सहिदहरुको सम्झनामा:भुपी शेरचन
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगएबन्दैन मुलुक दुई-चार सपूत मरेर नगए
ओठमा हाँसो, गालामा लाली तब आउँछ जगत्कोदेशको पीरले भेटी जब वीरले चढाउँछ रगतको
घाँटीमा फाँसीको माला गाँसी वीरले हाँस्तामातृभूमिको चरण ढोगी भाग्दछ दासताउम्रन्न बोट कसैले बीउ छरेर नगए
हामीले खाने प्रत्येक गाँसमा रगत छ शहीदकोहामीले फेर्ने प्रत्येक सासमा रगत छ शहीदकोहाम्रो मुटुको प्रत्येक चालमा छ धडकन शहीदकोहाम्रो खुशीको प्रत्येक पलमा छ जीवन शहीदकोपाउने थिएनौं खुशी तिन्ले छाडेर नगए
हामीले आफ्नो कर्तब्य बिर्से इतिहासले धिक्कार्लागोली निलेका शहीदका प्यारा ती लाशले धिक्कार्लाधरतीले मुख लाजले छोप्ला, आकाशले धिक्कार्लाशहीद रोलान् हामीले उन्न्ती गरेर नगएहुँदैन बिहान मिर्मिरेमा तर झरेर नगएबन्दैन मुलुका दुई-चार सपूत मरेर नगए...






