Saturday, December 14"सञ्चार समाज को ऐना हो ।"
Shadow

कला/साहित्य

युकेमा पहिलोपटक स्टेजमै भजन:

युकेमा पहिलोपटक स्टेजमै भजन:

Breaking News, कला/साहित्य
युकेमा पहिलोपटक स्टेजमै भजन: विदेशी भूमिमा पनि नेपाली धर्म, कला, संस्कृति र रीतिरिवाजलाई जगेर्ना गर्दै भावी पुस्तामा हस्तान्तरण गर्न धर्मसांस्कृतिक अभियान युके लागि परेको छ । गत मङ्गलबार युकेको वेल्स राज्यको राजधानी कार्डिफमा आयोजना भएको एक भव्य सांस्कृतिक कार्यक्रममा धर्म सांस्कृतिक अभियानको भजन उपसमितिले औपचारिक स्टेजमा नै परम्परागत भजन प्रस्तुत गरिएको थियो। वेल्स क्षेत्रका करिब १५० सहभागी उपस्थित उक्त कार्यक्रम इनास वेल्सले आयोजना गरेको थियो । कार्यक्रममा उपस्थित सहभागीहरूले प्रस्तुत भजनद्वारा मनका सम्पूर्ण नकारात्मक ऊर्जालाई नष्ट गरी आनन्द प्राप्त भएको प्रतिक्रिया दिएका थिए । भजन उपसमितिका संयोजक प्रेम भण्डारीले भजनका टुक्का प्रस्तुत गरेका थिए । पहिलोपटक प्रस्तुत भजनका विषयमा दर्शक तथा अतिथिहरूद्वारा सकारात्मक प्रतिक्रिया पाएको आयोजक इनास वेल्स संयोजक तथा कार्यक्रमका सभापति रामदत्त मिश...
अभिमानी माछा र कोरोना परिवेश:–थानेश्वर पाण्डेय

अभिमानी माछा र कोरोना परिवेश:–थानेश्वर पाण्डेय

Breaking News, कला/साहित्य
                एउटा सानो  तलाउमा तीन वटा बहादुर, सहासी र सहयोगी माछा थिए । उनीहरू सबैसँग मिलेर बस्थे । तीमध्ये एउटा भविष्यद्रष्टा अनागतविधाता (भविष्यको कुरा सोंचेर काम गर्ने), एउटा प्रत्युत्पन्नमति (समस्या परेको समयमै तुरुन्तै उपाय निकालेर सामना गर्ने) र अर्काे दीर्घसूत्री (समस्या परेपछि मात्र समाधानको उपाय सोंच्न थाल्ने) स्वभावका थियो । एक दिन माझीले उनीहरू बसेको तलाउको पानी सुकाएर माछा मार्ने योजनाले तलाउको पानी बाहिर निकाल्न थाल्यो । आफूमाथि ठूलो सयाङ्कट आइपरेको यो कुरा अनागतविधाताले थाहा पएर अरु दुई साथीलाई यस सङ्कटको अवस्थामा पानी नसुक्दै अर्काे तलाउमा भागेर जीवनरक्षा गर्न सल्लाह दियो । दीर्घसूत्रीले भने तलाउमा अझैसम्म धेरै नै पानी भएकाले त्यसरी हतार गरी भागिहाल्न नपर्ने जवाफ दिई आनन्दले जलविहार गर्न थाल्यो । अर्काे प्रत्युत्पन्नमति माछाले...
युगकवि सिद्दिचरण श्रेष्ठकाे १०९ औँ जन्मजयन्तीको अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली ।

युगकवि सिद्दिचरण श्रेष्ठकाे १०९ औँ जन्मजयन्तीको अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली ।

कला/साहित्य
~सिद्धिचरण श्रेष्ठ~ नेपाली हूँ कठिन गिरिमा चढ्नलाई सिपालुबैरी नै होस् तर छु बहुतै दीनमाथी दयालुतातो रातो रगत रिपुको प्यूँन हर्दम् तयार,मेरो मेरो प्रिय खुकुरी यो हेर भै होसियार। शिक्षा मेरो जगतभरको गर्नु रक्षा सदैवदीक्ष यै हो परहित गरूँ आखिरी श्वाससम्मज्वाला दन्कोस् दनदन जहाँ मृत्यु आई फुकेकोअत्याचारी यदि छ त कहिँ माथ नै ताक्छु त्यस्को। ड्याङ्ड्याङ् डुङ्ड्ङ् गरि प्रलयका मेघ बाजा बजाईकालो-नीलो गगनभरको दैत्य आकार ल्याईराकून् बाटा रिपुहरु मिली केही सङ्काच मात्रआत्मा मेरो अमर छ बुझ्यौ अस्त कैले म हुन्नँ। गोली लागी पटपट फुटास् देहको अङ्ग-अङ्गछाला टाँगी वदन सब होस् मासुको मात्र पुञ्जबाटो होआओस् भतभत उसै पोलिने बालुवाकोदेशद्रोही यदि छ त कहिँ माथ नै ताक्छु त्यस्को। कालो गङ्ग तिमिर बहने पीप या मूत्र विष्टाघेरोस् चारैतिर तर पनी खुब मानी सुबिस्तापौडी खेल्दै सहज रिपुको देशमा बोल्छु धावान...

नेपाली धातु मूर्तिकलाको इतिहास र विकासमा नयाँ प्रतिमान

कला/साहित्य, नव प्रतिभा
लेखक: नेत्र बहादुर खत्री नेपालको शिल्पकला, धार्मिक समुदायमा पित्तल वा तामाको धातुमुर्तिमा धार्मिक अनुष्ठान र आस्थाको अन्योन्याश्रित सम्बन्ध रहिआएको पाइन्छ । तर यसमा पनि अन्य सामथ्र्यहरू छन, जस्तै नेपालका नेवार जातिमा स–साना पित्तल वा तामाको धातुबाट मूर्तिहरू बनाउने र काष्ट कार्य गर्ने चिरस्थायी विशेषता रहिआएको छ, जसमा धेरैजसो धार्मिक र विशेष गरी बौद्ध धर्म मान्ने नेवारहरू रहेको पाइन्छ । जसमध्ये धेरै जसो ढलान गरिएका शिल्पमुर्तिहरु शताब्दीयौंसम्म भारत र तिब्बतमा निर्यात गरिन्थ्योे र आज भोलि पनि संसारका बिभिन्न मुलुकमा निर्यात गरिंदै आएको छ । आजभोलि प्राय त्यस्ता मुर्तिहरु भारतको तमिलनाडु र सुदूर दक्षिणको अन्य भागहरूमा बाँचेका सबैभन्दा साना आकृतिहरूको रुपमा पाउन सकिन्छ । उक्त मन्दिरको विस्तृत झ्याल सहित अधिक काठमा कुँदिएको चित्रणहरु परम्परागत नेवारी वास्तुकलामा आधारित रहेको छ, तर त्यो स...
डा. गोविन्दराज भट्टराई – बायाँटारीमा एक सुनौलो साँझ

डा. गोविन्दराज भट्टराई – बायाँटारीमा एक सुनौलो साँझ

कला/साहित्य
वालिङ नाघेर हामी अघि बढयौँ । पहाडका थुम्काहरू, डाँडाहरू, छिनछिनमा आउने घुम्ती र कुइनेटाहरू । एउटा दृश्य हेरौँ भन्दाभन्दै अर्कोले छोप्तछ । तल गहिरोमा आँधीखोला बगिरहेको छ । कतै बगरहरू छोडेर कतै पहाडहरूमा ठोकिँदै । निकैबेरपछि एउटा ससानो बजार आयो- बायाँटारी । कति अनौठो लाग्यो यो नाम । अलि अघि हामीले काटेर गएका थियौँ मायाटारी । ध्वन्यात्मक साम्यताले उत्पन्न श्रुतिमधुरता । बायाँटारी बजार, ससानो केही घर बाटैको डिलमा, धेरै तलदेखि उठेर त्यहाँ अनुहारमात्र देखाइरहेका । ससानो बजारमा चियापसल, खिर्चीमिर्ची, सलाई साबुन । बजारका बीचबाट ओरालो झर्ने एउटा गोरेटाका मुखैमा उभिएर हेरेँ- पाखामा पनि केही घर उभिएका छन्, सिधै तल पुगेर पाखो टुङ्िगन्छ अनि एउटा खेत सुरु हुन्छ- सम्म छ खोलाखेत । त्यसैको डिलमा फेरि आँधिखोला बगिरहेको छ । बीचैमा झोलुङ्गे साँघु वारि र पारिका ससाना गाउँहरू अनि सेतो बगर । त्यही गोरेटो ...
भूपी शेरचन – मेरो चोक

भूपी शेरचन – मेरो चोक

कला/साहित्य
साँघुरो गल्लीमा मेरो चोक छयहाँ के छैन? सबथोक छअसङ्ख्य रोग छ,केवल हर्ष छैन,यहा त्यसमाथि रोक छसाँघुरो गल्लीमा मेरो चोक छयहाँ के छैन? सबथोक छ यो मेरो चोकमादेवताले बनाएका मानिस रमानिसले बनाएका देवता,यी दुबैथरीको निवास छतर यहाँ यी दुवैथरी उदास छन्दुवैथरी निरास छन्मानिस उदास छन्किनकी तिनलाइ यहाँरात रातभरी उपियाँले टोक्छदिन दिनभरी रुपियाँले टोक्छर देवता उदास छन्किनकी तिनलाइ यहाँन कसैले पुज्छ न कसैले ढोग्छत्यसैले यो चोकमादेवता र मानिसलेएक अर्कालाई धिक्कार्दैएकसाथ पुर्पुरो ठोक्छन्साँघुरो गल्लीमा मेरो चोक छयहाँ के छैन? सबथोक छ...
महेशविक्रम शाह – छिमेकीको छाता र छाडा छोराहरू

महेशविक्रम शाह – छिमेकीको छाता र छाडा छोराहरू

कला/साहित्य
पल्लो घरको छिमेकीले एक दिन मलाई फोन गरेर भन्यो, “भोलि तपाईंको घरजग्गाको नक्सा र लालपुर्जा लिएर मकहा“ आउनूस् । नक्सामा जग्गा उल्टोपाल्टो देखिएकाले नया“ नापी गराउनु पर्लाजस्तो छ ।” मैले ‘हवस्’ भनेर फोन राखिदिए“ । मैले उसलाई ‘हवस्’ त भने“ तर त्यसपछि भने मलाई चिन्ताले गा“ज्न थाल्यो । आपmनो घरको छिमेकीप्रति मेरो सद्भावना हुनुपर्ने हो, हामीबीचको सम्बन्ध आत्मीय र प्रगाढ हुनुपर्ने हो तर दुर्भाग्यवश हामीबीचको सम्बन्ध असल छिमेकीबीच हुनुपर्नेजस्तो थिएन । म मात्र होइन, उसका वरपिरकिा अन्य घरहरू पनि उसको विचार र व्यवहारबाट पीडित थिए । नभोग्नुपर्ने सास्ती भोगिरहेका थिए । तिनीहरूमध्येको एक म थिए“ र मेरो घर थियो । ऊ आलिसान महलको मालिक थियो । वरपिरि ठूलो कम्पाउन्ड थियो । कम्पाउन्डभित्र फलफूलको बगै“चा थियो, जहा“ वर्षौभरि मीठा-मीठा फलहरू लाग्थे । घरका बार्दली, छत, गेट र कम्पाउन्डको पर्खालमा रङ्गीबिरङ्गी फू...
भैरव अर्याल – आत्म-सितार

भैरव अर्याल – आत्म-सितार

कला/साहित्य
असँख्य प्रश्न-प्रश्नको समष्‍टि एक प्रश्न भैतिमी कता लुकिदियौ मलाई अल्मलाउँदैथियो कि कामना कसो – हराई जाउँ मै पनिहताश, निःसहाय भै बिलाउँ शून्य नै बनी । म किन्तु के हराउँथे ? छ जोश, होश हिम्मतमथेर व्यर्थता पनि म अर्थ झिक्छु शाश्वतहजार युद्द हुन यहाँ, फुटून हजार नै बममलाई मेट्न सक्छ को? छु जो विनाश हुन्न म ।। मलाई चिन्दछ्यौ तिमी ? म सिर्जना-सितार हूँअनन्तसम्म तन्किँदो अनादिको म तार हूँम बज्छु झन्झनाउँदै समस्त सौरम्ण्डलजहाँ तिमी लुकिरहू म खिच्न सकछु त्यो दिल ।। प्रचण्ड तेज हूँ म जो स्वयं दिमाग बाल्दछुकुहिरिँदो आकाशमा म ज्योति-पंख चाल्दछुम कान्त कान्तिको पनि सिन्दुर हाल्छु जूनमाछु ईश ई्शको पनि, म पूर्ण बन्छु न्युनमा ।। म एक खोज हूँ स्वयं छ ध्येय खालि खोजकैम खोज्न छाड्द्थेँ र के? छ खोज रोज-रोजकैतिमी जहाँ पुगे पनि, त्यहाँ म आइछाड्द्छुतिमी जतासुकै रहू, म भोलि पाइछाड्द्छु ।। (कविता व...

यात्री:लक्ष्मी प्रसाद देवकोटा

कला/साहित्य
कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो ? कुन सामग्री पुजा गर्नेसाथ कसोरी लाने हो ? मानिसहरूका काँध चढीकुन देवपुरीमा जाने हो ?हाडहरूका सुन्दर खम्बामांस पिण्डका दिवार । मस्तिस्कको यो सुनको छानाइन्द्रियहरुका द्वार ! नसा-नदिका तरल तरङ्ग,मन्दिर आफू अपार ।कुन मन्दिरमा जान्छौ यात्री,कुन मन्दिरको द्वार ? मनको सुन्दर सिंहासनमाजगदिश्वरको राज । चेतनको यो ज्योति हिरण्य,उसको शिरको ताज ।शरिरको यो सुन्दर मन्दिर,विश्वक्षेत्रको माझ । भित्र छ ईश्वर बाहिर आँखाखोजि हिंडछौ कुन पुर ? ईश्वर बस्तछ गहिराइमा,सतह बहन्छौ कति दूर ?खोजी गर्छौ ? हृदय उगाऊ,बत्ति बाली तेज प्रचुर  साथी यात्री बीच सडकमा,ईश्वर हिंडछ साथ चुम्दछ ईश्वर काम सुनौलागरीरहेको हातछुन्छ तिलस्मी करले उसले,सेवकहरूको माथ । सडक किनारा गाउँछ ईश्वरचराहरूको तानामा बोल्दछ ईश्वर मानिसहरूकोपीडा, दु:खको गानामादर्शन...