Wednesday, October 23"सञ्चार समाज को ऐना हो ।"
Shadow

राजनीति

देवी ज्ञवाली भूमि समस्या समाधान आयोगकाे अध्यक्ष नियुक्त

देवी ज्ञवाली भूमि समस्या समाधान आयोगकाे अध्यक्ष नियुक्त

राजनीति
सरकारले भूमि समस्या समाधान आयोगको अध्यक्षमा देवी ज्ञवालीलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले आयोगको अध्यक्षमा नेकपा केन्द्रीय सदस्य देवी ज्ञवालीलाई नियुक्त गरेको हो। संविधानले कसैलाई पनि बसोबासको अधिकारबाट बञ्चित नगर्ने भनेकाले आफ्नो पहिलो ध्यान त्यसतर्फ जाने ज्ञवालीले सेतोपाटीलाई बताए। ‘संविधानले मौलिक हकको रुपमा पीडित समुदायका मान्छेलाई बसोबासको व्यवस्था गर्ने भनेको छ, त्यो दायित्व अब आयोगलाई आएको छ’ ज्ञवालीले भने, ‘७० वर्षदेखि भूमिहीनको समस्या टुंगिन सकेको छैन। यो कहिल्यै नटुंगिने समस्या जस्तो बनेको छ। यसलाई विभिन्न तरिकाबाट टुंगो लगाउनुपर्छ।’ पूर्वदेखि पश्चिमसम्म रहेका अव्यवस्थित बसोबासको समस्यालाई पनि आयोगमार्फत मिलाउनपर्ने र यो भन्दा अगाडि बनेका आयोगहरुले अध्ययन गरेका कामलाई समेत हेर्नुपर्ने उनले बताए। ज्ञवाली नेतृत्वको समितिलाई भूमिहीन सुकुम्बासी तथा अव...
लकडाउन थप ७ देखि १० दिन लम्ब्याउने तयारी

लकडाउन थप ७ देखि १० दिन लम्ब्याउने तयारी

Breaking News, राजनीति
कोरोना भाइरस रोकथामका लागि सरकारले वैशाख ३ गतेपछि पनि लकडाउन थप्ने तयारी गरेको छ। कति दिन थप्ने भनेर मंगलबार बस्ने मन्त्रिपरिषद बैठकमा छलफल हुने एक मन्त्रीले जानकारी दिए। ‘कम्तिमा ७ देखि १० दिन थप हुनसक्छ,’ उनले सेतोपाटीसँग भने, 'पछिल्लो अवस्था हेर्दा लकडाउन अझै कडाइ गर्नुपर्ने देखिन्छ। मंगलबार ११ बजे बस्ने मन्त्रिपरिषद बैठकले यसबारे निर्णय गर्न सक्छ।’ यसअघि गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा अझै केही साता कष्टपूर्ण हुन सक्ने बताएका थिए। उनले कम्तिमा वैशाख दोश्रो सातासम्म लकडाउन हुन सक्ने संकेत दिएका थिए।...