क्यानडाविरुद्धको सिरिजमा नेपालको क्लीनस्वीप
लगातार तीन वटा खेल जित्दै नेपालले क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा क्लीनस्वीप गरेको छ । पहिलो खेलमा रोमाञ्चक ७ रन, दोस्रो खेलमा ४ विकेटको जीतपछि अन्तिम खेलमा ९ विकेटको शानदार जीतसहित नेपालले क्लीनस्वीप गरेको हो । अन्तिम खेलमा २३३ रनको लक्ष्य पछ्याउने क्रममा शानदार जीत दर्ता गर्दा अनिल साह र भीम सार्की दुवैले शतक प्रहार गरे । साहले १२४ बलमा ११२ रन बनाए । यस क्रममा उनले १२ चौका र १ छक्का प्रहार गरे ।
यस्तै, सार्कीले १२९ बलमा १०१ रन बनाए । यस क्रममा उनले ११ चौका र १ छक्का प्रहार गरे । दुवै खेलाडीले एकदिवसीय क्रिकेटमा पहिलोपटक शतक प्रहार गरेका हुन् । पहिलोपटक नेपाली खेलाडीले एक खेलमा दुई शतक हानेको कीर्तमानसमेत साह र सार्कीको नाममा रहन पुगेको छ ।दोस्रो खेलमा क्यानडाविरुद्ध १९ बलमै सबैभन्दा छिटो अर्धशतक हानेर साहले नेपाली खेलाडीको रेकर्ड ...








