रूस बन्यो कोरोनाभाइरसको नयाँ हटस्पट, एकैदिन १० हजार बढीलाई संक्रमण
मार्च अन्तिम सातासम्म रूसमा कोरोना संक्रमित फाट्टफुट्टमात्र थिए। अप्रिल लागेसँगै त्यहाँ संक्रमण दिन दुई गुणा रात चौगुणा बढ्न थाल्यो। रूसमा अहिले १ लाख ३४ हजार ६ सय ८७ मानिसमा कोरोनाको संक्रमण देखिएको छ भने १२ सय ८० जनाले ज्यान गुमाएका छन्।
आमनागरिकलाई मात्र होइन रूसी प्रधानमन्त्री मिखाइल मिसुस्तिन पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ।
संक्रमितको संख्यामा १ महिनापहिला पुछारतिर रहेको रूस अहिले सबैभन्दा बढी कोरोना संक्रमित भएका मुलुकमा सातौं नम्बरमा छ।
उसले धेरै पहिला संक्रमण देखिएका चीन, इरान, टर्कीजस्ता देशलाई पछि पारेको छ।
रूसी राष्ट्रपति भ्लादमिर पुटिनले संक्रमणको उच्चतम विन्दुमा अझै नपुगिएको बताएका छन्। कोरोनाको संक्रमण बढेको बढ्यै भएपछि पुटिनले देशभरि मे ११ सम्मका लागि काम गर्न नपाइने समय बढाएका छन्। मार्च ३० देखि राजधानी मस्कोका १ करोड २० लाख मानिसलाई...







