Thursday, November 21"सञ्चार समाज को ऐना हो ।"
Shadow

बिज्ञानप्रबिधी

रत्नपार्कमा विद्युतीय द्रुत चार्जिङ स्टेशन, कारका लागि प्रति किमी ७० पैसा

रत्नपार्कमा विद्युतीय द्रुत चार्जिङ स्टेशन, कारका लागि प्रति किमी ७० पैसा

Breaking News, बिज्ञानप्रबिधी
चार्ज गर्दा कारमा औसत ७० पैसा, एसयूभीमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसमा एक रुपैयाँ २० पैसा प्रति किलोमिटर खर्च लाग्नेछ। नेपालमा उपलब्ध सवारी साधनहरूमा रहेको ब्याट्री क्षमता अनुसार‚ कम्तीमा आधा घण्टादेखि एक घण्टासम्म चार्ज पूर्ण हुने प्राधिकरणले जनाएको छ। विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्न चार्जिङ स्टेशनका लागि सहुलियत दरको महसूल तोकिएको विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। यद्यपि, निजी क्षेत्रबाट सञ्चालित चार्जिङ स्टेशनले तोकिएभन्दा बढी महसूल लिएको र विद्युतीय गाडीले भाडा दर पेट्रोलियम पदार्थबाट चल्ने गाडीकै सरह लिने गरेको गुनासो आएको उनले बताए। “यसको हामी अनुगमन गर्छौं, तोकिएभन्दा बढी महसूल नलिन र सस्तो दरमा चार्ज हुने भएकोले भाडामा सहुलियत दिन मेरो आग्रह छ,” उनले भने। प्राधिकरणले विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत अहिले सात प्रदे...
कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपाल (CFAN) ले “ परिवर्तन सम्भव छ ? सन्दर्भ: नेपालका शैक्षिक संस्थामा परीक्षा प्रणाली ”बिषयमा अनलाइन अन्तरक्रिया कार्यक्रम आयोजना

कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपाल (CFAN) ले “ परिवर्तन सम्भव छ ? सन्दर्भ: नेपालका शैक्षिक संस्थामा परीक्षा प्रणाली ”बिषयमा अनलाइन अन्तरक्रिया कार्यक्रम आयोजना

Breaking News, बिज्ञानप्रबिधी
कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपाल (CFAN) ले “ परिवर्तन सम्भव छ ? सन्दर्भ: नेपालका शैक्षिक संस्थामा परीक्षा प्रणाली ” बिषयमा अनलाइन अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो । कार्यक्रमलाई अतिथि बक्ताको रुपमा सुदूर पश्चिमान्चल विश्वविध्यालयका उपकुलपति प्रा. डा. अम्मराज जोशी, त्रिभुवन विश्वविध्यालयका शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुसाल, काठमाडौँ विश्वविध्यालयका रजिस्ट्रार प्रा. डा. सुबोध शर्मा, राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा प्रसाद अर्याल, सी एस आइ टि कलेज अर्गनाइजेसन नेपालका अध्यक्ष एवं हिसानका उपाध्यक्ष रामेश्वर अर्याल र प्याब्सनका अध्यक्ष टिकाराम पुरीले सम्बोधन गर्नु भएको थियो । त्यस अघि कार्यक्रममा कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपाल (CFAN) का उपाध्यक्ष सत्यराम सुवालले अतिथि वक्ता तथा सहभागीहरुलाई स्वागत गर्नुभएको थियो । CFAN (सिफ्यान) का महासचिव रमेश रिमालले संचालन गर्नुभ...
सामसुङले बनाउँदैछ सबैभन्दा फास्ट प्रोसेसर Exynos

सामसुङले बनाउँदैछ सबैभन्दा फास्ट प्रोसेसर Exynos

बिज्ञानप्रबिधी
दक्षिण कोरियाली कम्पनी सामसुङ स्मार्टफोन बजारको नम्बर वान कम्पनी हो । तर सामसुङले स्मार्टफोन मात्र नभई अन्य धेरै खाले प्रडक्टहरू समेत उत्पादन गर्छ । सामसुङले उत्पादन गर्ने प्रोडक्टहरूमध्ये मोबाइल चिप्स पनि एक हो । सामसुङले Exynos ब्राण्डबाट मोबाइल चिप उत्पादन गर्दछ । यद्यपि मोबाइल चिपको बजारमा क्वालकोम तथा मिडियाटेक ब्राण्डका चिपहरू सामसुङका एक्जिनोस चिपभन्दा धेरै लोकप्रिय छन्। त्यतिमात्र नभै हुवावेको किरिन चिपसेट समेत सामसुङभन्दा अगाडि छ । तथापि अब निकट भविष्यमै यो परिदृश्य बदलिनेछ । सामसुङले मोबाइल चिपको क्षेत्रमा नयाँ तरंग सिर्जना गर्दैछ । सामसुङले निकट भविष्यमै आफ्नो नयाँ Exynos 1000 प्रोसेसर ल्याउँदैछ । यो मोबाइल प्रोसेसर अहिलेसम्म उपलब्ध सबै कम्पनीहरूका प्रोसेसरभन्दा तीन गुणा फास्ट हुनेछ । अर्थात् अहिले सबैभन्दा फास्ट प्रोसेसरको रुपमा रहेको क्वालकोम स्नापड्रागन ८६५...
माइक्रोसफ्ट एजले पछि पार्यो फायरफक्सलाई

माइक्रोसफ्ट एजले पछि पार्यो फायरफक्सलाई

बिज्ञानप्रबिधी
निकट अतीतमा कुनै समय मानिसहरूले जोक गर्ने गर्दथे कि इन्टरनेट प्रयोगकर्ताहरू इन्टरनेट एक्सप्लोरर अर्थात् माइक्रोसफ्ट एज ब्राउजरलाई केवल अन्य ब्राउजर डाउनलोड गर्न मात्र प्रयोग गर्दछन् । त्यो एक हदसम्म सही पनि थियो । तर यदि पछिल्लो तथ्यांकलाई हेर्दा माइक्रोसफ्टले इन्टरनेट ब्राउजरको बजारमा जबरजस्त पुनरागमन गरेको देखिन्छ । इन्टरनेट प्रविधिहरूको बजार हिस्साको अध्ययन गरी तथ्यांक प्रस्तुत गर्ने वेबसाइट netmarketshare.com को पछिल्लो रिपोर्टअनुसार माइक्रोसफ्ट कम्पनीको पछिल्लो वेब ब्राउजर माइक्रोसफ्ट एज विश्वमा सर्वाधिक दोश्रो लोकप्रिय इन्टरनेट ब्राउजर बन्न सफल भएको छ । मोजिल्ला फायरफक्सलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको माइक्रोसफ्ट एजको बजार हिस्सा ७.५९ प्रतिशत रहेको छ । जबकि तेस्रो स्थानको मोजिल्ला फायरफक्सको बजार हिस्सा ७.१९ प्रतिशतमा झरेको छ । चौथो स्थानमा माइक्रोसफ्टकै ...
प्रयोगकर्ताको जासुसी गर्न फेसबुकले ह्याकिङ सफ्टवयर खरिद गर्न खोजेको खुलासा

प्रयोगकर्ताको जासुसी गर्न फेसबुकले ह्याकिङ सफ्टवयर खरिद गर्न खोजेको खुलासा

बिज्ञानप्रबिधी
अनलाइन जासुसी तथा ह्याकिङसम्बन्धी इजरायली सफ्टवेयर निर्माता कम्पनी एनएसओ ग्रुपले ह्वाट्सएप ह्याक गरेको आरोप खेपिरहेको छ । विभिन्न व्यक्तिको ह्वाट्सएप अकाउन्ट ह्याक गरी विभिन्न देशका सरकारहरूलाई त्यहाँका विद्रोही नागरिकहरूका बारेमा सूचना दिन सहयोग गरेको आरोप उक्त कम्पनीमाथि लगाइएको छ । ह्वाट्सएप ह्याक गरेको अभियोगमा फेसबुकले एनएसओ ग्रुपमाथि मुद्दा हालिसकेको छ । तर ह्वाट्सएप ह्याकिङ गरेको अभियोगमा इजरायली कम्पनीलाई कानूनी कठघरामा उभ्याउनु फेसबुकका लागि महँगो पर्ने देखिएको छ । फेसबुकले आफ्ना प्रयोगकर्ताको जासुसीका लागि ३ वर्षअघि एउटा जासुसी सफ्टवयर खरिदको प्रयास गरेको खुलासा एनएसओ ग्रुपले गरिदिएको छ । फेसबुकले सन् २०१७ मा आफूसँग एउटा जासुसी सफ्टवयर खरिद गर्ने प्रयास गरेको र उक्त सफ्टवयरको उद्देश्य फेसबुकका प्रयोगकर्तामाथि निगरानी गर्नु रहेको एनएसओको दाबी छ । एनएसओ ग्रुपले विभिन्न निर...
‘एनपी’ डोमेनको सर्भरमा पनि साइबर हमला

‘एनपी’ डोमेनको सर्भरमा पनि साइबर हमला

बिज्ञानप्रबिधी
नेपालका विभिन्न वेबपेज र डाटा प्रणालीमा अनाधिकृत पहुँच बनाउँदै आएको ह्याकरले एनपी डोमेनमा पनि साइबर हमला गरेको छ । मर्कन्टाइल कम्युनिकेसन प्रालिले व्यवस्थापन गर्दै आएको एनपी सर्भरमा ह्याकरले पुहँच स्थापित गरेको हो । फुडमान्डु र भायनेटका ग्राहकको व्यक्तिगत विवरण बाहिर ल्याएको ह्याकरले नै एनपी डोमेनमा पहुँच बनाएको अनुमान छ । टि्वटरमा सतान नाममा रहेको ह्यान्डलले एनपी डोमेनमा सुरक्षा कमजोरी रहेको औंल्याइएको थियो । त्यसलगत्तै ह्याकरले एनपीको सर्भरमा आक्रमण गरेर पहुँच बनाएको कम्पनीले जनााएको छ । ‘यो विषयमा हामीले अध्ययन थालेका छौं । हाल एनपी डोमेनमा कुनै समस्या भएको छैन । तर पनि यो विषयलाई गम्भीर रुपमा लिएका छौं ,’ वज्ञप्तिमा भनिएको छ, ‘यो प्रारम्भिक चरण भएकाले अरु कुनै अवस्था आए हामी ग्राहकलाई सूचना दिने छौं ।’कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार सोमबार राती १० बजरे ३७ मिनेटमा ...
बिहीबार रातिबाट यस वर्षको उल्का वर्षा सक्रिय हुँदै

बिहीबार रातिबाट यस वर्षको उल्का वर्षा सक्रिय हुँदै

बिज्ञानप्रबिधी
४ वैशाख, काठमाडौं । बिहीबार रातिबाट उल्का वर्षा सक्रिय हुने भएको छ । उल्का वर्षा आजबाट सक्रिय भए पनि यसको उत्कर्ष रूप भने वैशाख ९ र १० गते देख्न सकिनेछ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बिहीबार रातिबाट उल्का वर्षा सक्रिय हुन लागेकाे जानकारी दिए । भट्टराईका अनुसार, याे यस वर्षको पहिलो उल्का वर्षा हाे । बिहीबार रातिबाट सुरु हुने वर्षको पहिलो उल्का वर्षा यही महिनाको १८ गतेसम्म सक्रिय रहनेछ । ९ र १० गते राति भने यसकाे उत्कर्ष रूप देख्न सकिने सोसाइटीको प्रक्षेपण छ । यसरी हुने उल्का वर्षा दृश्यावलोकन गर्ने गरिन्छ । सोसाइटीका अनुसार, दृश्यावलोकनका लागि भने ९ र १० गतेको राति ८ः३० बजेकाे समय उपयुक्त देखिएकाे छ । वैशाख १० पछि यस वर्षको पहिलो उल्का वर्षाकाे प्रभाव विस्तारै कम हुँदै जाने र १८ पछि यो पूर्णतः निष्क्रिय हुने सोसाइटीका अध्यक्ष भट्टराई बताउँछन् । के हो ...
सोसल मिडियाको लत छुटाउने फेसबुकको नयाँ फिचर

सोसल मिडियाको लत छुटाउने फेसबुकको नयाँ फिचर

बिज्ञानप्रबिधी
काठमाडौं । सोसल मिडिया प्लाटफर्म फेसबुक विश्वमा सर्वाधिक लोकप्रिय सोसल मिडिया हो । परिवार तथा मित्रजनसँग जोडिने सबैभन्दा सहज माध्यम बनिरहेको छ फेसबुक । तर सामाजिक सञ्जालमा आफूलाई जोड्ने र दुनियासँग साक्षात्कार गराउनका लागि प्रयोग हुने फेसबुक समयक्रम सँगै मानिसहरुको लतमा परिणत भएको छ । मानिसहरु अत्यधिक समय फेसबुकमा झुण्डिने समस्या बढिरहेको र यसले फेसबुक प्रयोगकर्ताहरुमा मानसिक तथा सामाजिक समस्या सिर्जना गरिरहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । प्रयोगकर्ताहरुमा बढिरहेको फेसबुकको यहीँ लतलाई छुटाउनका लागि फेसबुक स्वयंमले एक नयाँ फिचर सुरु गरेको छ । फेसबुकले आफ्नो एपमा एक नयाँ टूल थप गरेको छ । Quiet Mode नामक उक्त टूलले प्रयोगकर्तालाई फेसबुक प्रयोग कम गर्नका लागि मार्ग प्रसस्त गर्दछ । क्वाइट मोडका माध्मबाट प्रयोगकर्ताहरुले यो प्लाटफर्ममा बिताउने समय कम गर्न सक्नेछन् । फेसबुकले तत्काल...