एउटा सानो तलाउमा तीन वटा बहादुर, सहासी र सहयोगी माछा थिए । उनीहरू सबैसँग मिलेर बस्थे । तीमध्ये एउटा भविष्यद्रष्टा अनागतविधाता (भविष्यको कुरा सोंचेर काम गर्ने), एउटा प्रत्युत्पन्नमति (समस्या परेको समयमै तुरुन्तै उपाय निकालेर सामना गर्ने) र अर्काे दीर्घसूत्री (समस्या परेपछि मात्र समाधानको उपाय सोंच्न थाल्ने) स्वभावका थियो । एक दिन माझीले उनीहरू बसेको तलाउको पानी सुकाएर माछा मार्ने योजनाले तलाउको पानी बाहिर निकाल्न थाल्यो । आफूमाथि ठूलो सयाङ्कट आइपरेको यो कुरा अनागतविधाताले थाहा पएर अरु दुई साथीलाई यस सङ्कटको अवस्थामा पानी नसुक्दै अर्काे तलाउमा भागेर जीवनरक्षा गर्न सल्लाह दियो । दीर्घसूत्रीले भने तलाउमा अझैसम्म धेरै नै पानी भएकाले त्यसरी हतार गरी भागिहाल्न नपर्ने जवाफ दिई आनन्दले जलविहार गर्न थाल्यो । अर्काे प्रत्युत्पन्नमति माछाले म जस्तोसुकै आपत्ति आइपरे पनि समाधान निकाल्न सक्छु भन्ने घमण्ड गरी पानी कम नभएसम्म नभाग्ने निधो गर्यो । यो देखेर पहिलो माछा अनागतविधाताले भन्यो, ‘‘अनागतमनर्थं हि सुनयैः यः प्रबोधयेत् । स न संशयमाप्नोति रोचतां भो ब्रजामहे ।। अर्थात् जसले सङ्कट आउनुपूर्व उचित नीतिद्वारा त्यसको निवारण गर्दछ त्यसले मात्र आप्mनो रक्षा गर्न सक्दछ । त्यसैले यहाँबाट भाग्नु उचित हुनेछ ।’’ अरुले आफ्नो कुरा नमानेपछि अनागतविधाता बाध्य भई साथीहरूलाई छाडेर एक्लै एक प्वालबाट भागेर अर्काे तलाउमा गयो र आप्mनो जीवनको रक्षा गर्यो ।
तलाउमा पानी निकै कम भएपछि माझीले जाल प्रहार गर्यो जसमा त्यस तलाउमा भएका प्रायः माछा बाधिए । प्रत्युत्पन्नमति माछाले यो कुरा थाहा पाएर त्यहाँबाट भाग्न खोज्यो । उसले तुरुन्त साथीलाई पनि यसबाट बच्ने उपाय सोच्न भन्यो र आफूले पनि सोच्न थाल्यो । अब भागेर पानीको बाटो हुँदै अर्काे तलाउमा जाने सबै मार्गहरू थुनिइसकेकाले यस पटकको जालबाट बाँचेपनि अर्काे पटक माझीले जाल हान्दा अवश्य नै जालमा परिन्छ भन्ने प्रत्युत्पन्नमातिलाई निश्चय भयो । त्यसपछि ऊ आफै दौडेर गई बाहिरबाटै जालको धागो टोकेर जालमा झुन्डियो । उता बच्ने उपाय सोच्दासोच्दै अल्छी दीर्घसूत्री जालभित्र परिसकेको थियो । माझीले बिस्तारै जाल तानेर बाहिर निकाल्न थाल्यो । दीर्घसूत्रीले चिच्याएर साथीलाई सहयोग माग्यो तर ऊ जालमा परिसकेकाले प्रत्युत्पन्नमतिले पनि केही सहयोग गर्न सकेन । माझीले जाल तलाउको बाहिर तान्यो । जालमा दुई साथीसहित अन्य धेरै माछाहरू थिए । जालमै झुन्डिएको प्रत्युत्पन्नमति माछा पनि जाभित्र परेको सोंचेर माझीले जाल भुइमा राखेर एकएक गरी माछा पखाल्न थाल्यो । त्यही मौकामा बाहिरबाटै जालको धागो मुखले टोकेर झुन्डिएको प्रत्युत्पन्नमति उफ्रिएर नजिकैको अर्काे तलाउमा छिर्यो । दीघसूत्री माछालाई भने माझीले मारेर आहारमका लागि लग्यो । (कथास्रोत ः महाभारत, शान्तिपर्व, १३७ अध्याय)
यसरी भविष्यद्रष्टा अनागतविधाता र प्रत्युत्पन्नमति भएकाले आफ्नो रक्षा गर्न सफल हुन्छन् भने दीर्घसूत्री मति भएकाहरू सङ्कटबाट आफूलाई जोगाउन सक्दैनन् भन्ने पौराणिक मान्यता रहेको छ (अनागतविाधाता च प्रत्युत्पन्नमतिश्च यः । द्वावेव सुखमेधेते दीर्धसूत्री विनश्यति ।। महाभारत १२÷१३७÷१) । पुराणहरूमा पृथ्वीको रचनासँग मानव सृष्टि, सञ्चालन र विनाशको समेत वर्णन गरिएको छ । यस क्रममा सत्य, त्रेता, द्वापर र कलि गरि समयलाई चार भागमा विभाजन गरिएको पाइन्छ । पुराणहरूमा वर्तमान समयलाई २८ औं कलिको प्रथमचरण भनेर यसका चरित्र, घटना र मानव व्यवहारको पनि वर्णन यसरी गरिएको छ ः
पार्थिवा व्यवहारेण विवाद्यन्ते परस्परम् ।
बहुमान्याः प्रजाहीनाः शौचाचार विवर्जितः ।।२१९।।
एवं भविष्यन्ति नराः तदाऽधर्म व्यवस्थिता ।
हीनान्दीनान्स्तया धर्मान् प्रजा समनुवत्स्र्यति ।।२२०।।
नष्टेस्नेहे दुरापन्ना भ्रष्टस्नेहाः सुहृत्जनाः ।
एवं रूपेषु नष्टेषु प्रजास्त्यक्त्वा गृहाणि तु ।।२११।। (–ब्रह्माण्ड महापुराण, उपोद्घातपाद, ७४ अध्याय)
अर्थात् नेताहरू आफूलाई मात्र सर्वज्ञ र ठूलो मान्ने हुँदा आपसमा विवाद उत्पन्न हुनेछ । एकले अर्कोलाई बाधा पुराउनेछन् । जनता र आफ्नै छोराछोरीको पनि साथ हुनेछैन । कसैमा पनि धर्म, सत्कर्म, सदाचार र पवित्रता नहुने भएकाले संसारमा कुकर्मले व्याप्त हुनेछ । सबै दुःखी, आर्त, पीडित र असन्तुष्ट हुनेछन् । आपसी मायाप्रेम दया नष्ट हुनेछ । अनेकौ भयङ्कर आपत्ति, विपत्ति, दुराचार, अधर्म र प्रकोपहरू आउनेछन् । सुहृदयीहरू पनि स्वार्थी हुनाले संसारमा बस्न नसकिने हुनेछ ।
जसरी वैज्ञानिकहरू मौसमको पूर्वअनुमान गर्छन् त्यसैगरी पुराणले भविष्यको अनुमान गरेको छ । यस्तो भविष्यलार्य बुझेर आवश्यक तयारी पूर्वक कार्य गर्नाले अनिष्टबाट बाच्न पनि सकिन्छ । हरेक मानव या सरकारले पनि भविष्यको आँकलन, अनुमान या सोंच राखेर सीपविकास, नीतिनिर्माण, शिक्षा र उपकरण तयार पारी भविष्यमा आइपर्ने समस्यासँग जुध्न हर तरहले तयारी अवस्थामा रहनु परम आवश्यकता हो । आगो, पानी, बाढी, भूकम्प, प्राकृतिक प्रकोप, दुर्घटना आदि विपत्तिमा व्यवस्थापन गर्ने टाक्स फोर्स आदिको निर्माण र परिचालनमा समर्थ हुनु असल शासक वा नेताको गुण पनि हो ।
वर्तमान समयमा विश्वका मानवलाई प्रकृतिरूपी माझीले कोरोनरूपी जालमा पारेको छ । भविष्यमा आइपर्ने महामारीको तरयारीपूर्वक आवश्यक रणनीति र स्रोतसाधनसहित बसेका कतिपय अनागतविधाता राष्ट्रहरू कोरोनाको कहरबाट आफूलाई बचाउन सफल भइरहेका छन् । यसैगरी शास्त्रले भनेझै जसले आफूलाई ठूलो विज्ञ सम्झेर पहिले नै समस्याको समाधान खोज्दैन ऊ प्रत्युत्पन्नमतिजस्तै प्राण सङ्कटमा परेर जन्ममृत्युको देधारमा पर्न सक्दछ (आदौ न कुरुते श्रेयः कुशलोऽस्मीति यः पुमान् । सः संशयमवाप्नोति यथा सम्प्रतिपमान् ।। महाभारत १२÷१३७÷१९) । यस्तै समस्या आएपछि १० दिनमै १००० शैय्याको अस्पताल खडा गर्नसक्ने प्रत्युत्पन्नमति राष्ट्रले आफ्नो सही निर्णय स्रोतसाधनको सदुपयोगले आफूलाई बचाउन सफल भए । ‘समस्या आएपछि जे पर्छ गरौला नि’ भन्ने तर समस्या आएपछि पनि यो या त्यो भनी समयमा सही निर्णय लिन नसक्ने र लकडाउन, कफ्र्यु, स्वस्थ्यसामग्री खरिद, चेकजाँच आदि कार्यमा सोंचेरै समय बिताउने दीर्घसूत्री राष्ट्रहरू आज सोही दीर्घसूत्री माछाको गति प्राप्त गरिरहेका छन् (एवं प्राप्ततमं कालं यो मोहान्नाव बुध्द्यते । सः विनश्यति वै क्षिप्रं दीर्घसूत्रो यथा झषः ।। महाभारत १२÷१३७÷१८) । अर्थात् जसले घमण्डबस आफूमाथि परेको विपत्तिको ज्ञान गर्न सक्दैन त्यो दीर्घसूत्री माछाजस्तै नष्ट हुन्छ । नेपाल, अमेरिका, युके, स्पेन, इटालीजस्ता आफू बाठो हूँ भन्ने तर सही समयमा निर्णय लिन नसक्ने दीर्घसूत्रीहरूले अब बाँकी जीवनहरूको रक्षाका लागि पनि केही गर्ने कि ?
राजनेता भनाउँदालाई चेतना भया ।
आजको प्रश्न ।
सन्दर्भ सामग्री
वेदव्यास (२०७५), महाभारत शन्तिपर्व, गीताप्रेस, गोरखपुर ।
वेदव्यास (२०७६), ब्रह्माण्ड महापुराण, गीताप्रेस, गोरखपुर ।
थानेश्वर पाण्डेय
(PhD Scholar in Puran)
tpandeynepali@Gmail.com
9851068991