Saturday, October 24"सञ्चार समाज को ऐना हो ।"
Shadow

खेलकुद

युनाइटेड बराबरीमा, टोटनहाम पराजित

युनाइटेड बराबरीमा, टोटनहाम पराजित

खेलकुद
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड इभरटर्नसँग बराबरी खेलेको छ । युनाइटेड विरुद्ध इभरटर्नले खेलको तेस्रो मिनेटमै गोल अग्रता लिएको थियो । डोमिनिक कलभर्ट लेविनले तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । तर, युनाइटेडका ब्रुनो फेर्नान्डोजले गोल गर्दै बराबरी गरेका थिए । यसपछि दुवै टीमबाट गोल हुन नसक्दा अंक बाँडिएको छ । अर्को खेलमा वल्भसँग टोटन हाम पराजित भएको छ । प्रतिश्पर्धात्मक देखिएको खेलमा टोटनहाम २–३ ले पराजित भएको हो । खेलको १३औं मिनेटमै स्टेभेनले गोल गर्दै टोटनहामलाई अग्रता दिलाएका थिए । तर, २७औं मिनेटमा मेट्टा डोहेर्टीले गोल गर्दै बराबरी गरे । ४५औं मिनेटमा सर्जियोको गोलमा टोटनहामले दुई–एकको अग्रता बनायो । तर, दोस्रो हाफमा लगातार दुई गोल गर्दै वल्भसले जित निकाल्यो । ...
गोरखाको धार्चेमा राष्ट्रिय क्यानोनिङ रन्देभू (महोत्सव) हुने

गोरखाको धार्चेमा राष्ट्रिय क्यानोनिङ रन्देभू (महोत्सव) हुने

खेलकुद
नेपाल क्यानोनिङ एशोसिएसनले यही १७ मार्चदेखि २१ सम्म ५ दिने महोत्सव गर्ने भएको छ । एसोसिएसनले एक प्रेस विज्ञप्ति जारी गर्दै महोत्सवमा चार दिने इन्ट्री लेभल क्यानोनिङ गाइड तालिमपछि २० र २१ मार्चमा गोरखा जिल्लाको धार्चे गाउँपालिका–७ को न्याउली झरना (छाँगा) मा क्यानोनिङ गर्ने जनाएको छ। रन्देभूमा ३०० भन्दा बढी सहभागीहरू हुने महोत्सवमा १० स्थानीय युवालाई इन्ट्री लेभल क्यानोनिङ गाइड तालिम दिने योजना छ । एशोसिएसनले वार्षिक कार्यक्रम अनुसार पर्वतीय साहसिक पर्यटनको विकास र प्रवद्र्धनमा विभिन्न कार्यक्रम गर्दै आएको छ । एसियामा नै पहिलो पटक नेपाल क्यानोनिङ एशोसिएसनले सन् २०११ मा अन्तर्राष्ट्रिय क्यानोनिङ रन्देभू (महोत्सव) को आयोजना गरेर विश्वका साहसिक पर्यटकलाई नेपालतर्फ आकर्षित गर्न सफल भएको नेपाल क्यानोनिङ एशोसिएसनको विज्ञप्तिमा उल्लेख छ । एशोसिएसनले सन् २०१३ बाट प्रत्येक वर्ष महोत्सव गरिर...
टोटनहाम र भ्यालेन्सिया च्याम्पियन्स लिगबाट बाहिरियो

टोटनहाम र भ्यालेन्सिया च्याम्पियन्स लिगबाट बाहिरियो

खेलकुद
यूरोपियन च्याम्पियन्स लिगको प्रिक्वाटर फाइनलबाटै टोटनहाम र भ्यालेन्सिया बाहिरिएको छ । बुधबार राति सकिएको खेलमा लेइपजिङसँग पराजित हुँदै टोटनहाम बाहिरिएको हो । पहिलो लेगमा १–० ले पराजित भएको टोटनहाम दोस्रो लेगमा ३–० ले पराजित भयो । घरेलु मैदानमा टोटनहाम विरुद्ध लेइपजिङले सहज जित निकाल्यो । लेइपजिङले दशौं मिनेटमै गोल गर्दै अग्रता बनाएको थियो । दशौं मिनेटमै गोल गरेका मार्केल साविटजरले २१औं मिनेटमा अग्रता दोब्बर बनाए । पहिलो हाफमा २–० ले पछाडि परेको टोटनहामले सान्त्वना गोल समेत फर्काउन सकेन । दोस्रो हाफको ८७औं मिनेटमा फेरि लेइपजिङका इमिल फोर्सबर्गले गोल गर्दै क्वाटर फाइनल यात्रा सहज बनाए । अर्को खेलमा अटलान्टा भ्यालेन्सिया विरुद्ध जित निकाल्दै क्वाटर फाइनल यात्रा प्रवेश गरेको छ । दोस्रो लेगमा एटलान्टाका जोसिपले ह्याट्रिक सहित चार गोल गरेपछि भ्यालेन्सिया प्रिक्वाटर फाइनलबाटै बाहिरिए...
आहा–रारा गोल्डकपको उपाधि मनाङ–मर्स्यांदीलाई

आहा–रारा गोल्डकपको उपाधि मनाङ–मर्स्यांदीलाई

खेलकुद
आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको १८औं संस्करणको उपाधि मनाङ–मर्स्यांदी क्लबले जितेको छ। पोखरा रंगशालामा शनिबार भएको फाइनलमा खेलमा नेपाल पुलिस क्लबलाई ४–३ ले पराजित गर्दै मनाङले छैटौं पटक उपाधि जितेको हो। निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि थपिएको अतिरिक्त ३० मिनेटको समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो। मनाङले उपाधिसहित १० लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको पुलिसले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्‍यो। ...
जापानका प्रधानमन्त्री सिञ्जो आवेले भने ‘ओलम्पिक स्थगित हुन सक्छ’

जापानका प्रधानमन्त्री सिञ्जो आवेले भने ‘ओलम्पिक स्थगित हुन सक्छ’

खेलकुद
जापानका प्रधानमन्त्री सिञ्जो आवेले कोरोना माहामारीका कारणले टोकियो ओलम्पिक स्थगन हुन सक्ने बताएका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमाथि बढ्दै गएको दबाबपछि उनले १० चैतमा कोभिड १९ को जोखिम विचार गरी ओलम्पिक स्थगित गर्ने निर्णय हुन सक्ने बताएका हुन् । उनले आइओसीमा बाँकी अरु थुप्रै देशका खेल संघ र खेलाडीहरूले दबाब दिइरहेको पनि बताएका छन् । जापानका प्रधानमन्त्री सिञ्जो आवेले सर्न सक्ने भनेर बोलेपछि टोकियो ओलम्पिक पूर्व निर्धारित समयमा सुरु नहुने निश्चित भएको छ । क्यानडाले कुनै पनि खेलका लागि आफ्ना खेलाडी नपठाउने बताइसकेको छ । आओसी, जापान सरकार, विश्व खेल पदाधिकारीहरु, प्रशारक र प्रायोजकहरुसँग वार्ता गरेपछि यससम्बन्धी निर्णय गरिने भएको छ । आइओसी अध्यक्ष थोमस बकले खेलाडीहरुलाई पत्राचार गरी यो निर्णय लिन यति धेरै समय लाग्नुको कारण उल्लेख गरेका छन् । उनले पत्रमा लेखेका छन्, यो अभूतपू...
फिफा बरियतामा नेपाल महिला टीम दुई स्थान तल ओर्लियो

फिफा बरियतामा नेपाल महिला टीम दुई स्थान तल ओर्लियो

खेलकुद
फिफा बरियतामा नेपाली फुटबल महिला टीम दुई स्थान तल झरेको छ । फिफाले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाली महिला टीम दुई स्थान तल झर्दै ९९औं स्थानमा पुगेको छ । नेपाल टीम सन् २००९ मा ९२औं स्थानमा थियो । त्यही नै नेपालको उच्चतम बरियता हो । १२ अंक प्राप्त गरेको नेपाल फिफा तालिकामा ९९औं स्थानमा पुगेको छ । नेपाल टीम सन् २००९ मा ९२औं स्थानमा थियो । त्यही नै नेपालको उच्चतम बरियता हो । बरियताको एक नम्बरमा अमेरिका र दोस्रो स्थानमा जर्मनी कायमै रहेको छ । तेस्रो स्थानमा भने फ्रान्स उक्लिएको छ भने तेस्रो स्थानको नेदरल्याण्ड्स एक स्थान तल झरेको छ । ...
एएफसीद्वारा सवै खेल गतिविधि दुई महीनाका लागि स्थगित

एएफसीद्वारा सवै खेल गतिविधि दुई महीनाका लागि स्थगित

खेलकुद
एशियाली फुटबल संघ (एएफसी) ले आगामी दुई महीनाका लागि तय गरिएका सम्पूर्ण प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरेको छ । एएफसीले अर्को सूचना नभएसम्मका लागि कुनै पनि प्रतियोगिता सञ्चालन नगर्ने जनाएको हो । यसअघि मे र जुन महीनाका लागि विभन्न प्रतियोगिता सञ्चालन गर्न एएफसीले तालिका सार्वजनिक गरेको थियो । विभिन्न देशले कोरोना भाइरस विरुद्ध लड्नु परिरहेको भन्दै प्रतियोगिता स्थगनको निर्णय लिनुपरेको एएफसीले जनाएको छ । सन् २०२० मा हुने भनिएको एएफसी च्याम्पियन लिग र एएफसी कप ग्रुप स्टेज प्रतियोगिता पूरा गर्नेबारे सहभागी देश तथा संघसित समन्वय गरी विकल्प खोज्ने एएफसीले जनाएको छ । ...
सागका पदक विजेताले पुरस्कार रकम पाउन थाले

सागका पदक विजेताले पुरस्कार रकम पाउन थाले

खेलकुद
देशमा १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको झण्डै ५ महिनापछि पदक विजेता खेलाडीले सरकारद्वारा घोषित पुरस्कार रकम पाउन थालेका छन्। पटक–पटकको घोषणापछि पछिल्लो पटक चैत मसान्तभित्र पदक विजेता खेलाडी र प्रशिक्षकको खातामा रकम जम्मा हुने बताए पनि बुधबारबाट मात्र रकम जम्मा हुनथालेको हो। आयशा शाक्यसँग पुम्सेमा जोडी भएर स्वर्ण पदक जितेका सञ्जिवकुमार ओझाको खातामा ६ लाख रुपैयाँ जम्मा भएको एसएमएस आएको उनले बताए। आयशाको खातामा भने रकम जम्मा हुन बाँकी छ। आयशाले एकल पुम्सेमा पनि स्वर्ण पदक जितेकी थिइन्। राखेपले पदक विजेता ४ सय ३५ जना खेलाडीको विवरण र पाउनुपर्ने रकम कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका)मा पठाइसकेको र भोलि साँझसम्म सबै खेलाडीले रकम पाइसक्ने जनाएको छ। १३औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना भएको थियो। युवा तथा खेलकुद मन्त्रालयले हालको ...