Sunday, January 29"सञ्चार समाज को ऐना हो ।"
Shadow

विशेष

नेपाली ह्याकरले गरे ७ करोड भारतीय आधार कार्ड विवरण ह्याक !

नेपाली ह्याकरले गरे ७ करोड भारतीय आधार कार्ड विवरण ह्याक !

विशेष, समाचार
नेपाली ह्याकरहरूको समूहले भारतीय आधार कार्डको विवरण ह्याक गरेका छन् । नेपालले लिम्पियाधुरा-लिपुलेक-कालापानीसमेतको नक्सा जारी गरेपछि केही भारतीय ह्याकरले केही नेपाली सरकारी साइटहरू ह्याक गरेसँगै नेपाली ह्याकरहरूले प्रतिकारमा आधार कार्ड विवरण नै ह्याक गरिदिएका हुन् । नेपाली ह्याकरहरूको समूहले आफूले ७ करोड आधार कार्डको विवरण ह्याक गरेको दाबी गरेको छ । उनीहरूले सार्वजनिक गरेको ‘स्याम्पल फाइल’ मा भने २१४५ जनाको आधार कार्ड विवरण छ । ‘यो खेल उनीहरूले सुरु गरेका हुन्, यसको सानो जवाफमात्रै हामीले दिएका हौं,’ ह्याकिङ समूहका एक सदस्यले भने, ‘हामी अरु फायलमा पनि एक्सेस गदैछौं ।’ आधार कार्ड भनेको भारतको एकीकृत राष्ट्रिय परिचय पत्र हो । यसलाई भारतीय विशिष्ट पहिचान पत्र भनिन्छ । भारतमा बस्ने मानिसहरूलाई यो परिचय पत्रमा ‘यूनिक आइडेन्टिफिकेसन नम्बर (यूआईडी) प्रदान गरिएको हुन्छ, जसमा उसको पूरै व्यक्त...

यी २० कारण देखाउँदै विज्ञ भन्छन् : नेपालमा कोरोनालाई जित्न इम्युनिटी पावर बढी छ

विशेष
१. नेपालमा घरभित्रभन्दा घरबाहिर बस्ने, खेल्ने प्रचलन धेरै छ । नेपालीहरु मौसम अनुसारको जाडो, गर्मी तथा बर्षासंग साक्षात्कार भएका हुन्छन् । घरलाई हिटिंग र कुलिंग गर्ने प्रचलन छैन । जाडोमा काम्दै हिंड्ने, गर्मीमा पसिना बगाउँदै हिंड्ने तथा बर्षामा भिज्दै हिंड्ने, हुरी चल्दा पनि हुरीसंगै हिंड्ने, धुलो/ धुँवालाई सहेर पचाउने लगायतको बानी छ ।२. बिदेशमा घाँस पलाउने बेलामा, फूल फुल्ने मौसममा तथा पानी पर्ने समयमा अधिकांश मान्छेलाई घाँस, फूल, मौसम आदिको एलर्जी हुन्छ । तर नेपालीलाई प्राय हुँदैन । हामीले ती एलर्जी पचाएका हुन्छौं ।३. मौसमी रुघाखोकी, भाइरल इन्फ्लुएन्जा लगायतले विश्वका बार्षिक ४ लाख ५० हजार देखि ६ लाख व्यक्तिको मृत्यु हुन्छ । नेपालमा रुघाखोकीले खासै मृत्यु हुँदैन ।४. रुघाखोकी लागेको बेला हामीहरुले आराम गर्ने चलन छैन न त उपचार गर्ने । हामीले घरेलु उपचारको रुपमा ज्वानो, बेसार, अदुवा, मरिच, ...
२००४ सालको महामारीः मलामी जाँदा पनि मरिन्छ कि भन्ने डर लाग्थ्यो !

२००४ सालको महामारीः मलामी जाँदा पनि मरिन्छ कि भन्ने डर लाग्थ्यो !

विशेष
मेरो जन्म १९८२ सालमा रुपन्देहीको हालको गैडहवा गाउँपालिका–३ मा भएको हो। मेरो गाउँबाट बुटवल ६० किलोमिटर र भैरहवा ४० किलोमिटर टाढा छ। उति वेला साधन भनेको गोरुगाडा मात्र थियो। एउटा गाउँमा के भएको छ, अर्को गाउँका मानिसले थाहा पाउन गाह्रो थियो। बुटवल र भैरहवाबारे नै मैले धेरै पछाडि मात्र थाहा पाएको हुँ। मेरो भाग्य नै भन्नुपर्छ, नेपालका विभिन्न शासन व्यवस्था र सामाजिक परिवर्तन देख्ने र भोग्ने मौका पाएँ। राणा शासन भोगें, २००७ सालको प्रजातन्त्र, पञ्चायती व्यवस्था, २०४६ सालको राजनीतिक परिवर्तन हेर्दै अहिलेको गणतान्त्रिक व्यवस्थाको साक्षी बनिरहेको छु। अहिले महामारी आयो भन्छन्, मानिसहरु। सबैतिर त्रास छाएको छ। बाहिर पढ्न गएका मेरा नातिहरू पनि घर फर्केका छन्। मैले यस्ता महामारी र त्रासका धेरै अनुभव भोगेको छु। महामारीकै कारण मैले परिवारका सदस्यहरू गुमाएको छु। १९९० सालतिर पनि हाम्रो गाउँमा महामा...
ताकाशी मियाहाराः जसको हृदयमा नेपाल थियो

ताकाशी मियाहाराः जसको हृदयमा नेपाल थियो

विशेष
जीवनकालमै नेपालको गलत राजनीतिक संस्कार परिवर्तन गर्ने ताकाशी मियाहाराको प्रयास अधुरै रह्यो तर उनले सबैलाई नयाँ नेपालको भविष्य निर्माणमा उत्प्रेरित गरिरहे । भविष्यका लागि पूर्वाधार विकासको खाका देखाउँदै नेपालको नक्शा अगाडि उभिएका ताकाशी मियाहारा । उनको संस्मरण समेटिएको पुस्तक जापानी भाषामा प्रकाशित भएको छ र यो नेपाली र अंग्रेजी भाषामा पनि अनुवाद भइरहेको छ ।  फोटोः कर्म गुरुङ जापानी मूलका नेपाली ताकाशी मियाहाराको गत २४ नोभेम्बरमा ८५ वर्षको उमेरमा निधन भयो । पहिलो पटक सन् १९६२ मा नेपाल आएका मियाहाराले नेपालमा प्रशस्तै संभावना देखे । होटल, ट्रेकिङलगायतका क्षेत्रहरूमा लगानी गरे । नेपाली महिलासँग विवाह गरे, नेपाली नागरिक बने। नेपालका राजनीतिक नेतृत्वले देश बर्बाद गरिरहेको लागेपछि मियाहाराले सन् २००८ मा नेपाल राष्ट्रिय विकास पार्टी स्थापना गर्दै चुनाव पनि लडे । चुनावमा पराजय भोग...
दैनिक पत्रिकाका समाचारमा नाम नखुलेको स्रोतको प्रयोग कत्तिको भइरहेको छ ?

दैनिक पत्रिकाका समाचारमा नाम नखुलेको स्रोतको प्रयोग कत्तिको भइरहेको छ ?

विशेष, समाचार
साउथ एशिया चेकको लेखाजोख काठमाडौंबाट प्रकाशित हुने प्रमुख ६ पत्रिकाको पहिलो पृष्ठमा तीन महीनामा ७९० स्थानमा नाम उल्लेख नगरिएका स्रोतको प्रयोग गरिएको थियो। स्रोत र सम्वाददाताको सुरक्षाका लागि स्रोतको नाम/परिचय नखुलाउने चलन पत्रकारितामा छ। तर, प्रकाशित कतिपय समाचारमा आवश्यक नभएको ठाँउमा पनि स्रोतलाई गोप्य राखिएको छ। काठमाडौं। सन् २०२० को जनवरी १ देखि मार्च ३१ सम्म काठमाडौंबाट प्रकाशित हुने छ वटा दैनिक पत्रिका मध्ये नाम नखुलेको स्रोतलाई उद्धृत गरेर प्रथम पृष्ठमा समाचार छाप्ने मामलामा नागरिक सबैभन्दा अगाडि रह्यो। उसले १७७ ठाउँमा त्यस्ता स्रोत उद्धृत गरेको थियो। साउथ एसिया चेकले कान्तिपुर, अन्नपूर्ण पोस्ट्, नागरिक, रिपब्लिका, द काठमाण्डु पोस्ट् र द हिमालयन टाइम्सका पहिलो पेजमा प्रकाशित समाचारको अध्ययन गर्ने गरेको छ। नागरिकपछि नाम नखुलेको स्रोत बढी उद्धृत गरेर समाच...