Tuesday, October 22"सञ्चार समाज को ऐना हो ।"
Shadow

क्रिकेटरअनिल साहको लगातार दोस्रो अर्धशतक

प्रारम्भिक ब्याटर अनिल साहले लगातार दोस्रो अर्धशतक प्रहार गरेका छन्।क्यानडासँगको एकदिवसीय शृंखला अन्तर्गत सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साहले अर्धशतक प्रहार गरेका हुन्। उनले यसअघि शनिबार कीर्तिमानी अर्धशतक प्रहार गरेका थिए।साहले सोमबार ५१ बलमा अर्धशतक बनाए। जसका लागि आठ चौका प्रहार गरे।यसअघि शनिबार भएको खेलमा १९ बलमा ५० रन बनाएका थिए। त्यो नेपाली खेलाडीले एकदिवसीय खेलमा बनाएको सबैभन्दा छिटो अर्धशतक हो।

क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले राम्रो शुरूआत गरेको छ। साहसँगै भीम सार्की क्रिजमा छन्।

नेपालले १६ ओभरमा एक विकेट गुमाएर ८९ रन बनाएको छ। कुशल भुर्तेल १३ रन बनाएर आउट भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *