Wednesday, October 23"सञ्चार समाज को ऐना हो ।"
Shadow

राजपा नटुट्ने, प्रदेश २ सरकारको आयु छोटिन सक्ने

काठमाडौँ- दल विभाजन सम्बन्धी अध्यादेश आएपछि जारी राजनीतिक अभ्यासको अपेक्षित फाइदा लिन नेकपा सफल भएमा यो साताभित्र प्रदेश २ को सरकार गिर्नसक्ने संकेत देखा परेको छ।

हाल प्रदेश २ को सरकारलाई समाजवादी पार्टीका २९ जना र राजपाका २५ गरी ५४ सदस्यहरुको समर्थन छ।

नेकपाले चाहेअनुसार समाजवादी पार्टीको ४० प्रतिशत या त्यो भन्दा बढी सदस्य आएमा नेकपाका बाँकी सदस्यसँग मिलेर नयाँ सरकार बनाउने तयारी भएको बुझिएको छ।

तर राजपाका केन्द्रीय नेता सरदसिंह भण्डारीले कुनै पनि हालतमा पार्टी नफुट्ने र नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीको लोकतन्त्रविरुद्धको कदमबाट कुनै राजनीतिक फाइदा नलिने तर विरोध गर्ने पक्षमा रहेको बताउँछन्।

यता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग रुष्ट रहेका प्रधानमन्त्री ओली र उनका विश्वसनीय पात्रहरुले समाजवादी पार्टीका नेता एवं पूर्व शहरी विकासमन्त्री र अन्य नेताहरुमार्फत समाजवादी पार्टी फुटाउन लागिपरेको स्रोत बताउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *