Sunday, March 1"सञ्चार समाज को ऐना हो ।"
Shadow

सम्पादकीय

राष्ट्रियताका मामिलामा अब नेपालमा न कोही पक्ष छ न प्रतिपक्ष नै।

राष्ट्रियताका मामिलामा अब नेपालमा न कोही पक्ष छ न प्रतिपक्ष नै।

Breaking News, सम्पादकीय
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत समेटेर नक्सा जारी गरेपछि निसान छापमा रहेको नेपालको नक्सा परिमार्जन गर्न ल्याएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक प्रतिनिधिसभाको मंगलबारको बैठकले सर्वसम्मतरूपमा अनुमोदन गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रस्तावमा विचार गरियोस् भनी राखेको प्रस्तावको विपक्षमा कुनै पनि दल उभिएनन्। यसको विपक्षमा कुनै पनि दलले आफूलाई प्रस्तुत नगर्नुको अर्थ राष्ट्रियताको मामिलामा मुलुक एक ढिक्का भएको सन्देश दिनु हो। संसद्मा विधेयक स्वीकृत भएपछि अब त्यसमा संशोधन र पारित प्रक्रिया अघि बढ्छ। यसले संविधान संशोधनसम्बन्धी यो विधेयक सर्वसम्मतिले पारित हुने सुनिश्चित मात्र गरेको छैन, नेपाली राष्ट्रियताको पक्षमा समेत मत जाहेर भएको छ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमात्र होइन, प्रमुख विपक्ष नेपाली कांग्रेसले समेत यसको पक्षमा आफूलाई प्रस्टरूपमा उभ्याएको छ। अन्य दल...
अभिव्यक्ति स्वतन्त्रताको पूर्ण उपयोग गर्दै हामी जवाफदेही शासन सञ्चालनको पैरवी

अभिव्यक्ति स्वतन्त्रताको पूर्ण उपयोग गर्दै हामी जवाफदेही शासन सञ्चालनको पैरवी

सम्पादकीय
जनताद्वारा निर्वाचित संविधान सभाले जारी गरेको संविधानले चार वर्ष पूरा गरेकै दिन हामी सेतो पत्रिका लिएर आएका छौं। आफूले चुनेका प्रतिनिधिमार्फत् संविधान बनाउने झण्डै सात दशकदेखिको नेपाली सपना साकार भएको यो ऐतिहासिक दिनलाई नै हामीले पाठक, दर्शक र श्रोतासँग जोडिने प्रस्थानबिन्दु बनाउने निधो गर्‍यौं। जननिर्वाचित संविधान सभामार्फत् जारी यो संविधान नेपालका अघिल्ला संविधान भन्दा धेरै कोणबाट फरक छ। यसले नेपाली समाजको विविधतालाई आत्मसात् गरेको छ। व्यक्तिको प्रतिष्ठा, अधिकार र आत्मसम्मानलाई सर्वाधिक महत्व दिएको छ। सिंगो राज्य प्रणालीलाई सामेली बनाउने संकल्प गरेको छ। नागरिकको स्वतन्त्रतालाई आफ्नो अभिन्न पहिचान बनाएको छ। संविधानमा सुनिश्चित स्वतन्त्रताको यही फराकिलो मैदानमा जिम्मेवार पत्रकारितामार्फत् हामीले सबैलाई सुसूचित गर्ने प्रयत्न गर्नेछौं।  नेपाली नागरिकले आफूमा निहित सार्वभौम...
किसानको आर्तनाद सुन

किसानको आर्तनाद सुन

सम्पादकीय
कृषि उत्पादन र अर्थतन्त्रमा यसको योगदानको चर्चा गर्नुपर्दा सम्भवतः सबैभन्दा बढी उल्लेख गरिने पदावली हो, कृषिप्रधान देश । किसानलाई उकास्न पनि सार्वजनिक मञ्चदेखि राजनीतिक वृत्तसम्म यिनै दुई शब्दको प्रयोग हुने गरेको छ । तर विडम्बना के छ भने, कृषिप्रधान देश र किसानको कर्मशीलताको चर्चा हुँदै गर्दा सबैभन्दा बढी मारमा परेका किसानहरू नै छन् । माटोसँग खेल्ने र ‘सुन’ फलाउने किसान नै गरीबी र अभावको पर्याय बनेर दयनीय जीवन बाँचिरहेका छन् । किसानको यो हविगत हुनुको प्रमुख कारण हो, देशको कुल गार्हस्थ्य उत्पादनसँग प्रत्यक्ष गाँसिएको कृषि क्षेत्र सरकारको प्राथमिकतामा नपर्नु । सरकारी योजनाहरूमा कृषि क्षेत्रको सुधारलाई विशेष कार्यक्रम सहित समेटेको देखिए पनि तिनको लाभ किसानहरूले उपयोग गर्नै पाएका छैनन् । जसका कारण, निर्वाहमुखी खेती गर्ने किसान जीवन धान्नै कठिन अवस्थासँग ज...