Wednesday, October 23"सञ्चार समाज को ऐना हो ।"
Shadow

गजल

भरोसा तिमीलाई यो बिश्वास तिमीलाई 

यो श्वास तिमीलाई यो प्रस्वास तिमीलाई 
कसरी संभालौं म आफैंले आफुलाई

नदेख्दा नजरको आसपास तिमीलाई 
जुनको उज्यालो झैं छ मुहार तिम्रो

सुन्दर जीवनको मधुमास तिमीलाई 
छोडी सबैथोक समायौ हात मेरो

म भन्छु हरपल स्याबास तिमीलाई 
तिम्रो साथ पाउँदा खुसीमा रमाउँछु

जिन्दगीको खास मिठास तिमीलाई 
एन. पी. खतिवडा 

Leave a Reply

Your email address will not be published. Required fields are marked *