Tuesday, October 22"सञ्चार समाज को ऐना हो ।"
Shadow

अहिले हाम्रा लागि सत्ता प्रधान होइन, हाम्रा लागि राष्ट्रको भविष्य प्रदान हो । 

काठमाडौंमा शनिबार आयोजित पार्टीको कार्यक्रममा महासचिव पोखरेलले कमजोरहरूको सहकार्यबाट राष्ट्र निर्माण हुन नसक्ने निष्कर्षसहित बलियो शक्ति निर्माणमा लागेको बताए । एमालेले सत्ता प्राप्तिलाई प्राथमिकतामा नराखी शक्ति निर्माणमा जुटेको उनको भनाइ छ । 'अहिले हाम्रा लागि सत्ता प्रधान होइन, हाम्रा लागि राष्ट्रको भविष्य प्रदान हो । अब यो राष्ट्र निर्माण गर्नका लागि कमजोरहरूको सहकार्यबाट राष्ट्रको निर्माण हुन सक्दैन । बलियो राष्ट्रिय शक्तिको रूपमा एमालेको विकास अबको हाम्रो संकल्प हो भन्ने मान्यताका आधारमा हामीले मिसन ग्रासरुट अभियान थालेका थियौं,' उनले भने, 'त्यही मिसन ग्रासरुट अभियानको जगमा यतिबेला एमाले बलियो राष्ट्रिय शक्ति निर्माणको संकल्पका साथ नयाँ योजना, नयाँ संकल्पका साथ अगाडि बढन खोजिरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *