Wednesday, April 22"सञ्चार समाज को ऐना हो ।"
Shadow

कला/साहित्य

सहिदहरुको सम्झनामा:भुपी शेरचन

सहिदहरुको सम्झनामा:भुपी शेरचन

कला/साहित्य
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगएबन्दैन मुलुक दुई-चार सपूत मरेर नगए ओठमा हाँसो, गालामा लाली तब आउँछ जगत्‌कोदेशको पीरले भेटी जब वीरले चढाउँछ रगतको घाँटीमा फाँसीको माला गाँसी वीरले हाँस्तामातृभूमिको चरण ढोगी भाग्दछ दासताउम्रन्न बोट कसैले बीउ छरेर नगए हामीले खाने प्रत्येक गाँसमा रगत छ शहीदकोहामीले फेर्ने प्रत्येक सासमा रगत छ शहीदकोहाम्रो मुटुको प्रत्येक चालमा छ धडकन शहीदकोहाम्रो खुशीको प्रत्येक पलमा छ जीवन शहीदकोपाउने थिएनौं खुशी तिन्‌ले छाडेर नगए हामीले आफ्नो कर्तब्य बिर्से इतिहासले धिक्कार्लागोली निलेका शहीदका प्यारा ती लाशले धिक्कार्लाधरतीले मुख लाजले छोप्ला, आकाशले धिक्कार्लाशहीद रोलान् हामीले उन्न्ती गरेर नगएहुँदैन बिहान मिर्मिरेमा तर झरेर नगएबन्दैन मुलुका दुई-चार सपूत मरेर नगए...
लोकहित पक्षधर भानुभक्त

लोकहित पक्षधर भानुभक्त

कला/साहित्य
गण्डकी प्रदेशको चुँदीरम्घाको थुम्कोबाट उदाएको ध्रुवतारा नेपाली भाषा साहित्यका प्रथम विभूति भानुभक्तको सम्मान जे जति गरिनुपर्ने थियो, त्यो हुन सकिरहेको छैन । यद्यपि भानुभक्तका सरल, सरस र मधुमय नेपाली काव्यवाणीले चिरकालदेखि यस भू-खण्डकै मानव सभ्यता र संस्कृतिको क्षेत्रमा क्रियाशिल पाइन्छ । नेपाली जातीयताका प्रतीक भानुभक्त आचार्यको सम्झना र सम्मानका खातिर प्रसङ्ग उठाउँदा नेपाली मूलका भारतवासीहरूले सहजै रूपमा चुँदीरम्घाको ऋणभार नेपाली भाषा र साहित्यको विकासमा संस्थागत रूपमा सेवा गरेर होस् चाहे भानुभक्तको प्रतिमा निर्माण र उनको नाउँमा पुरस्कार स्थापना गरेर होस् तिरिरहेको देखिन्छ । भानु जन्मजयन्तीका अवसरमा प्रान्तीयस्तरमा र्सार्वजनिक बिदा दिएर होस् वा नेपाली भाषालाई भारतीय विधानमा संवैधानिक मान्यता प्रदान गरेर होस् जहाँ मर्ूधन्य व्यक्तित्व आदिकव्रि्रति सम्मानका श्रद्धासुमन अर्पण गरिरहेका छन् ...

काठमाण्डौं यात्रामा मेरा – रंगीन बास र छुटेको बस (परिहास)

कला/साहित्य
बस आफ्नै गतिमा दगुरीरहेको थियो । मेरो छुटेको अर्को बसको भेटाउने आशा - डाँडा माथी बाट घाम अस्ताई सकेको थियो । खलाँसी तत्काल चढेका यात्रीहरुलाई भाडा उठाउँदै मेरो सिट सम्म आईपुग्यो । मैल पहिले नै पटक पटक केहि छिन पछि दिन्छु भनि पठाएको थिएँ । त्यसैले मैले त्यो भन्दा धेरै, हरेक बहानामा छल्ने प्रयास गरिन । म बसको सबै भन्दा पछाडी अन्तिम सिटको देब्रे झ्यालमा लुस्रुक्क बसिरहेको थिएँ । अलिकति आफु आफै भित्र कता कता हिनताबोधले ढिपी कसिरहेको थियो म मा । "भाई ! भाडा दिनुस् ।" झ्यालको पर्दा काँधमाथी पन्छाएर, झ्याल बाहिरका दृष्य संग मोहकता मा हर्राईरहेको बहाना बनाइरहेको थिएँ मैले, ता कि उसले मेरो एकाग्रता भंग नगरोस् । "ए ! पख्नुस् है ।" उसको आवाजले मेरो एकाग्रता भंग भएको नाटक गर्दै मेरो झोलाको र्साईड पकेट खोलें र सोधें । "दाई ! बिर्तामोडबाट आएको काठमाण्डौं को हिमाल फस्ट गाडी भेटाउँछ कि भेटाउँद...
गजल

गजल

कला/साहित्य
भरोसा तिमीलाई यो बिश्वास तिमीलाई  यो श्वास तिमीलाई यो प्रस्वास तिमीलाई कसरी संभालौं म आफैंले आफुलाई नदेख्दा नजरको आसपास तिमीलाई जुनको उज्यालो झैं छ मुहार तिम्रो सुन्दर जीवनको मधुमास तिमीलाई छोडी सबैथोक समायौ हात मेरो म भन्छु हरपल स्याबास तिमीलाई तिम्रो साथ पाउँदा खुसीमा रमाउँछु जिन्दगीको खास मिठास तिमीलाई एन. पी. खतिवडा ...
##गजल##

##गजल##

कला/साहित्य
न जिउन सके म न त मर्न सके म जिन्दगिलाई आनन्दले न त भर्न सके मटुटें फुटें फुटें टुटें म त टुक्रा टुक्रा भएर टुक्रिएको हृदयले न त केही गर्न सके ममडारिएँ बादल सरि म त छरपस्ट भएर शितल शितल वर्षा बनी न त झर्न सके मलडें उठें उठें लडें चाल्न खोज्दै पाइलाहरु जहाँ थिए त्यहीँ रहे न त कतै सर्न सके महाय! म त कस्तो दुखी मानिस भएछु दु:खको यो भवसागर न त तर्न सके मरोई रोई काटें जीवन म त लाचार बनेर मीठो मीठो मुस्कान न त कतै छर्न सके म                 लेखक: एन.पि. खतिवडा...
खाेकु छिन्ताङ दुख्याे कि…रचनाकार काेराेना भाइरसले संक्रमित

खाेकु छिन्ताङ दुख्याे कि…रचनाकार काेराेना भाइरसले संक्रमित

कला/साहित्य, समाचार
रचना : गणेश इजमसंगीत : शिव सुब्बास्वर : किशाेर थुलुङखाेकु छिन्ताङ दुख्याे कि अरुण सुसाउदामन सबकाे रुन्छ कि दु:ख बिसाउदा । अन्धकारमा बन्दुकहरू पड्किएकाे बेलाछातीभरि संगीनहरू गाडिएका बेलाधनकुटाकाे छाती दुख्याे चाल पायाैं किअन्यायकाे विराेध गर्ने कसम खायाैं कि ।खाेकु छिन्ताङ दुख्याे कि... बसन्तका पालुवामा सहिदहरू फुल्छन्सल्लेरीकाे सुसाइमा हावा भई डुल्छनधनकुटाले अाफ्नाे घाउ सम्झी राख्नु पर्छनसाभित्र ताताे रगत बहाई राख्नु पर्छ ।खाेकु छिन्ताङ दुख्याे कि... खाेकु छिन्ताङ दुख्याे कि…रचनाकार गणेश इजम  काेराेना भाइरसले संक्रमितकाेराेना भाइरसले संक्रमित भई बेलायत Ashford Kent काे William Harvey Hospital काे अ।इसियुमा उपचाररत हुनुहुन्छ।...
प्रेरणाको एक अनुपम शिखर: झमक/ जगदीश घिमिरे

प्रेरणाको एक अनुपम शिखर: झमक/ जगदीश घिमिरे

कला/साहित्य
झमक घिमिरेको हालै प्रकाशमा आएको पुस्तक ‘जीवन काँडा कि फूल’ प्रेरक–साहित्यको एक अनुपम शिखर हो । जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने तर सुत्र र बुझ्न चाहीँ सक्ने झमकले यसमा आफ्नो जीवनको अत्यन्त मर्मस्पर्शी अनुभव लेखेकी छिन् । झमकको निष्कर्ष छ जीवन काँढा होइन फूल हो । यो पुस्तक प्रत्येक सबलांगका लागि हाँक हो भने प्रत्येक अशक्त र सशक्त समेतका लागि प्रेरणा–स्रोत हो । झमकको यो कृति नेपाली प्रेरक–सहित्यको मात्रै शिखर होइन, मैले हालसाल पढेका अमेरिकी प्रेरक–साहित्यका करिब एक दशक यताका बहुचर्चित ‘बेस्टसेलर’ हरू –– मिच एल्बमको ‘ट्यूजडेज विथ मौरी’ र र्यान्डी पौश र जेफरी ज्यास्लोको ‘दि लास्ट लेक्चर’ भन्दा पनि उचस्तरीय छ । ‘ट्यूजडेज विथ मौरी’ अमेरिकाको एक प्रोफेसर मौरी श्वात्र्ज प्राणघातक स्नायुरोगले मर्न लागेको बेलाको कथा हो । मरणासत्र बूढो गुरू र जवान पत्रकार चेलाका...
योग्यता

योग्यता

कला/साहित्य
यो कथा होइन, दन्तेकथा हो, एकादेशको कुरा । मैले साथीबाट सुनें, साथीले उसको साथीबाट सुन्यो रे, उसले पनि उसको साथीबाट । सुन्ने सुनाउने क्रम अनन्त छ, तर कथाको अन्त्य यस्तो छ - एकजना अन्यन्त योग्य हाकिम हुन्छन् । उनको ईमान्दारीले देशका ठूलादेखि साना, वरिष्ठदेखि गरिष्ट सबै तहका नेताहरू रिझिएका छन् । उनको कार्य-कुशलता र कार्य-क्षमताले गर्दा उनीभन्दा माथि, मुनि, बराबरी-सबै स्तरका जागिरदारहरू, सहकर्मीहरू, सहधर्मीहरू प्रसन्न छन् । उनीसँग काम पर्ने सबै जनता उनको गुण मान्दछन्, प्रशंसा गर्दछन्, भन्दछन् - हाकिम हुन यस्तो पो हुनु । बिझाएको कसैलाई छैन । पिर मर्का पारको कसैलाई छैन । सबैलाई रिझाउन सक्ने, जे जस्तो अप्ठयारो काम आइपरे पनि मेलो मिलाएर गर्न जान्ने । साँच्चै नै उनमा योग्य नेताको नेतृत्व दिन सक्ने क्षमता, योग्य प्रशासकको निर्णय दिन सक्ने दक्षता, योग्य व्यवसायीको वातावरणको सूक्ष्म वि...
एउटा सांस्कृतिक क्रान्ति चाहिएको छ / सत्यमोहन जोशी

एउटा सांस्कृतिक क्रान्ति चाहिएको छ / सत्यमोहन जोशी

कला/साहित्य
प्रतीक र विम्ब शाब्दिक रूपमा दुई अलग शब्द हुन् । रूपमा मात्र नभई अर्थमा पनि यी अलग छन् । समान गुणका आधारमा कुनै दृश्य वा अदृश्य अन्य कुनै वस्तु/भावको कल्पना गरी प्रतिविम्बका रूपमा प्रस्तुत गरिएका आकार-प्रकार, वस्तु, चिन्ह आदिलाई प्रतीक भन्ने चलन छ । त्यसकारण प्रतीक कुनै भाव, वस्तु, चिन्हको उही वा उस्तै रूप हुनुपर्छ भन्ने हुँदैन । सरल रूपमा बुझ्न र बुझाउन भगिरथका अनुरोधलाई महादेवले आफ्नो जटामा अल्झिनेगरी स्वर्गङ्गा थापिदिए । हेर्दा स्वैरकल्पना जस्तो देखिने यस आख्यान आफैं बर्चस्व राख्छ । समुद्र मन्थनबाट निस्केको विष ग्रहणले दग्ध भएर शिव हिमालमा आश्रति रहे । हिमाललाई शिवको जटा मानिए । जत्रो ठूलो फोहरा वषर्ा वर्षे 'नि हिमालमा पानी जम्छ । स्वर्गङ्गा महादेवको जटामा मजाले जम्ने नै भयो । यसमा विवादै रहन्न । यो विज्ञानसम्मत शाश्वत सत्य । हिमाल महादेवको प्रतीक जटाको । स्वर्गङ्गालाई महादेवले आफ्नो...
एब्स्ट्रयाक्ट चिन्तनः प्याज/शङ्कर लामिछाने

एब्स्ट्रयाक्ट चिन्तनः प्याज/शङ्कर लामिछाने

कला/साहित्य
हिजो साँझ बाङ्देलजीलाई नयाँ सडकमा भेटेँ । भन्नुहुन्थ्यो- "शङ्करजी, तपाईँको लेख, त्यो लेख, 'शङ्कर लामिछाने शङ्कर लामिछानेको दृष्टिमा' पढेँ ।'' "कस्तो लाग्यो ?''" मजाको छ । अलि रियलिस्ट छ, अब एउटा एब्स्ट्रयाक्ट शैली प्रयोग गर्नुस् न ।''"एब्स्ट्रयाक्ट पेन्ट गर्ने त तपाईँको काम ! म कहाँ पेन्टिङतिर जाऊँ अब ।''" होइन, पेन-पिक्चरमा एब्स्ट्रयाक्ट शैली प्रयोग गर्नुस् न ।'' म हाँसिरहेँ । (हाँस्न जान्नु पनि ठूलो कला हो ! मानिसको उमेरमा विकास हुनासाथै उसको हाँसोको कलामा अनेक रङ चढ्न थाल्छन् ।) हाँसेर मैले बाङ्देलजीलाई बिदा दिएँ, र कुरालाई पन्छाएँ पनि । 'व्यथित'जीको हातमा 'हिमानी' को कभर डिजाइन थियो । देख्‍नासाथ बुझिन्थ्यो बाङ्देलको बुरुस हो । त्यसरी नै जसरी 'हिमानी' नाम सुन्नासाथ 'व्यथित' को कलमको सम्झना आउँछ । भन्नुहुन्थ्यो- ''तपाइँजस्तो कलम चल्ने मान्छे, एउटा कथा एक-दुई दिनमा लेखेर दिनुस् न...