Friday, October 25"सञ्चार समाज को ऐना हो ।"
Shadow

लकडाउन थप ७ देखि १० दिन लम्ब्याउने तयारी

कोरोना भाइरस रोकथामका लागि सरकारले वैशाख ३ गतेपछि पनि लकडाउन थप्ने तयारी गरेको छ। कति दिन थप्ने भनेर मंगलबार बस्ने मन्त्रिपरिषद बैठकमा छलफल हुने एक मन्त्रीले जानकारी दिए।

‘कम्तिमा ७ देखि १० दिन थप हुनसक्छ,’ उनले सेतोपाटीसँग भने, ‘पछिल्लो अवस्था हेर्दा लकडाउन अझै कडाइ गर्नुपर्ने देखिन्छ। मंगलबार ११ बजे बस्ने मन्त्रिपरिषद बैठकले यसबारे निर्णय गर्न सक्छ।’

यसअघि गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा अझै केही साता कष्टपूर्ण हुन सक्ने बताएका थिए। उनले कम्तिमा वैशाख दोश्रो सातासम्म लकडाउन हुन सक्ने संकेत दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *