Sunday, June 28"सञ्चार समाज को ऐना हो ।"
Shadow

Blog

महामारी फैलिएका देशबाट आफ्ना नागरिक तत्काल फिर्ता ल्याउन सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

महामारी फैलिएका देशबाट आफ्ना नागरिक तत्काल फिर्ता ल्याउन सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

समाचार
सर्वोच्च अदालतले सरकारका नाममा कोरोनाभाइरसको महामारी फैलिएका देशबाट आफ्ना नागरिकलाई तत्काल फिर्ता ल्याउने आवश्यक व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता सोमप्रसाद लुइटेल सहितले दायर गरेको रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले यस्तो आदेश जारी गरेको हो । सर्वोच्चले कोरोनाभाइरसको महामारी फैलिएपछि अन्य मुलुकले आफ्ना नागरिकलाई विदेशबाट फर्काइरहेको र विदेशमा श्रम गर्ने नेपालीहरुको अवस्थाबारे प्रतिवेदन तयार गर्न र फिर्ता ल्याउनुपर्ने दबाबसमेत आएको हुनाले उचित व्यवस्थापन गरी फिर्ता ल्याउन आदेश गरेको हो। "वैदेशिक रोजगारीमा रहेका अत्यन्त जोखिममा रहेका नेपाली नागरिकको अनियन्त्रित र अव्यवस्थित नेपाल प्रवेशबाट हुने थप जोखिमलाई संरक्षण गर्न, नागरिकको व्यक्तिगत अधिकार, बहुसंख्यक नागरिकाको जीवन स्वास्थ्य, सुरक्षाको हितलाई उनीहरुको उद्धार र फिर्ता ल्याउने कार्य गर्नुपर्न...
विभिन्न देशमा ६ सय बढी नेपाली संक्रमित !

विभिन्न देशमा ६ सय बढी नेपाली संक्रमित !

समाचार
विश्वव्यापी कोरोना महामारीका कारण २२ लाखको हाराहारीमा संक्रमण फैलिसकेको छ। त्यस मध्ये पाँच लाख ५० हजार बिरामी निको भएका छन् भने एक लाख ४६ हजार बढीको मृत्यु भइसकेको छ।  जनसंख्या सम्बन्धि सूचना दिने वेवसाइड वर्ल्ड मिटर्सका अनुसार, विश्वभर १४ लाख बिरामी उपचारका क्रममा छन् । यो महामारीबाट सवैभन्दा धेरै अमेरिका प्रभावित बनेको छ । शुक्रबार मध्यान्हसम्म अमेरिकामा ६ लाख ७८ संक्रमित बनेका छन् भने ३४ हजारको मृत्यु भएको छ ।  यसपछि यूरोपेली मुलुकहरु बढी प्रभावित छन् । यूरोपेली मुलुकहरुसँगै केही समय अगाडि युनियनबाट अलग भएको यूके प्रभावित छ । यूकेमा एक बढी संक्रमित भएका छन् भने १३ हजारको मृत्यु भएको छ।  यी देशहरुमा व्यापार, मजदुरी र अध्ययनका लागि पुगेका नेपालीहरु समेत संक्रमित बनेका छन् । केही नेपाली मुलका नागरिकको अमेरिका र यूकेमा मृत्यु समेत भइसकेको छ । तर, यस सम्बन्धी आध...
किसानको आर्तनाद सुन

किसानको आर्तनाद सुन

सम्पादकीय
कृषि उत्पादन र अर्थतन्त्रमा यसको योगदानको चर्चा गर्नुपर्दा सम्भवतः सबैभन्दा बढी उल्लेख गरिने पदावली हो, कृषिप्रधान देश । किसानलाई उकास्न पनि सार्वजनिक मञ्चदेखि राजनीतिक वृत्तसम्म यिनै दुई शब्दको प्रयोग हुने गरेको छ । तर विडम्बना के छ भने, कृषिप्रधान देश र किसानको कर्मशीलताको चर्चा हुँदै गर्दा सबैभन्दा बढी मारमा परेका किसानहरू नै छन् । माटोसँग खेल्ने र ‘सुन’ फलाउने किसान नै गरीबी र अभावको पर्याय बनेर दयनीय जीवन बाँचिरहेका छन् । किसानको यो हविगत हुनुको प्रमुख कारण हो, देशको कुल गार्हस्थ्य उत्पादनसँग प्रत्यक्ष गाँसिएको कृषि क्षेत्र सरकारको प्राथमिकतामा नपर्नु । सरकारी योजनाहरूमा कृषि क्षेत्रको सुधारलाई विशेष कार्यक्रम सहित समेटेको देखिए पनि तिनको लाभ किसानहरूले उपयोग गर्नै पाएका छैनन् । जसका कारण, निर्वाहमुखी खेती गर्ने किसान जीवन धान्नै कठिन अवस्थासँग ज...
रुघाखोकी तथा भाइरल ज्वरोको घरेलु उपचारमा उपयोगी प्याज

रुघाखोकी तथा भाइरल ज्वरोको घरेलु उपचारमा उपयोगी प्याज

स्वास्थ्य
रुघाखोकीको सामान्य लक्षण देखिए लगत्तै एक दुईटा सामान्य आकारको प्याज दिनमा दुईतीनपटक काचै खाँदा रुघाखोकी तुरन्तै ठिक हुन्छ। ज्वरो तथा रुघाखोकी निको पार्नका लागि प्याजको परम्परागत प्रयोग तथा प्याजका एन्टीभाइरल गुणहरु बिभिन्न अनुसन्धानहरुले समेत पुष्टि गरिसकेको छ। रुघाखोकी तथा रुघाखोकी सम्बन्धित ज्वरोको घरेलु उपचारमा प्रभावकारी हुने प्याजको सेवन कोरोना भाइरसको संक्रमण नियन्त्रणमा समेत लाभकारी हुन सक्छ। नोबेल कोरोना भाइरसको संक्रमणले गर्दा फैलिएको विश्वब्यापी महामारी कोरोना भाइरस (कोभिड १९)को प्रकोप संसारभरी बढ्दो छ। विभिन्न देशहरुमा कोभिड १९ बिरुद्ध बिभिन्न भाइरस बिरोधी एन्टीभाइरल औषधिहरु सफलतापूर्वक वैकल्पिक प्रयोगमा ल्याइएका तथ्यहरु सार्वजनिक भइसकेका छन्। र तथापि कोभिड १९ को लागि विकास गरिएका प्रभावकारी औषधि तथा खोप अहिलेसम्म उपलब्ध भइसकेको छैन। विश्वब्यापी महामारीको समयमा प्रभावकारी वैक...
न्यूरो सर्जनको ४३ वर्षे दोस्ती

न्यूरो सर्जनको ४३ वर्षे दोस्ती

स्वास्थ्य
हेल्थ असिस्टेन्टको पढाइ सकिएपछि विद्यार्थीहरूलाई कलेजले तालिमका लागि बाराको पथलैया पठाउँछ। हेटौंडा घर भएका एक विद्यार्थी काम विशेषले त्यहीँ झर्छन्। तर, केहीबेरमै त्यहाँ अनौठो दृश्य देखिन्छ। साथीहरूसँग छुट्टिनुपर्‍यो भनेर उनी सडकको डिलमा बसेर क्वाँक्वाँ रुन थाल्छन्। खै कुन भावावेशले हो, बसमा रहेका अरू साथीको आँखा पनि रसाइहाल्छ। एकछिन स्तब्ध बनेको बसभित्रको वातावरणमा त्यतिखेर उत्साह भरिन्छ, जब अलिपर पुगेपछि सबै साथी गललल्ल हाँस्न थाल्छन्। सुन्दा कुनै आख्यानको प्लटझैं लाग्ने यो कहानी हो, २०३७ सालतिरको।  बसले रफ्तार लिइसक्दा हेटौंडा घर भएका गोपाल रमण शर्मा त्यहीँ छुटिसकेका हुन्छन्। बसमा हुने अरू साथीहरू हँसीमजाक गर्दै गन्तव्यतिर हुइँकिन्छन्। ‘त्यो दिनको सम्झना अहिले पनि हुन्छ,’ डा वसन्त पन्त भन्छन्, ‘गोपालसँगको भेटमा यो प्रसंग निस्कियो भने हामी दिल खोलेर मज्जाले हाँस्छौं।’ त्य...
कोरोना भाइरस

कोरोना भाइरस

स्वास्थ्य
कोरोना भाइरसको संक्रमण फैलिएसँगै यसका विषयमा धेरै भ्रमहरु समेत फैलिरहेको छ। गलत जानकारीका कारण मानिसहरुमा थप समस्या निम्तिने खतरा समेत बढेको छ। यही कुरालाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनले विश्वभर फैलिएको कोरोनाका विषयका भ्रमलाई चिर्ने गरी तथ्य सार्वजनिक गरेको छ।  भैरहवास्थित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरका चिफ मेडिकल डाइरेक्टर तथा नेत्र रोग विशेषज्ञ डा ज्ञानेन्द्र लामिछाने विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको भ्रम र तथेयलाई नेपाली रुपान्तरण गरेका छन्। तल उल्लेखित सम्पूर्ण कुरा विश्व स्वास्थ्य संगठनको  आधिकारिक पेजमा रहेको 'कोरोना भाइरस (कोभिड -१९) एड्भाइस फर पब्लिक: मिथ बस्टर'को नेपाली रुपान्तरण हो। भ्रम १) गर्मीमा बस्दा, तातो पानी खाँदा वा तातो पानीले नुहाउदा कोरोनाको जोखिम कम हुन्छ।तथ्य - जाडो गर्मी, तातो चिसो सबै मौष...
४८ घण्टायता नेपालमा नयाँ कोरोना संक्रमित भेटिएका छैनन् : स्वास्थ्य मन्त्रालय

४८ घण्टायता नेपालमा नयाँ कोरोना संक्रमित भेटिएका छैनन् : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य
कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३२ जनाको नमूना परीक्षण भएको छ।  पीसीआरबाट ३ सय ६९ र आरडीटीबाट ३ हजार २ सय ६३ जनाको नमूना परीक्षण भएको हो। उक्त अवधिमा नयाँ संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।हालसम्म भेटिएका १६ संक्रमितको स्वास्थ्य समस्या सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए। उनका अनुसार नेपालमा ४८ घण्टायता नयाँ संक्रमित फेला परेका छैनन्। मंगलबार पेप्सिकोलाको सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना पोजेटिभ देखिएको थियो। त्यसयता नयाँ संक्रमित थपिएका छैनन्। कोरोनाको आशंकामा नेपालमा हालसम्म १९ हजार ४ सय ३२ जनाको नमूना परीक्षण भएको छ। जसमध्ये ७ हजार २ सय ४० जनाको पीसीआर र १२ हजार १ सय ९२ जनाको आरडीटीबाट कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ। आरडीटी परीक्षणका क्रममा विभिन्न नतिजा पोजेटिभ आएपनि पीसीआ...
प्रभु पेले स्मार्ट फोन नहुने विपन्न बर्गलाई लक्षित गरी मोवाइलवालेट सुविधा संचालन

प्रभु पेले स्मार्ट फोन नहुने विपन्न बर्गलाई लक्षित गरी मोवाइलवालेट सुविधा संचालन

अर्थतन्‍त्र
प्रभु पेले स्मार्ट फोन नहुने विपन्न बर्गलाई लक्षित गरी मोवाइलवालेट सुविधा संचालनमाल्याएको छ । यस अन्तरगत (१२३४ अंकमा लेखिएका र एबीसीडी लेखिएका) बारफोनबाट प्रभु पेको सुविधा प्रयोग गर्न सकिन्छ । उक्त सेवा युएसएसडी मार्फत मोवाइल रिचार्ज, टेलिफोन विलभुक्तानी, टेलिभिजनविल भुक्तानी तथा इन्टरनेट लगायतका विल भुक्तानी घरमा बसीबसी गर्न सकिन्छ । यसबाट रेमिट्यान्स भुक्तानीको सुविधा समेत प्रयोग गर्न सकिने छ । विशेषगरी स्मार्ट फोन नहुने विपन्न बर्गले अब आफ्नो सामान्य मोवाइल ‘बारफोन’ बाट यो सेवा संचालन गर्न सक्नेछन् । कोरोना संक्रमणको सन्त्रासकाबीच देशमा जारी लकडाउनको अबस्थामा मोवाइलवालेटबाटै समपूर्ण बैंकिङ कार्यहरु भइरहेको अबस्थामाबारफोन प्रयोगकर्ताहरु सोबाट बचितभइरहेकोले यो समयमाप्रभु पेको नयाँ सुविधा महत्वपूर्ण हुन सक्छ । कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका सरकारले समेत कोरोना संक्रमणको उच...
कर्णाली राजमार्गको त्यो यात्रा

कर्णाली राजमार्गको त्यो यात्रा

पर्यटन
आच्छु . . ..! कस्तो चिसो। यही बेला सिमसिम पानी परिरहेको छ। धन्न १५ दिनका लागि क्याम्पस बिदा छ र यो मन खुसी छ। बाहिरी जिल्लाबाट आएर डेरा गरी बस्ने मजस्तै साथीहरू क्याम्पस बिदा भएपछि घर फर्किन तम्सियौं। सुर्खेत नै घर हुनेहरू यतै बसे। माघ २ सम्म कलेज बिदा थियो। केही दिन घर बसेर म कर्णाली नदीको छेउ पादुका खोला नजिकै जुम्ला कालिकोटबाट आउने गाडी कुर्दै बसें। झण्डै तीन घण्टा कुराइपछि विहान ११ बजेतिर बस आयो। तर रोकेन। ठेलमठेल यात्रु रहेछन्। परैबाट सहचालकले हात हल्लाउँदै सिट खाली छैन भन्ने जनाउ दिएको थियो। त्यसपछि एक घण्टामा अर्को बस आयो। यसले पनि रोकेन। आज बस चढ्न नपाए विहान हिडेर आएको बाटो तीन घण्टा हिनेर फर्कनुपर्छ भन्ने पीर लाग्यो। एकैछिनमा बोलेरो जीप आयो। हाम्रो गाउँका दाइले चलाउने जीप रहेछ। उनैले भने जाने हो भाइ? हामीलाई पनि ढुंगा खोज्दा देवता मिलेझैं भयो नि! चढ्यौं जीप। सहच...
त्यो यादगार साइकल टुर…

त्यो यादगार साइकल टुर…

पर्यटन
सुनसान बजार। झिसमिसे उज्यालो। लाग्थ्यो बजार ‘ह्याप्पी फ्राइडे’को ह्याङ मै छ जस्तो। फाट्टफुट्ट चिया पसल र कपाल काट्ने ठाउँमात्र खुलेका थिए। अन्य दिनभन्दा शनिबार ढिलै उठ्छ बजार। चिऽऽऽसो मौसममा तातो ओछ्यान छाड्न कसलाई पो रहर हुन्छ र! तर के गर्नु वचन त पूरा गर्नु नै थियो। साइकल टुर गर्ने वचन जो दिएको थिएँ। सुनसान सडकमा एक्लै साइकल चलाउनुको मज्जा नै बेग्लै हुन्छ। नागबेली शैलीमा कुदाउँदै घोराही चोक पुगें। अघिल्लो दिन मात्रै फोन गरेर यातायात कार्यालय राप्ती तुलसीपुरका प्रशासन प्रमुख रस्मिराज अधिकारीले साइकल टुरमा जान हौस्याएका थिए। साइकल राइड गरेर ‘हात्ती ढुंगा’ हेर्न जाने भनेर। त्यसैले निद्रालाई माया मारेरै एकाबिहानै घोराही पुगिसकेको थिएँ। बिहान सात बजे घोराहीबाट हिँड्ने सल्लाह थियो। तर म एक घण्टा ढिलो पुगें। हेर्दा कोही थिएनन्। फोन डायल गरें। साथीहरू ग्वारखोला पुलमा कुरेर बसेका रहेछ। स...