Thursday, October 29"सञ्चार समाज को ऐना हो ।"
Shadow

अस्ट्रेलिया अमेरिकाको सुगा बनिरहेको चीनको आरोप

चीनले अस्ट्रेलिया ट्रम्पको सुगा बनेको आरोप लगाएको छ।

उसले अस्ट्रेलियाले अमेरिकाबाट आएको निर्देशन अनुसार आफ्नो आलोचना गरिरहेको जनाएको छ।

अमेरिकाले चीनले कोरोना भाइरस महामारीको सुरुवाती अवस्था नियन्त्रण गर्न उचित पहल नगरेकाले विश्वले कोरोनाको महामारीको सामना गरिरहेको आरोप लगाउँदै आएको छ।

चीनको यो भनाइले यी दुई प्रमुख व्यापार साझेदारहरूको सम्बन्ध थप बिग्रने संकेत गरेको छ।

वरिष्ठ अस्ट्रेलियन नीति निर्माताहरूले पछिल्लो दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उद्गमका बारेमा अनुसन्धान गर्नुपर्ने र महामारीका विषयमा चीनको पारदर्शितामाथि व्यक्त गरिरहेको शंकालाई समर्थन गरिरहेका छन्।

अस्ट्रेलियाको राजधानी क्यानवेरामा रहेको चिनियाँ दुतावासले अस्ट्रेलियन नीति निर्माताहरू ट्रम्पको मुखपत्र बनिरहेको प्रतिक्रिया दिएको छ।

‘सबैलाई थाहा छ हालै अमेरिकाका उच्च तहका अधिकारीसहितका केही मानिसहरूले चीनविरोधी ‘सूचना भाइरस’ फैलाइरहेका छन्’, दुतावासले मंगलबार जारी गरेको एक विज्ञप्तिमा भनेको छ।

‘आजकल निश्चित अस्ट्रेलियन राजनीतिज्ञहरू अमेरिकाले जोड दिइएको कुरा मान्दै-पछ्याउँदै चीनविरुद्ध राजनीतिक आक्रमणको अमेरिकी सुगा रटान गरिरहेका छन्’, सो विज्ञप्तिमा भनिएको छ।

बितेका केही वर्षयता दुवैदेशबिचको सम्बन्धमा अमिलोपन आउन थालेको छ।

अस्ट्रेलियाले चीनले आफ्नो आन्तरिक मामिलामा मध्यस्तता गरिरहेको आरोप लगाउँदै आएको छ। योसँगै उसले प्यासेफिक क्षेत्रमा चीनले बढाइरहेको प्रभावमा पनि चासो र चिन्ता प्रकट गर्ने गरेको छ।

दिपक्षिय सम्बन्धको अमिलोपना सतहमा आएपनि हालसम्म उनीहरूबिचको व्यापार सम्बन्ध भने बलियो नै रहिरहेको छ।

चीन अस्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। अस्ट्रेलियाको कुल निर्यात व्यापारको एक तिहाई हिस्सा चीनसँग हुने गरेको छ। यस्तै अस्ट्रेलिया अध्ययन तथा भ्रमणका लागि लाखौं चिनियाँ नागरिकको रोजाइमा पर्दै आइरहेको छ।

दुबै देशबीच १ सय ८९ बिलियन अस्ट्रेलियन डलर बढीको कारोबार हुने गरेको छ।

अस्ट्रेलियाका कोषाध्यक्ष जोस फ्राइडेनवर्गले क्यानबेराले बेजिङसँगको सम्बन्ध कमजोर बनाउन नखोजेको तर यसको मतलब उसलाई चुप बनाउन सकिन्छ भन्ने नभएको प्रतिक्रिया दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *