Saturday, December 14"सञ्चार समाज को ऐना हो ।"
Shadow

ज‌ंगी अड्डामा चारै सुरक्षा निकायका प्रमुखको छलफल

देशका चारै सुरक्षा निकायका प्रमुखहरू जंगी अड्डामा भेला भएर कोभिड–१९ नियन्त्रण तथा रोकथामका बिषयमा छलफल गरेका छन् । सैनिक मुख्यालयमा भएको यो भेटघाट नियमित हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले बोलाएको बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली र राष्ट्रिय अनुसन्धान विभागकका प्रमुख गणेश अधिकारी उपस्थित थिए ।

कोभिड–१९ बिरुद्धको कारबाहीमा अंग्रपक्तिमा रहेका चारै सुरक्षा निकायले निभाउँदै आएको भूमिकालाई अझै प्रभावकारी बनाउन र एकअर्कामा समन्वयनमा आइपरेका अप्ठेराका बिषयमा छलफल भएको बैठकमा उपस्थित एक सुरक्षा प्रमुखले बताए ।

उनले सर्वसाधारणसँगको प्रत्यक्ष सम्पर्कमा रहने प्रहरी, सीमा सुरक्षामा खटिएको सशस्त्र र ७७ जिल्लामा गुप्तचरी संरचना रहेको विभागले कसरी काम कारबाहीलाई प्रभावकारी बनाउने बिषयमा बैठक केन्द्रित रहेको बताए ।

“सोमबार भएको राजनीतिक घटनाक्रमका बिषयमा त प्रंसग समेत उठने,’ ती प्रमुखले भने “हामीले एकअर्कालाई कसरी सघाउने भन्ने बिषयमा कुरा भयो। लामो समय भएको थियो भेट नभएको आज बसौं भनेर बसियो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *