्न देशले कोरोना भाइरस विरुद्ध लड्नु परिरहेको भन्दै प्रतियोगिता स्थगनको निर्णय लिनुपरेको एएफसीले जनाएको छ । सन् २०२० मा हुने भनिएको एएफसी च्याम्पियन लिग र एएफसी कप ग्रुप स्टेज प्रतियोगिता पूरा गर्नेबारे सहभागी देश तथा संघसित समन्वय गरी विकल्प खोज्ने एएफसीले जनाएको छ ।...