Thursday, January 15"सञ्चार समाज को ऐना हो ।"
Shadow

समाचार

राष्ट्रिय सम्मानका साथ गरियो विपीनको अन्त्येष्टि

राष्ट्रिय सम्मानका साथ गरियो विपीनको अन्त्येष्टि

Breaking News, समाचार
काठमाडौं । हमासको आक्रमणमा परी ज्यान गुमाएका विपीन जोशीको राष्ट्रिय सम्मानका साथ महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ। बिहान ८ बजे विपीनको निवास (भीमदत्त नगरपालिका) बाट शवयात्रा निकालेर महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टि गरिएको हो। अन्त्येष्टिअघि विपीनलाई शसत्र प्रहरीले शलामी अर्पण गरेका थिए । विपीनको शवयात्रामा नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहितका तीन जना इजरायली प्रतिनिधिको टोली, आफन्तजन र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो। इजरायलले सोमबार स-सम्मानका साथ विपीनको शव नेपाललाई हस्तानतरण गरेको थियो । इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ ।...
तिहारका लागि सयपत्री फूलका पाँच हजार बिरुवा बिक्री

तिहारका लागि सयपत्री फूलका पाँच हजार बिरुवा बिक्री

Breaking News, समाचार
बोहोराका अनुसार भदौ यता मात्रै सयपत्री फूलका पाँच हजार बिरुवा बिक्री गरिसकेका छन् । फुल्न थालेका बिरुवा लगेर गमलामा सजाउने र तिहारमा प्रयोग गर्ने ग्राहकलाई उनले बिरुवा बिक्री गरेको बताए । पछिल्लो समय तिहारमा सयपत्री फूल खरिद गर्नुभन्दा बिरुवा खरिद गरेर घरमा सजाउने र तिहारमा प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको बोहोराले बताए । उनले रु ४० मा माटोसहितको फूलको बिरुवा बिक्री गरेको उनले बताए । ‘गत वर्षसम्म फूलको मात्र बढी कारोबार हुन्थ्यो, यसपटक फूलभन्दा बिरुवाको कारोबार बढी भयो । हालसम्म पाँच हजार बिरुवा बिक्री गरिसकेँ । हाल माग धान्न नसकेर अन्य ठाउँबाट ल्याएर फूलका बिरुवा बिक्री गरिरहेको छु’ , बोहोराले भने, ‘विभिन्न जातका फूल तथा फलफूलका बिरुवा नर्सरीमा उत्पादन गर्दै आएको छु । यसपटक बिरुवा बिक्रीबाट रु दुई लाख कारोबार गसिरसकेको छु ।’ भारतको नयाँ दिल्लीमा ‘बिएसी बोट्नी’ विषयमा अध्ययन ग...
नेपालको इतिहासमै पहिलो पटक समलिङ्गी महिलाको विवाह दर्ता

नेपालको इतिहासमै पहिलो पटक समलिङ्गी महिलाको विवाह दर्ता

Breaking News, समाचार
काठमाडौं । समलिङ्गी (लेस्बियन) महिला-महिलाबीच नेपालको इतिहासमा नै पहिलो पटक विवाह दर्ता भएको छ । सर्वोच्च अदालतको आदेशअनुसार बर्दियाको बढैयाताल गाउँपालिका-२ को कार्यालयले लेस्बियन जोडीको विवाह दर्ता गरेको हो ।पाँच वर्षदेखि समलिङ्गी सम्बन्धमा रहेका बढैयाताल-२ का अन्जुदेवी श्रेष्ठ (दीप्ती) र बाँके कोहलपुर नगरपालिका वडा नं ५ बस्ने सुप्रिता गुरुङ्गको जोडीले कानूनी मान्यता पाएको हो । स्थानीय पञ्जीकाधिकारी एवं वडा सचिव दीपक नेपालीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्राविधिक शाखाबाट दिएको जानकारी अनुसार विवाह दर्ता गरिएको बताए ।उनले भने, ‘दर्ता गर्ने र प्रमाणपत्रमा अस्थायी विवाह दर्ता लेखेर जारी गर्न पञ्जीकरण विभागको प्राविधिक शाखाबाट जानकारी आयो । समलिङ्गी महिलाको विवाह दर्ता भएको यो पहिलो हो ।’  मायाको पहिचान नेपालका कार्यकारी निर्देशक एवं पहिलो संविधानसभा सदस्य सुनिलबाबु पन्तले अन्जु ...
१० वर्षअघि म्याद सकिएका ‘टियर ग्याँस’ अझै प्रयोगमाः जनस्वास्थ्यमा गम्भीर खेलबाड

१० वर्षअघि म्याद सकिएका ‘टियर ग्याँस’ अझै प्रयोगमाः जनस्वास्थ्यमा गम्भीर खेलबाड

समाचार
३० साउन २०७६ मा चितवनको भरतपुरस्थित जिल्ला प्रहरी कार्यालय घेराउ गर्न आइपुगेको भीडलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौं सेल ‘टियर ग्याँस’ प्रयोग गरेको थियो । पूर्वसहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेका समर्थकहरू प्रहरी कार्यालय घेर्न पुगेका थिए । उनीहरूलाई भगाउन प्रहरीले टियर ग्याँसका सेल हानेको थियो । यस क्रममा एउटा डरलाग्दो तथ्य उजागर भयो । भरतपुरमा प्रयोग गरिएका टियर ग्याँसका सेल ९ वर्षअघि नै म्याद गुज्रिएका थिए । तस्वीरबाट पनि प्रष्ट हुन्छ, ३० साउन २०७६ मा प्रयोग गरिएका टियर ग्याँसका ती सेलको म्याद २०१० मार्चमै सकिएको थियो । भरतपुर घटना नेपाल प्रहरीले म्याद गुज्रिएका टियर ग्याँस प्रयोग गरिरहेको देखाउने पछिल्लो दृष्टान्त हो । उससँग यस्ता अझै कति टियर ग्याँस बाँकी होलान् ? सूचनाको हक प्रयोग गरेर विवरण माग गर्दा समेत...
पनौती र बनेपामा ८० वर्ष यताकै भिषण वर्षा र बाढी

पनौती र बनेपामा ८० वर्ष यताकै भिषण वर्षा र बाढी

समाचार
पनौती र बनेपामा ८० वर्ष यताकै भिषण वर्षा र बाढी आएको छ । त्यस्ले सयौ रोपनीमा लगाएको खेती र जमीन ध्वस्त पारेको पुर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । उनले ट्वीट गर्दै लेखेका छन्, “पनाैती र बनेपामा ८० वर्ष यताकै भिषण वर्षा र बाढी सयौ रोपनीमा लगाईएको खेती र जमीन ध्वस्त,तीनपुल बगायो,करोडौंको भौतिक क्षति , तीनजना नागरिक रााशीको बाढीमा फसेका छन।उद्दार कार्य जारी ,राती भएकाले हेलिकप्टर जान सकेन।बाढीमा फसेकाको जीवन रक्षामा स्थानीय प्रशासनसगै काम गरौ।” नेपालमा अहिले प्रि मनसुन चलिरहेको छ । मौसम बिभागले पटक पटक बुलेटिन निकाल्दै सचेत रहन आग्रह गरिरहेको छ । बुधबार बिहान ३ दिनको बुलेटिन निकालेर सचेत रहन आग्रह गरेको थियो । प्रिमनसुन सक्रिय भएकाले देशभर मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । उनले भने, ‘प्रिमसुनको प्रवृत्ति दिनमा घाम...
सीमाविद्को सीमाहीन खुसी :

सीमाविद्को सीमाहीन खुसी :

समाचार
चीन, बेलायत र अमेरिकाका लाइब्रेरीबाट ऐतिहासिक नक्सा संकलन गरेपछि बुद्धिनारायण श्रेष्ठले लिम्पियाधुरासमेत समेटिएकोे नक्सा कोरेर किताबमा प्रकाशित गरेका थिए । बुद्धिनारायणले ‘चुच्चे नक्सा’ देखाउँदा कतिपय नेता हँसिमजाक गर्थे, तर अहिले त्यही नक्सा देशको आधिकारिक मानचित्र बनेको छ । सीमाविद् बुद्धिनारायण श्रेष्ठ भन्छन्, ‘यथेष्ठ प्रमाण जुटेका छन्, तर राष्ट्रिय अस्मिताको यति संवेदनशील विषयमा हामीले राजनीतिक दाउपेचका लागि उत्तेजना फैलाउनुहुँदैन, उत्ताउला कुरा गरेर भारतलाई वार्ताबाट भाग्न सजिलो बनाउने होइन, जिम्मेवार बनेर वार्तामा बसाल्नुपर्छ र तथ्यका आधारमा भूगोल फिर्ता ल्याउनुपर्छ’ भारतीय सीमा अतिक्रमणविरुद्ध जनता जगाउँदै उनी मेची–काली हिँडे, कालापानी के हो भन्ने नेता र कर्मचारीलाई प्रशिक्षित गर्न जुटे । नेपालको दाबी बलियो बनाउन नक्सा खोज्दै चीन, बेलायत र अमेरिका पुगे । अन्ततः महाकाली शिर लिम...
नेपाली ह्याकरले गरे ७ करोड भारतीय आधार कार्ड विवरण ह्याक !

नेपाली ह्याकरले गरे ७ करोड भारतीय आधार कार्ड विवरण ह्याक !

विशेष, समाचार
नेपाली ह्याकरहरूको समूहले भारतीय आधार कार्डको विवरण ह्याक गरेका छन् । नेपालले लिम्पियाधुरा-लिपुलेक-कालापानीसमेतको नक्सा जारी गरेपछि केही भारतीय ह्याकरले केही नेपाली सरकारी साइटहरू ह्याक गरेसँगै नेपाली ह्याकरहरूले प्रतिकारमा आधार कार्ड विवरण नै ह्याक गरिदिएका हुन् । नेपाली ह्याकरहरूको समूहले आफूले ७ करोड आधार कार्डको विवरण ह्याक गरेको दाबी गरेको छ । उनीहरूले सार्वजनिक गरेको ‘स्याम्पल फाइल’ मा भने २१४५ जनाको आधार कार्ड विवरण छ । ‘यो खेल उनीहरूले सुरु गरेका हुन्, यसको सानो जवाफमात्रै हामीले दिएका हौं,’ ह्याकिङ समूहका एक सदस्यले भने, ‘हामी अरु फायलमा पनि एक्सेस गदैछौं ।’ आधार कार्ड भनेको भारतको एकीकृत राष्ट्रिय परिचय पत्र हो । यसलाई भारतीय विशिष्ट पहिचान पत्र भनिन्छ । भारतमा बस्ने मानिसहरूलाई यो परिचय पत्रमा ‘यूनिक आइडेन्टिफिकेसन नम्बर (यूआईडी) प्रदान गरिएको हुन्छ, जसमा उसको पूरै व्यक्ति...
सीमा अतिक्रमणविरुद्ध एकजुट हुन  नागरिक समाजको आह्वान

सीमा अतिक्रमणविरुद्ध एकजुट हुन नागरिक समाजको आह्वान

समाचार
काठमाडौं, जेठ ८ : सीमा अतिक्रमणलगायत भारतीय पक्षबाट हुने हस्तक्षेपविरुद्ध सबै नेपाली एकजुट हुन सुदूरपश्चिम नागरिक समाजले आह्वान गरेको छ । उसले वर्षौंदेखि भारतद्वारा अतिक्रमित लिम्पियाधुरा–लिपुलेक–कालापानीसहित नेपालको नक्शा सार्वजनिक गरेकामा उक्त कदमको स्वागत गरेको छ । सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा. जयराज अवस्थीलगायत सुदूरपश्चिम घर भई विभिन्न क्षेत्रमा संलग्न समाजका ४४ सदस्यद्वारा जारी विज्ञप्तिमा सन् २०१५ मा भारत र चीनबीच नेपाली भूमि लिपुलेक नाकाबाट सीमा व्यापार, धार्मिक यात्रा तथा अन्य सीमा सहयोग बढाउनका लागि भएको सम्झौता खारेजीसँगै कालापनी क्षेत्रबाट भारतीय सुरक्षाकर्मी फिर्ता गर्न माग गरिएको छ । समाजले तत्कालीन इष्ट इन्डिया कम्पनी र नेपाल सरकारबीच सन् १८१६ मा सम्पन्न सुगौली सन्धिको धारा ५ अनुसार नेपालका राजाले काली नदी पश्चिमको भूभागमाथिको दाबी परित्याग गर्ने प...
सेञ्चुरी बैंक र एफवान सफ्टबीच मोबाइल बैंकिङ सम्झौता

सेञ्चुरी बैंक र एफवान सफ्टबीच मोबाइल बैंकिङ सम्झौता

समाचार
सेञ्चुरी कमर्सियल बैंक र एफवान सफ्ट इन्टरनेसनलबीच मोबाइल बैंकिङ सेवाका लागि सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ बिजनेस डेभलपमेन्ट अफिसर सुवासबहादुर श्रेष्ठ र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरे। सम्झौताअनुसार अब बैंकले सेञ्चुरी पे नामक मोबाइल एपमार्फत् मोबाइल बैंकिङ सेवा उपलब्ध गराउनेछ।      सेञ्चुरी पेमार्फत् ग्राहकले ५० भन्दा बढी बैंकका खातामा रकम ट्रान्सफर, बिजुलीको महसुल, टिभी, इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, हवाइजहाज, बस तथा सिनेमाको टिकट खरिदका साथै एक लाखभन्दा बढी मर्चेन्टमा क्युआर कोडमार्फत् भुक्तानी गर्न सकिनेछ।      यसैगरी सेञ्चुरी पेमा आफ्नो मोबाइलमार्फत् आफैं मोबाइल बैंकिङ एक्टिभ गर्न सकिनुका साथै फिंगर प्रिन्ट इनेबल गरी सहजै कारोबार गर्न सकिनेछ। एफवान सफ्टले तयार गरेको...
पूर्वाधार विकास गरी ई-लर्निङलाई सबैको पँहुचमा पुर्‍याउन जोड

पूर्वाधार विकास गरी ई-लर्निङलाई सबैको पँहुचमा पुर्‍याउन जोड

समाचार
काठमाडौं । कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपालले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा कोरोना भाइरस संक्रमणको बेला नेपालको शिक्षामा कम्प्युटर शिक्षकको भूमिकाबारे अन्तरक्रिया आयोजना गरेको छ । अन्तर्क्रियामा सहभागीले अनलाइन शिक्षा अपिरहार्य भएको भन्दै सबैको पहुँचमा पुर्‍याउन सरकारले पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । अनलाइन अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व शिक्षामन्त्री एवं विपद विज्ञ डा. गंगालाल तुलाधरले विपदको यस घडीमा शैक्षिक गतिविधिहरु सन्चालन गर्न गाह्रो हुने भए पनि भविष्यका निम्ति आवश्यक नीति तर्जुमा गरी अघि बढ्नुपर्ने बताए । त्यसको कार्यान्वयन तथा पूर्वाधार बिकासको लागि कम्प्युटर प्राध्यापकहरु तथा शिक्षकहरुको भूमिका महत्वपूर्ण हुने उनले बताए । कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन कुमार थापाले डिजिटल लर्निङ नै अबको विकल्प भएको र त्...