Wednesday, October 23"सञ्चार समाज को ऐना हो ।"
Shadow

दृष्टिकोण

२१ वर्ष पहिलेको रिपोर्ट : कालापानीमा किन र कसरी भारतले सीमा मिचेको छ?

२१ वर्ष पहिलेको रिपोर्ट : कालापानीमा किन र कसरी भारतले सीमा मिचेको छ?

Breaking News, दृष्टिकोण
दार्चुला: दार्चुला जिल्लाको ब्यास गाउँ विकास समितिका वडा नं. १ मा पर्ने कालापानी क्षेत्रमा भारतले जवर्जस्ती आफ्नो सैनिक क्याम्प राखिरहेको छ। यसप्रति जनस्तरबाट जति विरोध भएको छ, त्यसका विपरीत सरकारले चाहिँ त्यसलाई अनावश्यक भण्झट ठानेको देखिन्छ। एउटा सार्वभौमसत्तासम्पन्न स्वतन्त्र देशको भूमिमा विदेशी सेना रहँदा पनि त्यसलाई हटाउन सरकारी तवरबाट पर्याप्त प्रयास भएको पाइँदैन। यहाँसम्म कि त्यहाँ भारतीय सेना बसेको जानकारी सरकारले कहिले पायो र नेपालको उत्तरी भेकमा रहेका १४ वटा भारतीय सैनिक चौकीहरुलाई २०२६ सालमा हटाउँदा पनि कालापानीस्थित क्याम्पलाई किन हटाइएन भन्ने बारे पनि सम्बन्धित निकायहरुले स्पष्ट चित्तबुझ्दो जवाफ दिन सक्दैनन्। कालापानी अतिक्रमणको चुरो भनेको महाकाली (चलनचल्तीको भाषामा काली) नदीको उद्गमस्थलसम्बन्धी विवाद हो। भारतले ‘तुल्सी न्यूराङ’ अर्थात कृत्रिम कालापानीमा कालीको कृत्...
त्रिविमा अनलाइन शिक्षा : चुनौती र सम्भावना

त्रिविमा अनलाइन शिक्षा : चुनौती र सम्भावना

दृष्टिकोण
कोभिड –१९ ले ल्याएको अनिश्चितकालीन बन्दाबन्दी र भौतिक दूरी कायम गर्नुपर्ने सन्दर्भमा समाज र यसका हरेक अवयवहरू अहिले अन्यौलताको क्रसरोडमा उभिएका छन् ।यसै सन्दर्भमा उच्च शिक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने त्रिभुवन विश्वविद्यालयमा अनलाइन शिक्षा र शिक्षणको सूचनासँगै केही दिन अघिदेखि यसका पक्ष र विपक्षमा बहस, टीकाटिप्पणी र चर्चा परिचर्चाहरू भएका देखिन्छन् । कसैले अनलाइन शिक्षण प्रविधिलाई महामारीसँगै आएको बाध्यताको अवसर भनेका छन् भने, केहीले क्षणिक रहर मात्रै हो भनेका छन् । यसमा ब्यापक बहस गरी बुद्धिमत्तापूर्वक अगाडि बढनु पर्ने देखिन्छ ।शिक्षा भन्नाले शिक्षकले भन्ने, विद्यार्थीले सुन्ने र घोकेर परीक्षामा लेख्ने विषय पक्कै होइन । यसको ठीक विपरीत बरू शिक्षा भनेको सिकारूको रूचि तथा आवश्यकता अनुसारको विषय तथा क्षेत्रमा विज्ञता हासिल गरी व्यक्तिको समष्टिगत व्यक्तित्व विकास गर्ने हो । यस सन्दर्भ...
जुद्धशमशेरको चातुर्य

जुद्धशमशेरको चातुर्य

दृष्टिकोण
राणाहरूलाई ‘प्रभु’ वा ‘सरकार’ सम्बोधन गर्नुपर्ने वेग्लै अदब भएको समयमा जुद्धशमशेरलाई ‘तपाईं’ भन्न गएका तुलसी मेहर एकशब्द बोल्नै नपाई फर्किनुपरेछ। भैरव रिसाल शासन गर्न कतिसम्म बठ्याइँ गर्नुपर्दो हो ! यसबारे शासकहरूका विभिन्न तौरतरिका र जुक्ति हेर्दा\केलाउँदा पत्तो पाइन्छ । संभवतः तिनै बठ्याइँले शासकको कार्यकाल लम्ब्याउँछ पनि । श्री ३ जुद्धशमशेर जबराको चलाखीपनले त्यही पुष्टि गर्छ । जुद्धले १९८९ भदौदेखि २००२ मंसीरसम्म १३ वर्ष ३ महीना श्री ३ महाराजका रूपमा शासन गरे । त्यसपछि भने प्रधानमन्त्री र सर्वोच्च सेनापति पद त्यागेर भतिज पद्मशमशेरलाई श्री ३ बनाए । आफू चाहिं स्वामी महाराज बनेर केही समय पाल्पाको रिडीमा बसे, पछि भारतको देहरादून गएर बस्न थाले । जुद्धको शासनकालकै कुरा हो, एक साल समयमा पानी नपरेर तराईमा खडेरी लाग्दा मालपोत उठेनछ । तिर्न सक्ने भारद...
विश्‍व बैंक भन्छ- दक्षिण एशियामा ४० वर्षयताकै खराब आर्थिक वृद्धि

विश्‍व बैंक भन्छ- दक्षिण एशियामा ४० वर्षयताकै खराब आर्थिक वृद्धि

दृष्टिकोण
‘दक्षिण एशियाको पर्यटन व्यवसाय मन्दीमा गएको छ, आपूर्ति शृंखला अवरुद्ध छ, तयारी पोशाकको मागमा तीव्र गिरावट आएको छ अनि लगानीकर्ताहरूको मनस्थिति बिग्रेको छ ।’ वासिङ्टन । विश्‍व बैंकले यस वर्ष दक्षिण एशियामा ४० वर्षयताकै खराब आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ । विश्‍वको उदाउँदो अर्थतन्त्र मानिएको दक्षिण एशियामा यसपटक कोरोना भाइरस संक्रमण (कोभिड-१९)को गम्भीर नकारात्मक पार्ने प्रक्षेपण विश्‍व बैंकको छ । भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानलगायत मुलुकमा हालसम्म कोभिड-१९ का न्यून केस मात्र देखिए पनि निकट भविष्यमै यस महामारीको केन्द्र बन्‍ने जोखिममा रहेको विज्ञहरूले बताउँदै आएका छन् । एक अर्ब ८० करोडभन्दा बढी मानिसको बसोबास रहेको दक्षिण एशियामा केही यस्ता शहर पनि छन्, जसमा विश्‍वमै सर्वाधिक जनघनत्व छ । ‘दक्षिण एसियामा यसको प्रभाव देखिन थालिसकेको छ,’ विश्‍व बैंकको रिपोर...