Tuesday, October 22"सञ्चार समाज को ऐना हो ।"
Shadow

कांग्रेस संसदीय दलको नेता बदल्न लाग्छु : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु अहिले देशको आवश्यकता भएको बताएका छन् । शनिवार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सके आफू र नसके आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउन लाग्ने बताए । नेपालमा भावी प्रधानमन्त्रीबारे पहिल्यै थाहा हुने गरेको भन्दै अब पूर्व प्रधानमन्त्रीहरूलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्नुपर्ने उनले बताए । आफू अब पनि पार्टीको संसदीय दलको नेता बदल्न लाग्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *