Thursday, January 15"सञ्चार समाज को ऐना हो ।"
Shadow

Breaking News

राष्ट्रिय सम्मानका साथ गरियो विपीनको अन्त्येष्टि

राष्ट्रिय सम्मानका साथ गरियो विपीनको अन्त्येष्टि

Breaking News, समाचार
काठमाडौं । हमासको आक्रमणमा परी ज्यान गुमाएका विपीन जोशीको राष्ट्रिय सम्मानका साथ महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ। बिहान ८ बजे विपीनको निवास (भीमदत्त नगरपालिका) बाट शवयात्रा निकालेर महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टि गरिएको हो। अन्त्येष्टिअघि विपीनलाई शसत्र प्रहरीले शलामी अर्पण गरेका थिए । विपीनको शवयात्रामा नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहितका तीन जना इजरायली प्रतिनिधिको टोली, आफन्तजन र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो। इजरायलले सोमबार स-सम्मानका साथ विपीनको शव नेपाललाई हस्तानतरण गरेको थियो । इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ ।...
तिहारका लागि सयपत्री फूलका पाँच हजार बिरुवा बिक्री

तिहारका लागि सयपत्री फूलका पाँच हजार बिरुवा बिक्री

Breaking News, समाचार
बोहोराका अनुसार भदौ यता मात्रै सयपत्री फूलका पाँच हजार बिरुवा बिक्री गरिसकेका छन् । फुल्न थालेका बिरुवा लगेर गमलामा सजाउने र तिहारमा प्रयोग गर्ने ग्राहकलाई उनले बिरुवा बिक्री गरेको बताए । पछिल्लो समय तिहारमा सयपत्री फूल खरिद गर्नुभन्दा बिरुवा खरिद गरेर घरमा सजाउने र तिहारमा प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको बोहोराले बताए । उनले रु ४० मा माटोसहितको फूलको बिरुवा बिक्री गरेको उनले बताए । ‘गत वर्षसम्म फूलको मात्र बढी कारोबार हुन्थ्यो, यसपटक फूलभन्दा बिरुवाको कारोबार बढी भयो । हालसम्म पाँच हजार बिरुवा बिक्री गरिसकेँ । हाल माग धान्न नसकेर अन्य ठाउँबाट ल्याएर फूलका बिरुवा बिक्री गरिरहेको छु’ , बोहोराले भने, ‘विभिन्न जातका फूल तथा फलफूलका बिरुवा नर्सरीमा उत्पादन गर्दै आएको छु । यसपटक बिरुवा बिक्रीबाट रु दुई लाख कारोबार गसिरसकेको छु ।’ भारतको नयाँ दिल्लीमा ‘बिएसी बोट्नी’ विषयमा अध्ययन ग...
युकेमा पहिलोपटक स्टेजमै भजन:

युकेमा पहिलोपटक स्टेजमै भजन:

Breaking News, कला/साहित्य
युकेमा पहिलोपटक स्टेजमै भजन: विदेशी भूमिमा पनि नेपाली धर्म, कला, संस्कृति र रीतिरिवाजलाई जगेर्ना गर्दै भावी पुस्तामा हस्तान्तरण गर्न धर्मसांस्कृतिक अभियान युके लागि परेको छ । गत मङ्गलबार युकेको वेल्स राज्यको राजधानी कार्डिफमा आयोजना भएको एक भव्य सांस्कृतिक कार्यक्रममा धर्म सांस्कृतिक अभियानको भजन उपसमितिले औपचारिक स्टेजमा नै परम्परागत भजन प्रस्तुत गरिएको थियो। वेल्स क्षेत्रका करिब १५० सहभागी उपस्थित उक्त कार्यक्रम इनास वेल्सले आयोजना गरेको थियो । कार्यक्रममा उपस्थित सहभागीहरूले प्रस्तुत भजनद्वारा मनका सम्पूर्ण नकारात्मक ऊर्जालाई नष्ट गरी आनन्द प्राप्त भएको प्रतिक्रिया दिएका थिए । भजन उपसमितिका संयोजक प्रेम भण्डारीले भजनका टुक्का प्रस्तुत गरेका थिए । पहिलोपटक प्रस्तुत भजनका विषयमा दर्शक तथा अतिथिहरूद्वारा सकारात्मक प्रतिक्रिया पाएको आयोजक इनास वेल्स संयोजक तथा कार्यक्रमका सभापति रामदत्त मिश...
क्रिकेटरअनिल साहको लगातार दोस्रो अर्धशतक

क्रिकेटरअनिल साहको लगातार दोस्रो अर्धशतक

Breaking News, खेलकुद
प्रारम्भिक ब्याटर अनिल साहले लगातार दोस्रो अर्धशतक प्रहार गरेका छन्।क्यानडासँगको एकदिवसीय शृंखला अन्तर्गत सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साहले अर्धशतक प्रहार गरेका हुन्। उनले यसअघि शनिबार कीर्तिमानी अर्धशतक प्रहार गरेका थिए।साहले सोमबार ५१ बलमा अर्धशतक बनाए। जसका लागि आठ चौका प्रहार गरे।यसअघि शनिबार भएको खेलमा १९ बलमा ५० रन बनाएका थिए। त्यो नेपाली खेलाडीले एकदिवसीय खेलमा बनाएको सबैभन्दा छिटो अर्धशतक हो। क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले राम्रो शुरूआत गरेको छ। साहसँगै भीम सार्की क्रिजमा छन्। नेपालले १६ ओभरमा एक विकेट गुमाएर ८९ रन बनाएको छ। कुशल भुर्तेल १३ रन बनाएर आउट भएका थिए।...
नेपालको इतिहासमै पहिलो पटक समलिङ्गी महिलाको विवाह दर्ता

नेपालको इतिहासमै पहिलो पटक समलिङ्गी महिलाको विवाह दर्ता

Breaking News, समाचार
काठमाडौं । समलिङ्गी (लेस्बियन) महिला-महिलाबीच नेपालको इतिहासमा नै पहिलो पटक विवाह दर्ता भएको छ । सर्वोच्च अदालतको आदेशअनुसार बर्दियाको बढैयाताल गाउँपालिका-२ को कार्यालयले लेस्बियन जोडीको विवाह दर्ता गरेको हो ।पाँच वर्षदेखि समलिङ्गी सम्बन्धमा रहेका बढैयाताल-२ का अन्जुदेवी श्रेष्ठ (दीप्ती) र बाँके कोहलपुर नगरपालिका वडा नं ५ बस्ने सुप्रिता गुरुङ्गको जोडीले कानूनी मान्यता पाएको हो । स्थानीय पञ्जीकाधिकारी एवं वडा सचिव दीपक नेपालीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्राविधिक शाखाबाट दिएको जानकारी अनुसार विवाह दर्ता गरिएको बताए ।उनले भने, ‘दर्ता गर्ने र प्रमाणपत्रमा अस्थायी विवाह दर्ता लेखेर जारी गर्न पञ्जीकरण विभागको प्राविधिक शाखाबाट जानकारी आयो । समलिङ्गी महिलाको विवाह दर्ता भएको यो पहिलो हो ।’  मायाको पहिचान नेपालका कार्यकारी निर्देशक एवं पहिलो संविधानसभा सदस्य सुनिलबाबु पन्तले अन्जु ...

राजनीतिका ‘सुवास’ 

Breaking News
नेपाली राजनीतिमा सधैँ सहमति, सहकार्य र सह अस्तित्वका पक्षधर नेम्वाङ राजनीतिक कुराबाहेक अन्य कुनै विषयमा विवादमा आएनन् । राजनीतिमै पनि उनले कसैलाई बिझाउने वाक्य बोलेनन् । ३० वर्षे संसदीय यात्राका सदावहार खेलाडी नेम्वाङले कहिल्यै फाउल खेलेनन् ।एक प्रकारले भन्ने हो भने उनी आर्थिक, राजनीति, चारित्रिक र नैतिक हिसाबले बेदाग बादशाह हुन् ।...
अहिले हाम्रा लागि सत्ता प्रधान होइन, हाम्रा लागि राष्ट्रको भविष्य प्रदान हो । 

अहिले हाम्रा लागि सत्ता प्रधान होइन, हाम्रा लागि राष्ट्रको भविष्य प्रदान हो । 

Breaking News, राजनीति
काठमाडौंमा शनिबार आयोजित पार्टीको कार्यक्रममा महासचिव पोखरेलले कमजोरहरूको सहकार्यबाट राष्ट्र निर्माण हुन नसक्ने निष्कर्षसहित बलियो शक्ति निर्माणमा लागेको बताए । एमालेले सत्ता प्राप्तिलाई प्राथमिकतामा नराखी शक्ति निर्माणमा जुटेको उनको भनाइ छ । 'अहिले हाम्रा लागि सत्ता प्रधान होइन, हाम्रा लागि राष्ट्रको भविष्य प्रदान हो । अब यो राष्ट्र निर्माण गर्नका लागि कमजोरहरूको सहकार्यबाट राष्ट्रको निर्माण हुन सक्दैन । बलियो राष्ट्रिय शक्तिको रूपमा एमालेको विकास अबको हाम्रो संकल्प हो भन्ने मान्यताका आधारमा हामीले मिसन ग्रासरुट अभियान थालेका थियौं,' उनले भने, 'त्यही मिसन ग्रासरुट अभियानको जगमा यतिबेला एमाले बलियो राष्ट्रिय शक्ति निर्माणको संकल्पका साथ नयाँ योजना, नयाँ संकल्पका साथ अगाडि बढन खोजिरहेको छ ।’...
कांग्रेस संसदीय दलको नेता बदल्न लाग्छु : गगन थापा

कांग्रेस संसदीय दलको नेता बदल्न लाग्छु : गगन थापा

Breaking News, राजनीति
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु अहिले देशको आवश्यकता भएको बताएका छन् । शनिवार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सके आफू र नसके आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउन लाग्ने बताए । नेपालमा भावी प्रधानमन्त्रीबारे पहिल्यै थाहा हुने गरेको भन्दै अब पूर्व प्रधानमन्त्रीहरूलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्नुपर्ने उनले बताए । आफू अब पनि पार्टीको संसदीय दलको नेता बदल्न लाग्ने उनको भनाइ छ ।...
रत्नपार्कमा विद्युतीय द्रुत चार्जिङ स्टेशन, कारका लागि प्रति किमी ७० पैसा

रत्नपार्कमा विद्युतीय द्रुत चार्जिङ स्टेशन, कारका लागि प्रति किमी ७० पैसा

Breaking News, बिज्ञानप्रबिधी
चार्ज गर्दा कारमा औसत ७० पैसा, एसयूभीमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसमा एक रुपैयाँ २० पैसा प्रति किलोमिटर खर्च लाग्नेछ। नेपालमा उपलब्ध सवारी साधनहरूमा रहेको ब्याट्री क्षमता अनुसार‚ कम्तीमा आधा घण्टादेखि एक घण्टासम्म चार्ज पूर्ण हुने प्राधिकरणले जनाएको छ। विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्न चार्जिङ स्टेशनका लागि सहुलियत दरको महसूल तोकिएको विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। यद्यपि, निजी क्षेत्रबाट सञ्चालित चार्जिङ स्टेशनले तोकिएभन्दा बढी महसूल लिएको र विद्युतीय गाडीले भाडा दर पेट्रोलियम पदार्थबाट चल्ने गाडीकै सरह लिने गरेको गुनासो आएको उनले बताए। “यसको हामी अनुगमन गर्छौं, तोकिएभन्दा बढी महसूल नलिन र सस्तो दरमा चार्ज हुने भएकोले भाडामा सहुलियत दिन मेरो आग्रह छ,” उनले भने। प्राधिकरणले विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत अहिले सात प्रदे...