Monday, October 26"सञ्चार समाज को ऐना हो ।"
Shadow

अन्तराष्ट्रिय

सोमाली सेना द्वारा  अल-शाबाब कमाण्डर :नेपाली लडाकु को हत्या

सोमाली सेना द्वारा अल-शाबाब कमाण्डर :नेपाली लडाकु को हत्या

अन्तराष्ट्रिय
१४ असार, काठमाडौं : संवाददाता सोमाली सेना द्वारा अल-शाबाब कमाण्डर अहस्रफ अज्मी अबु हम्दान को हत्या गरिएको सोमाली रेडियो ले जनाए को छ ।अहस्रफ अज्मी अबु हम्दान नेपाली नागरिक रहेको पनि जनाए को छ । उनी उक्त इस्लामिस्ट समूहका बरिष्ठ प्रशिक्षक थिए। हमदानको मृत्युको समाचार बेलायती समाचार संस्था रोयटर्सले पनि लेखेको छ। रोयटर्सको सोही समाचारलाई अमेरिकाको न्युयोर्क टाइम्स पत्रिकाले पनि आफ्नो अनलाइनमा छापेको छ।  हमदान दक्षिण सोमालियाको मध्य जुबा क्षेत्रमा मारिएका हुन्। उक्त कारबाहीमा उनीसँगै अरू तीन लडाकु पनि मारिएका छन।त्यति टाढाको युद्धमा सहभागी हुन नेपालका हामदान कसरी पुगे भन्नेबारे केही खुलेको छैन। ...
रूस बन्यो कोरोनाभाइरसको नयाँ हटस्पट, एकैदिन १० हजार बढीलाई संक्रमण

रूस बन्यो कोरोनाभाइरसको नयाँ हटस्पट, एकैदिन १० हजार बढीलाई संक्रमण

Breaking News, अन्तराष्ट्रिय
मार्च अन्तिम सातासम्म रूसमा कोरोना संक्रमित फाट्टफुट्टमात्र थिए। अप्रिल लागेसँगै त्यहाँ संक्रमण दिन दुई गुणा रात चौगुणा बढ्न थाल्यो।  रूसमा अहिले १ लाख ३४ हजार ६ सय ८७ मानिसमा कोरोनाको संक्रमण देखिएको छ भने १२ सय ८० जनाले ज्यान गुमाएका छन्। आमनागरिकलाई मात्र होइन रूसी प्रधानमन्त्री मिखाइल मिसुस्तिन पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ। संक्रमितको संख्यामा १ महिनापहिला पुछारतिर रहेको रूस अहिले सबैभन्दा बढी कोरोना संक्रमित भएका मुलुकमा सातौं नम्बरमा छ। उसले धेरै पहिला संक्रमण देखिएका चीन, इरान, टर्कीजस्ता देशलाई पछि पारेको छ। रूसी राष्ट्रपति भ्लादमिर पुटिनले संक्रमणको उच्चतम विन्दुमा अझै नपुगिएको बताएका छन्। कोरोनाको संक्रमण बढेको बढ्यै भएपछि पुटिनले देशभरि  मे ११ सम्मका लागि  काम गर्न नपाइने समय बढाएका छन्।  मार्च ३० देखि राजधानी मस्कोका १ करोड २० लाख मानिसला...
बिधार्थी हरु को लागि प्रती महिना १२५० देखी २००० क्यानडेली डलर

बिधार्थी हरु को लागि प्रती महिना १२५० देखी २००० क्यानडेली डलर

अन्तराष्ट्रिय, समाचार
सरोज श्रेष्ठ:टोरेन्टटो(क्यानडा) क्यानडा सरकारले बिदेशी बिधार्थी हरु को लागि प्रती महिना १२५० देखी २००० क्यानडेली डलर उपलब्ध गराउने घोषणा गरेको छ ।
अस्ट्रेलिया अमेरिकाको सुगा बनिरहेको चीनको आरोप

अस्ट्रेलिया अमेरिकाको सुगा बनिरहेको चीनको आरोप

अन्तराष्ट्रिय, समाचार
चीनले अस्ट्रेलिया ट्रम्पको सुगा बनेको आरोप लगाएको छ। उसले अस्ट्रेलियाले अमेरिकाबाट आएको निर्देशन अनुसार आफ्नो आलोचना गरिरहेको जनाएको छ। अमेरिकाले चीनले कोरोना भाइरस महामारीको सुरुवाती अवस्था नियन्त्रण गर्न उचित पहल नगरेकाले विश्वले कोरोनाको महामारीको सामना गरिरहेको आरोप लगाउँदै आएको छ। चीनको यो भनाइले यी दुई प्रमुख व्यापार साझेदारहरूको सम्बन्ध थप बिग्रने संकेत गरेको छ। वरिष्ठ अस्ट्रेलियन नीति निर्माताहरूले पछिल्लो दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उद्गमका बारेमा अनुसन्धान गर्नुपर्ने र महामारीका विषयमा चीनको पारदर्शितामाथि व्यक्त गरिरहेको शंकालाई समर्थन गरिरहेका छन्। अस्ट्रेलियाको राजधानी क्यानवेरामा रहेको चिनियाँ दुतावासले अस्ट्रेलियन नीति निर्माताहरू ट्रम्पको मुखपत्र बनिरहेको प्रतिक्रिया दिएको छ। 'सबैलाई थाहा छ हालै अमेरिकाका उच्च तहका अधिकारीसहित...
किम जोङ उनको मुटुको शल्यक्रिया

किम जोङ उनको मुटुको शल्यक्रिया

अन्तराष्ट्रिय, समाचार
काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको मुटुको शल्यक्रिया गरिएको छ । दक्षिण कोरियाली सञ्चार माध्यमका अनुसार, अप्रिल १२ मा उनको मुटुको सर्जरी गरिएको हो । शल्यक्रिया गरिएको एक सातापछि उनी अस्पतालमै आराम गरिरहेको खबर प्रकाशमा आएका छन् । पछिल्लो समय एक विशेष वार्षिक समारोहमा उनी उपस्थित नभएपछि उनको विषयमा विभिन्न आशंका उत्पन्न भएका थिए । किमका हजुरबुबाको अप्रिल १५ मा जन्मजयन्ती थियो । उत्तर कोरियामा यो दिन विशेष किसिमले मनाउने प्रचलन छ । त्यहाँ सार्वजनिक बिदा दिइन्छ । तर, उत्तर कोरियाली सञ्चारमाध्यले सार्वजनिक गरेको तस्वीरमा किम जोङ उन देखिएका थिएनन् । स्रोतका अनुसार, अप्रिल १२ मा उत्तर कोरियाको अस्पतालमा उनको मुटुको सर्जरी गरिएको थियो । उत्तर कोरियाभित्रको जानकारी पाउनु निकै कठिन हुन्छ । विशेषगरी त्यहाँका नेताको विषयमा कुनै पनि जानकारी बाहिर चुहाइँदैन । अत्यधिक तौ...
डीभी रोकिन सक्ने:राष्ट्रपति ट्रम्प

डीभी रोकिन सक्ने:राष्ट्रपति ट्रम्प

अन्तराष्ट्रिय, समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई संयुक्त राज्य अमेरिकामा प्रवेश दिने व्यवस्थालाई अस्थायी रुपमा खारेज गर्न लागेको घोषणा गरेका छन्। सोमबार राति ट्विट गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकको रोजगारीको सुनिश्चितताका लागि आप्रवासीलाई अस्थायी रुपमा रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्न लागेको जनाएका हुन्। तर, कस्तो आदेशमा हस्ताक्षर गर्न लागिएको हो भन्ने विस्तृत खुलाइएको छैन। कोरोनाभाइरस (कोभिड-१९) महामारीका कारण अर्थतन्त्र शिथिल भएपछि अमेरिकामा बेरोजगारी दर ह्वात्तै बढेको छ। अमेरिकाले आप्रवासी भीसा दिन बन्द गरेमा रोजगारीमा आधारित आप्रवासनसहितका विभिन्न प्रकारका भीसा अस्थायी रुपमा बन्द हुने सम्भावना छ। ट्रम्पले भने जस्तै आप्रवासीलाई रोकिएमा अमेरिकाको चर्चित डाइभर्सिटी भीसा (डीभी), परिवारमा आधारित आप्रवासन जस्ता प्रवेशाज्ञा रोकिनसक्छन्। जोन हप्किन्स विश्वविद्याल...
अमेरिकाको नर्सिङ होमबाट १७ वटा शव बरामद

अमेरिकाको नर्सिङ होमबाट १७ वटा शव बरामद

अन्तराष्ट्रिय
प्रहरीले छापा मारेर अमेरिकाको न्युजर्सीस्थित राज्यकै ठूलो नर्सिङ होमबाट १७ वटा शव बरामद गरेको छ। अमेरिका। अमेरिकाको न्युजर्सीस्थित एक नर्सिङ होमबाट प्रहरीले १७ वटा शव बरामद गरेको छ। ती शव मुर्दाघरमा स्टोर गरेर राखिएका थिए। उक्त नर्सिङ होम न्युजर्सी राज्यकै ठूलो हो। एन्डेवर सुबाक्युट एन्ड रिह्याबिलिटेसन सेन्टरसँग जोडिएका ६८ जनाको हालै निधन भएको थियो। तीमध्ये २६ जनामा कोभिड-१९ पोजिटिभ देखिएको थियो।  न्युजर्सीमा ७१ हजार जनामा कोभिड-१९ पोजिटिभ देखिएको थियो भने तीन हजार एक सय जनाको मृत्यु भएको थियो। नर्सिङ होमबाट बरामद भएका शवमा कोभिड-१९ पोजिटिभ छ कि छैन भन्ने स्पष्‍ट भइसकेको छैन। शव लुकाएर राख्नुको कारण पनि खुलेको छैन। उनीहरूको मृत्यु भएको पूर्ण जानकारी पनि परिवारजनलाई दिइएको थिएन। ...
पेरिस-आम्सटर्डम हाइपरलुपमा ९० मिनेट

पेरिस-आम्सटर्डम हाइपरलुपमा ९० मिनेट

अन्तराष्ट्रिय
पेरिस। फ्रान्सको राजधानी पेरिसबाट नेदरल्यान्ड्सको राजधानी आम्स्टर्डम पुग्‍न रेलबाट तीन घण्टा २० मिनेट लाग्छ। विमानबाट यात्रा गर्दा पनि एक घण्टा २० मिनेट लाग्छ। सडकबाट यात्रा गर्नु पर्‍यो भने त पाँच सय सात किलोमिटर पार गर्न पाँच घण्टा २६ मिनेट खर्चिनुपर्छ। वैज्ञानिकहरू ती सबैको विकल्प तयार पार्न जुटेका छन्। भविष्यमा दुई मुलुकका राजधानी जोड्ने माध्यम तयार हुँदैछ, हाइपरलुपको। यातायातका साधन र अन्तरिक्ष यानको गति अहिलेको भन्दा तीव्र बनाउने वैज्ञानिकहरूको प्रयासको एक हिस्सा हो यो। नेदरल्यान्ड्सका अधिकारीहरू सार्वजनिक यातायातमा हाइपरलुप प्रविधि सस्तो र सहज रहेकामा सहमत भइसकेका छन्। हाइपरलुप भविष्यका लागि प्रस्तावित यातायातको साधन हो। चिप्लो कोसा या क्याप्सुल आकारको यातायातको साधन कम दबाबवाला स्टिल ट्युबमा दौडिन्छ, जसले प्रतिघण्टा ६ सय माइलभन्दा बढीको गति समात्छ। यातायातको यो नया...
कोभिड-१९ का कारण चीनको जीडीपीमा ७ प्रतिशतको गिरावट

कोभिड-१९ का कारण चीनको जीडीपीमा ७ प्रतिशतको गिरावट

अन्तराष्ट्रिय
बेइजिङ। कोभिड-१९ को महामारीका कारण चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उल्लेख्य गिरावट आएको छ। सरकारी तथ्यांकअनुसार सन् २०२० को पहिलो त्रैमासिकमा जीडीपीमा ६ दशमलव आठ प्रतिशत गिरावट देखिएको हो। तीन दशकयता पहिलोपटक चीनको अर्थतन्त्रमा यति ठूलो परिमाणमा गिरावट देखिएको हो। बीबीसीका अनुसार चीन सरकारले आज बिहान सार्वजनिक गरेको तथ्यांकबाट जीडीपीमा गिरावट देखिएको हो। ...