१४ असार, काठमाडौं : संवाददाता

सोमाली सेना द्वारा अल-शाबाब कमाण्डर अहस्रफ अज्मी अबु हम्दान को हत्या गरिएको सोमाली
रेडियो ले जनाए को छ ।अहस्रफ अज्मी अबु हम्दान नेपाली नागरिक रहेको पनि जनाए को छ ।
उनी उक्त इस्लामिस्ट समूहका बरिष्ठ प्रशिक्षक थिए। हमदानको मृत्युको समाचार बेलायती समाचार संस्था रोयटर्सले पनि लेखेको छ। रोयटर्सको सोही समाचारलाई अमेरिकाको न्युयोर्क टाइम्स पत्रिकाले पनि आफ्नो अनलाइनमा छापेको छ।
हमदान दक्षिण सोमालियाको मध्य जुबा क्षेत्रमा मारिएका हुन्। उक्त कारबाहीमा उनीसँगै अरू तीन लडाकु पनि मारिएका छन।त्यति टाढाको युद्धमा सहभागी हुन नेपालका हामदान कसरी पुगे भन्नेबारे केही खुलेको छैन।