Monday, November 23"सञ्चार समाज को ऐना हो ।"
Shadow

महेशविक्रम शाह – छिमेकीको छाता र छाडा छोराहरू

पल्लो घरको छिमेकीले एक दिन मलाई फोन गरेर भन्यो, “भोलि तपाईंको घरजग्गाको नक्सा र लालपुर्जा लिएर मकहा“ आउनूस् । नक्सामा जग्गा उल्टोपाल्टो देखिएकाले नया“ नापी गराउनु पर्लाजस्तो छ ।” मैले ‘हवस्’ भनेर फोन राखिदिए“ । मैले उसलाई ‘हवस्’ त भने“ तर त्यसपछि भने मलाई चिन्ताले गा“ज्न थाल्यो । आपmनो घरको छिमेकीप्रति मेरो सद्भावना हुनुपर्ने हो, हामीबीचको सम्बन्ध आत्मीय र प्रगाढ हुनुपर्ने हो तर दुर्भाग्यवश हामीबीचको सम्बन्ध असल छिमेकीबीच हुनुपर्नेजस्तो थिएन । म मात्र होइन, उसका वरपिरकिा अन्य घरहरू पनि उसको विचार र व्यवहारबाट पीडित थिए । नभोग्नुपर्ने सास्ती भोगिरहेका थिए । तिनीहरूमध्येको एक म थिए“ र मेरो घर थियो ।

ऊ आलिसान महलको मालिक थियो । वरपिरि ठूलो कम्पाउन्ड थियो । कम्पाउन्डभित्र फलफूलको बगै“चा थियो, जहा“ वर्षौभरि मीठा-मीठा फलहरू लाग्थे । घरका बार्दली, छत, गेट र कम्पाउन्डको पर्खालमा रङ्गीबिरङ्गी फूलहरू बाह्रैमास लत्रिरहेका देखिन्थे । महलभित्र नै एक सुन्दर, रमणीय र मनोहारी तलाउ थियो र तलाउको बीचमा एक जना महात्माको सालिक थियो । महलको दक्षिण भागमा एउटा टावर थियो, जसमा टेलिस्कोप र दूरबीन जडान गरएिका थिए । ग्रह, नक्षत्रको गतिको लेखाजोखा गर्न ती जडान गरिएको हो भनिएको थियो । पल्लो घरको छिमेकी छाताको विशेष सोखिन प्रतीत हुन्थ्यो । घरको छतमा र बगै“चामा थरीथरीका रङ्गीबिरङ्गी छाताहरू गाडिएका थिए । छाता बनाउने कालिगढहरू पालेर राखेको थियो उसले । छिमेकका एक-दुइ घरको छतमा समेत उसका छाता गाडिएका देखिन्थे । ऊ अनौठो स्वभावको थियो । उसले एउटा हिंस्रक सिंहलाई फलामको पिञ्जरामा थुनेर राखेको थियो। उसलाई जब छिमेकीका कुनै कुराहरूबाट चित्त बुभmदैनथ्यो वा रसि उठ्थ्यो, तब उसको महलबाट सिंह गर्जेको आवाज सुनिथ्यो । सिंहको आकस्मिक र भयावह गर्जनले अरूजस्तै मेरो पनि सातोपुत्लो उठ्थ्यो ।

मलाई अचानक आएको उसको फोन पनि मेरालागि सिंहको गर्जनझै“ थियो । एक रोपनीमा बनेको मेरो घर र जग्गा ५० रोपनीसम्म फैलिएको उसको आलिसान महलका लागि किन र कसरी घा“डो बनिरहेको छ, मैले बुभmन सकिरहेको थिइन“ । मेरो घरका केही विशेषता थिए । जस्तैः मेरो घर उसको आलिसान महलभन्दा उ“चो भूसतहमा रहेको थियो, मैले चर्चेको जमिनमा एउटा प्राचीन प्राकृतिक पानीको धारो थियो, जसबाट अविरल रूपमा शीतल पानी बहिरहन्थ्यो । मेरो घर भूकम्प, आ“धीबेहरी, मेघ र असिनावृष्टि र खडेरीबाट क्षत्रि्रस्त बने तापनि कहिल्यै ध्वस्त भने भएन । सदा सुरक्षित रहिरहन सफल भयो । मलाई चिन्ता लाग्न थाल्यो कि कतै त्यो छिमेकीले सा“ध-सिमानाको कचिङ्गल झिकेर मेरो यो पानीको धारो, अग्लो ठाउ“मा ठडिएको घर र यसको प्राचीन इतिहासलाई हडप्न खोजेको त होइन ! मैले आपmनी बूढीस“ग आपmनो चिन्ता व्यक्त गरे“ । मेरा कुरा सुनेर उनी पनि चिन्तित भइन् । तर, आफूलाई सम्हाल्दै उनले भन्न भूलिनन् कि हाम्रा यत्रा लाठे छोराहरू छन्, तपार्इं किन चिन्ता गर्नुहुन्छ ?” मैले आपmना छोराहरूस“ग छलफल गरेर समस्याको समाधान खोज्ने निर्ण्र्ाा गरे“ ।

मेरा छोराहरू मेरोअगाडि उपस्थित थिए । तिनीहरूको अनुहार हेर्दा लाग्दैनथ्यो कि तिनीहरू कुनै समस्याको पूर्वानुमान गरेर आएका छन् । बरु बाबुले बुढेसकालमा पैतृक सम्पत्तिको भागबन्डा गरिदिन बोलाएको हो कि भन्ने आशामा थिए तिनीहरू । मैले समस्याको पोको खोल्दै भने“ कि, “पल्लो घरको छिमेकीको नियत खराब छ । ऊ सा“ध-सिमाना मिचिएको निहु“मा हाम्रो घरजग्गा हडप्न चाहन्छ । जग्गाको नक्सा र लालपुर्जा लिएर आउन भनी उसले मलाई टेलिफोनमा जनाउ दिएको छ ।” मैले पालैपालो सबैका अनुहार नियाले“ ।
“जग्गाको नक्सा र लालपुर्जा लिएर आउनु भन्दैमा आत्तिनुपर्ने के अवस्था छ र बा ! आखिर उनी हाम्रा राम्रा छिमेकी हुन् । हामीलाई गाह्रोसाह्रो परेका बेला काम लाग्छन् ।” छोरो नं १ अथवा जेठो छोरो बोल्यो । छिमेकीप्रति सदासयता देखाउ“दै बोल्यो ऊ । ऊ सानो छ“दा छिमेकीको छोरोस“ग छिमेकीकै आ“गनमा साइकल कुदाएको हो उसले । ऊ कहिलेकाही“ मलाई नै शब्दको झटारो हान्ने गर्छ कि पल्लो घरको अङ्कल नभएको भए सायद ऊ बालककालमै साइकल कुदाउन सक्ने थिएन । उसलाई पछि आपmनो मोटर दिएर ड्राइभिङ् सिक बेटा भन्ने पनि तिनै छिमेकी हुन् ।

“के गरौ“ त छोरा -” मैले उसलाई फेरि सोधे“ ।

“पटक-पटक अङ्कलको गाडी मागिराख्नुपर्छ बुबा !” उसले भन्यो ।

छोरो नं १ बाट हरेस खाएर म छोरो नं २ अर्थात् माहिलो छोरोतिर उन्मुख भए“ । ऊ मलाई नै हेररिहेको थियो । यो छोरोबाट केही समाधान निस्की हाल्छ कि भन्ने आशा पलायो मेरो मनमा ।

“त्यो छिमेकी अङ्कल मान्छे त अप्ठ्यारै हो तर लालपुर्जा नै हडप्लाजस्तो त मलाई लाग्दैन बा ! उनलाई के कमी छ र – त्यत्रो ठूलो बगै“चा छ, बगै“चामा बाहैमास मीठामीठा फलहरू लाग्छन् ।”

मलाई राम्रैस“ग थाहा थियो कि ऊ यसो किन भनिरहेको थियो ? ऊ घूसघूसे, मनभित्र एउटा कुरो राख्ने र बाहिर अर्को कुरो देखाउने प्रवृत्तिको थियो । उसको यो बानी सुधार्ने प्रयास नगरेको होइन मैले । छिमेकीस“ग लोलोपोतो गरी उसको बग“ैचामा नै गएर मीठामीठा फल चाख्ने र गोजीमा समेत भरेर कोठामा ल्याई लुकाउ“थ्यो ऊ । घरमा आएपछि मलाई भन्ने गथ्र्यो कि छिमेकी अङ्कलले उसलाई मीठो फल खाएर जा भनेका थिए तर उसले खान्न भनिदियो । उसको कुरा सुनेर मलाई हा“सो उठ्थ्यो । सायद फलको रसको स्वाद बा“की नै थियो उसको ज्रि्रोमा, त्यसैलै ऊ प्रकट रूपमा छिमेकीविरुद्ध बोल्न हिच्किचाइरहेको थियो ।

यी दुइ छोराहरू जो अन्य छोराहरूभन्दा उमेरले र अनुभवले पनि जेठा र पाका थिए, आपmना बा, आमा र आपmनो पुख्र्यौली घरमाथि छिमेकीले गर्न लागेको हस्तक्षेपका विरुद्ध बोल्न नचाहेकामा मलाई उदेक लागेर आयो । हामी मरेर गएपछि यो घरको के गति होला भन्ने पीरले मलाई पिरोल्न थाल्यो । कतै हाम्रो घरको नियति पनि ऊ त्यही पल्लाघरे सुकबहादुरको झै“ हुने त होइन । सुकबहादुर जसको घर मेरो घरस“गै जोडिएको थियो, नालायक छोराहरूको बदमासीले त्यही छिमेकीको कम्पाउन्डभित्र गाभिन पुग्यो । सुकबहादुर जसले आपmनो घर र जग्गा छोराहरूको नाममा अंशबन्डा गरिदिएका थिए, ती छोराहरूले त्यो घर र जग्गा छिमेकीको नाममा राजीनामा पास गरिदिएका थिए । आफूहरू भने छिमेकीको कम्पनीका जागिरे बनेका थिए । सुकबहादुरका बूढाबूढी भने केही समयसम्म पागलजस्ता बनी भौतारिएर अलप भएका थिए ।

मैले अझै आशा नमारेर छोरो नं ३, छोरो नं ४, छोरो नं ५ र छोरो नं ६ स“ग पनि मनको बह पोखे“ । “जेठा र माहिलालाई कुनै सरोकार छैन भने हामीले मात्र किन टाउको दुखाउनु बा !” छोरा नं ३ ले भन्यो । ऊ सानैदेखिको जिद्धी स्वभावको थियो र खालि जेठो र माहिलोको आरसि गर्ने र कुरा लगाउने गथ्र्यो ऊ । मैले उसको आश मारे“ । मैले छोरा नं ४ तिर दृष्टि फ्या“के“, “छिमेकीकी नातिनी मेरी छोरीकी साथी हो बा † तपाईंकी नातिनी हरदम उसको साथीको घरमा हुन्छे । ऊ त्यहा“ कम्प्युटर खेल्छे, स्विमिङ् गर्छे स्किइङ् गर्छे ब्रेकफास्ट, लञ्च र डिनर पनि प्रायः त्यही“ गर्छे छिमेकीले पनि उसलाई आपmनी नातिनीसरह मान्छन् । म कसरी उनका विरुद्ध जान सक्छु बा !” उसले आपmनो हात मल्दै भन्यो ।

छोरो नं ५ र छोरो नं ६ को जवाफ पनि अन्य छोराहरूको विचारस“ग मेल खान्थ्यो ।

“हाम्रो यो सानो परविारलाई यो चौबीसै घन्टा बगिरहने पानीको धारो किन चाहियो र बा ! उनले मागेका छन् भने दिए हुन्छ, खाली आ“गनमा पानी जमेर हिलो मात्र भएको छ । अङ्कलले हामीलाई चाहिएको बेला कोकाकोला र पेप्सीकोला खुवाउलान् नि बा ! किन चिन्ता गर्नुहुन्छ -” यी दुइ छोराका कुरा सुनेर भक्कानो छोडेर रुन मन लाग्यो मलाई । हे इश्वर ! यो समयको दोष हो वा मेरी बूढीको गर्भको दोष हो भन्दै मनमनै बिलाप गर्न थाले“ म ।

छोरो नं ७ अथवा कान्छो छोरो अलि पर गमक्क परी बसेको थियो । अरू छोराहरूभन्दा ऊ अलि भिन्न प्रकृतिको थियो । सानैदेखि ऊ व्रि्रोही स्वभावको थियो । स्कुलमा पढ्ने बेलादेखि नै ऊ जीवनको यथास्थितिमा परविर्तन हुनुपर्दछ भन्थ्यो । उसले हामीहरूको पुरानो घर भत्काएर नया“ ढा“चाको घर बनाउने प्रस्ताव राख्यो । उसको यस प्रस्तावस“ग अरू छोराहरूले असहमति जनाएपछि अन्य भाइहरूस“ग उसको ठाकठुक पर्‍यो र ऊ घर छोडेर निस्क्यो । करबि एक दशकपछि सबै भाइहरू मिलेर घरलाई नया“ रचनामा ढाल्ने सहमति भएपछि ऊ घर फर्केको थियो । मैले आशालु दृष्टिले कान्छो छोरोको अनुहारमा हेरे“ ।

“छोरा अब त“ मात्र एक जना बा“की छस्, जसप्रति मेरो भरोसा छ । त्यो छिमेकी जसलाई त“ पहिले ठालू भन्थिस्, त्यसले तेरो बालाई नदिने दुःख दियो ।”

“बा तपार्इंलाई एउटा गोप्य कुरा थाहा छैन सायद,” उसले भन्यो ।

“के कुरा हो बाबु †” मैले ब्याकुल हु“दै सोधे“ ।

“म जब घरबाट भागेको थिए“ नि, मेरो धेरैजस्तो समय ती छिमेकी अङ्कलको घरमा नै लुकेर बितेको थियो । उनले नै मलाई खुवाइपियाई राखेका थिए ।” उसले रहस्यको पेटारो खोल्दै भन्यो ।

“ह“, के भन्छस् त“ !” निमेषभरमा नै खङ्रङ्ग भए“ म ।

“हो बा उनी अब ठालू रहेनन्, उनी मजस्तो र्सवहाराको अभिभावक हुन् । मैले उनीस“ग एक जना अभिभावकस“ग गर्ने व्यवहार गर्नुपर्दछ, बा !” यति भन्दै ऊ मुसुक्क मुस्कुरायो । घरस“गस“गै उसले आफूलाई पनि नया“ ढा“चामा ढालिसकेको थियो ।

छोराहरू छाडा भइसकेछन् । यिनीहरूलाई आपmना बा-आमा र आपmनो घरको कुनै सरोकार रहेनछ । मलाई डा“को छाडी रुन मन लाग्यो । छोराहरूबीच पनि आ-आपmनो अस्तित्त्वलाई लिएर विवाद सुरु भयो । अचानक कसैले ढोका ढकढक्यायो । मैले सशङ्कित बन्दै ढोका खोले“ । ढोकामा एउटा मान्छे उभिएको थियो । मलाई ऊ चिनेचिनेझै“ लाग्यो तर ठ्याक्कै ठम्याउन भने सकिन“ ।

“म पल्लो घरको छिमेकीको खास मान्छे हु“ । तपाईंको घरभित्रबाट आइरहेका नानाथरी आवाज सुनेपछि तपाईंहरूको घरभित्रको झगडा मिलाउन मालिकले पठाउनुभएको हो ।” यति भन्दै ऊ ढोकाभित्र प्रवेश गर्‍यो । उसको हातमा ठूलो र आकर्ष छाता थियो । त्यो छाता छिमेकीको छत र बगै“चामा गाडिएका छाताहरूझै“ थियो । उसलाई देखेर छोराहरूको अनुहारमा आर्श्चर्यमिश्रति खुसी देखियो । तर, म भने उसको उपस्थितिमा खुसी हुन सकिरहेको थिइन“ । बाहिर पानी पररिहेको थिएन तर उसको हातमा छाता देखेर म विस्मित बनेको थिए“ ।

“यो छाता -” मैले उसको अनुहारमा हेर्दै भने ।

“हो, यो छाता हो । सुरक्षा छाता । मालिकले पठाउनुभएको ” उसले छातातर्फहर्ेर्दै भन्यो ।

“किन – कसलाई पठाएको -” मैले प्रश्न गरे“ । “तपार्इंहरूलाई दिनु भनेर पठाउनुभएको हो ।”

“उहा“को भनाइ अनुसार यो छाता जसले ओढ्छ, यस घरको हकदार पनि उही हुन्छ ।”

“कसरी -” म अचानक जोडले चिच्याए“ ।

पल्लो घरको छिमेकीको मान्छे हातमा छाता समातेर उभिएको छ र मेरा छाडा छोराहरू बाबुआमाको इज्जतमा दाग लगाउ“दै त्यो छाता ओढ्न छिमेकीको मान्छेवरपिरि चक्कर माररिहेका छन् । छिमेकीको मान्छे खितखिताउ“दै हा“सिरहेको छ ।

“…ल …ल …दौड, दौड… अ“… उप …उप …छाताभित्र पर्नैलाग्यौ“ …ल …ल …फेरि उप… यसरी कहा“ हुन्छ र …छाताभित्र नै आउनुपर्‍यो नि…।” मेरा छोराहरू छाता ओढ्न घम्साघम्सी गररिहेका छन् । छाता ओढ्न गएको एक जनालाई अर्कोले समातेर बाहिर हुत्याइरहेको छ । छाता ओढ्ने जिजीविषामा आपmनो एक छोरोले अर्को छोरोको गर्धन अ“ठ्याएर पर हुत्याइरहेको लज्जास्पद, भ्रष्ट, बीभत्स र अमानवीय दृश्य हेररिहेका हामी तिनका बाआमाहरू पुर्खादेखि जगेर्ना गर्दै आएको आपmनो घरजग्गाको सुरक्षित भविष्यप्रति चिन्तित हु“दै भक्कानो छोडी रुन थाल्छौ“ ।

छिमेकीको छाता ओढ्न तम्तयार छाडा छोराहरूको विकल्पमा नया“ सन्तानलाई जन्म दिन फेरि एकपटक हामी बूढाबूढी गर्भाधानका लागि तयार हुनुपर्ने हो कि ? सोच्न बाध्य भएका छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *