Wednesday, March 4"सञ्चार समाज को ऐना हो ।"
Shadow

समाचार

घरमै बसेर नमाज पढौँ: मुस्लिम आयोग अध्यक्ष

घरमै बसेर नमाज पढौँ: मुस्लिम आयोग अध्यक्ष

समाचार
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण भोलिबाट सुरु हुने मुस्लिम समुदायको महान पर्व रमजानमा घरमै बसेर नमाज पढ्न आग्रह गरेका छन्। स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा शुक्रबार अध्यक्ष अन्सारीले महामारी कुनै जात र धर्मलाई लक्षित गरी नआउने भन्दै लकडाउनको पूर्णरुपमा पालना गर्ने सबै नागरिकको दायित्व भएको बताए। मुस्लिम समुदायको जमातीमा वीरगञ्जबाट संक्रमण सुरु भएको र उदयपुरमा पनि ठुलो संख्यामा संक्रमण देखिएको प्रति मुस्लिम आयोग गम्भीर भएको उनले बताए। यस्तै उनले हिजो र आज काठमाडौ उपत्यकाका विभिन्न मस्जिदमा रहेका सबैको स्वाब परीक्षण गराइसकेको जानकारी दिए। साथै स्वास्थ्य मनत्रालयको सहयोगप्रति उनले आभार व्यक्त गरे। अझ पनि मस्जिदहरुमा कोही परीक्षण गर्न छुटेका छन् भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा वा स्थानीय सरकारसमक्ष अविल...
मुख्यमन्त्री गुरुङको प्रस्ताव : आवागमन रोकौँ, उत्पादन र निर्माण खुला गरौँ

मुख्यमन्त्री गुरुङको प्रस्ताव : आवागमन रोकौँ, उत्पादन र निर्माण खुला गरौँ

समाचार
 पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लकडाउन खुकुलो बनाउने प्रस्ताव अघि सारेका छन् । उनले कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेललाई टेलिफोन गरेर लकडाउनको नयाँ मोडल बनाउन प्रस्ताव गरेका हुन् । बागलुङकी कोरोना संक्रमित मनकुमारी पौडेल र अंशु सापकोटा निको भएर घर फर्किएपछि गण्डकी प्रदेश ‘ग्रिन जोन’मा परेको मुख्यमन्त्री गुरुङको दाबी छ । उनकाअनुसार गण्डकी प्रदेशमा अहिलेसम्म चार हजार सात सय चार जनाको र्‍यापिड टेस्ट भइसकेको छ । विदेशबाट फर्किएका सबैजसोको पीसीआर टेस्ट गर्नुपर्ने भएपनि किट अभावले गर्न नसकिएको उनको भनाइ थियो ।...
लकडाउन एक साता थप

लकडाउन एक साता थप

समाचार
काठमाडौं । उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको छ । यद्यपि यसबारे मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्नेछ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालेको थियो । यद्यपि बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्प समेत आएको थियो । त्यसलगतै बसेको कार्यदलको बैठकले वैशाख १५ बाट एक साता लकडाउन लम्ब्याउनुपर्ने राय दिएको छ । त्यसपछि अर्को मोडलमा जान सकिने बताइएको छ । त्यही राय बोकेर समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सहितका मन्त्रीहरु बालुवाटार पुगेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्यदलको राय र बैठकमा आएका विकल्पहरुबारे ब्रिफिङ गर्नेछन् ।...
जोखिम बढेपछि ‘रेड जोन’ उदयपुरमै कोरोना अस्पताल बनाउने तयारी

जोखिम बढेपछि ‘रेड जोन’ उदयपुरमै कोरोना अस्पताल बनाउने तयारी

समाचार
काठमाडौं। सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको उदयपुर जिल्लालाई कोरोना विशेष क्षेत्र घोषणा गरी परीक्षण र उपचारको लागि अस्पताल बनाउन तयारी थालिएको छ। आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहितको टोली उदयपुर पुगेर त्यहाँको अवस्थाको जानकारी लिएका छन्। मुख्यमन्त्री राईको साथमा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरे र नेपाली सेनाको इटहरीस्थित् पूर्वी पृतनापति अनन्त कार्की सैनिक हेलिकप्टरमा उदयपुर पुगेका हुन्। मुख्यमन्त्री राईले संक्रमितहरूको उपचार व्यवस्था स्थानीयस्तरमै मिलाउन उदयपुरमै अस्थायी कोरोना अस्पताल सञ्चालन गर्न लागिएको जानकारी दिए। “धेरै बिरामी भेटिएपछि सावधानी र थप सतर्कता अपनाउन हाम्रो ध्यान यहीँ केन्द्रित गरेका छौं”, उदयपुर पुगेर उनले भने, “रोकथाम, उपचार र जनताका आधारभूत समस्यालाई सम्बोधन गर्ने गरी तयारी भइरहेको छ। अस...
उच्चस्तरीय समितिकाे निष्कर्ष- ‘काेराेना भाइरसकाे संक्रमण फैलन नदिन लकडाउन प्रभावकारी’

उच्चस्तरीय समितिकाे निष्कर्ष- ‘काेराेना भाइरसकाे संक्रमण फैलन नदिन लकडाउन प्रभावकारी’

समाचार
काठमाडौं। कोभिड-१९ रोकथाम, नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिले लकडाउनले मुलुकलाई संक्रमणबाट जोगाउन महत्त्वपूर्ण काम गरेको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको बैठकले अहिलेसम्मको अवस्था समीक्षा गर्दै संक्रमण फैलन नदिन लकडाउन प्रभावकारी रहेको निष्कर्ष निकालेको हो। “आजको बैठकले अहिलेसम्मको सबै विषयमाथि समीक्षा र छलफल गर्‍यो”, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले भने, “११ चैतदेखि गरिएको लकडाउन प्रभावकारी रहेको भन्ने निष्कर्ष निकाल्दै आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने छलफल भएको छ।” उनका अनुसार उच्चस्तरीय समितिको बैठकले १५ वैशाखपछिको लकडाउनको स्वरूप कस्ताे बनाउने भन्ने विषयमा कार्यदल बनाइएको छ। सरकारका मुख्य सचिवको संयोजकत्वमा बनाएको कार्यदलले आवश्यक छलफल अघि बढाइसकेको भन्दै उक्त कार्यदलले दिने प्रतिवेदनकै आधार...
बिधार्थी हरु को लागि प्रती महिना १२५० देखी २००० क्यानडेली डलर

बिधार्थी हरु को लागि प्रती महिना १२५० देखी २००० क्यानडेली डलर

अन्तराष्ट्रिय, समाचार
सरोज श्रेष्ठ:टोरेन्टटो(क्यानडा) क्यानडा सरकारले बिदेशी बिधार्थी हरु को लागि प्रती महिना १२५० देखी २००० क्यानडेली डलर उपलब्ध गराउने घोषणा गरेको छ ।
आरआर क्याम्पसमा अनलाइन पढाइ सुरु

आरआर क्याम्पसमा अनलाइन पढाइ सुरु

शिक्षा, समाचार
काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)ले अनलाइन कक्षा सुरु गरेको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि गरिएको लकडाउनले क्याम्पसमै पुगेर पढ्ने÷पढाउने काम रोकिएपछि अनलाइन कक्षा सुरु गरिएको हो । आरआर क्याम्पस विद्यार्थी कल्याण शाखा प्रमुख देवी घिमिरेका अनुसार स्नातकोत्तर (एमए) र स्नातकको (बीसीए)को भिडियो कक्षा चलिरहेको छ । स्वअध्ययनका सिलसिलामा विद्यार्थीलाई कुनै खालको समस्या नपरोस् भनेर हामीले उपलब्ध स्रोत साधनको उपयोग गरेर जति सकिन्छ, त्यति सुरु गरौं भनेर काम गरिरहेका छौं,’ घिमिरेले भने, ‘कोर्स नै अगाडि बढाउने भन्दा पनि पढाइ भइसकेका विषय रिभिजन (पुनः दोहोर्याउने) र पढ्न बाँकी विषयवस्तुमा विद्यार्थीले पूर्व तयारी गर्न सकुन् भन्ने उदेश्य हाम्रो हो ।’...
अस्ट्रेलिया अमेरिकाको सुगा बनिरहेको चीनको आरोप

अस्ट्रेलिया अमेरिकाको सुगा बनिरहेको चीनको आरोप

अन्तराष्ट्रिय, समाचार
चीनले अस्ट्रेलिया ट्रम्पको सुगा बनेको आरोप लगाएको छ। उसले अस्ट्रेलियाले अमेरिकाबाट आएको निर्देशन अनुसार आफ्नो आलोचना गरिरहेको जनाएको छ। अमेरिकाले चीनले कोरोना भाइरस महामारीको सुरुवाती अवस्था नियन्त्रण गर्न उचित पहल नगरेकाले विश्वले कोरोनाको महामारीको सामना गरिरहेको आरोप लगाउँदै आएको छ। चीनको यो भनाइले यी दुई प्रमुख व्यापार साझेदारहरूको सम्बन्ध थप बिग्रने संकेत गरेको छ। वरिष्ठ अस्ट्रेलियन नीति निर्माताहरूले पछिल्लो दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उद्गमका बारेमा अनुसन्धान गर्नुपर्ने र महामारीका विषयमा चीनको पारदर्शितामाथि व्यक्त गरिरहेको शंकालाई समर्थन गरिरहेका छन्। अस्ट्रेलियाको राजधानी क्यानवेरामा रहेको चिनियाँ दुतावासले अस्ट्रेलियन नीति निर्माताहरू ट्रम्पको मुखपत्र बनिरहेको प्रतिक्रिया दिएको छ। 'सबैलाई थाहा छ हालै अमेरिकाका उच्च तहका अधिकारीसहितक...
किम जोङ उनको मुटुको शल्यक्रिया

किम जोङ उनको मुटुको शल्यक्रिया

अन्तराष्ट्रिय, समाचार
काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको मुटुको शल्यक्रिया गरिएको छ । दक्षिण कोरियाली सञ्चार माध्यमका अनुसार, अप्रिल १२ मा उनको मुटुको सर्जरी गरिएको हो । शल्यक्रिया गरिएको एक सातापछि उनी अस्पतालमै आराम गरिरहेको खबर प्रकाशमा आएका छन् । पछिल्लो समय एक विशेष वार्षिक समारोहमा उनी उपस्थित नभएपछि उनको विषयमा विभिन्न आशंका उत्पन्न भएका थिए । किमका हजुरबुबाको अप्रिल १५ मा जन्मजयन्ती थियो । उत्तर कोरियामा यो दिन विशेष किसिमले मनाउने प्रचलन छ । त्यहाँ सार्वजनिक बिदा दिइन्छ । तर, उत्तर कोरियाली सञ्चारमाध्यले सार्वजनिक गरेको तस्वीरमा किम जोङ उन देखिएका थिएनन् । स्रोतका अनुसार, अप्रिल १२ मा उत्तर कोरियाको अस्पतालमा उनको मुटुको सर्जरी गरिएको थियो । उत्तर कोरियाभित्रको जानकारी पाउनु निकै कठिन हुन्छ । विशेषगरी त्यहाँका नेताको विषयमा कुनै पनि जानकारी बाहिर चुहाइँदैन । अत्यधिक तौल...
ज‌ंगी अड्डामा चारै सुरक्षा निकायका प्रमुखको छलफल

ज‌ंगी अड्डामा चारै सुरक्षा निकायका प्रमुखको छलफल

Breaking News, समाचार
देशका चारै सुरक्षा निकायका प्रमुखहरू जंगी अड्डामा भेला भएर कोभिड–१९ नियन्त्रण तथा रोकथामका बिषयमा छलफल गरेका छन् । सैनिक मुख्यालयमा भएको यो भेटघाट नियमित हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले बोलाएको बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली र राष्ट्रिय अनुसन्धान विभागकका प्रमुख गणेश अधिकारी उपस्थित थिए । कोभिड–१९ बिरुद्धको कारबाहीमा अंग्रपक्तिमा रहेका चारै सुरक्षा निकायले निभाउँदै आएको भूमिकालाई अझै प्रभावकारी बनाउन र एकअर्कामा समन्वयनमा आइपरेका अप्ठेराका बिषयमा छलफल भएको बैठकमा उपस्थित एक सुरक्षा प्रमुखले बताए । उनले सर्वसाधारणसँगको प्रत्यक्ष सम्पर्कमा रहने प्रहरी, सीमा सुरक्षामा खटिएको सशस्त्र र ७७ जिल्लामा गुप्तचरी संरचना रहेको विभागले कसरी काम कारबाहीलाई प्रभावकारी बनाउने बिषयमा बैठक केन्द्रित रहेको बताए । “सोमबार भएक...