Monday, November 23"सञ्चार समाज को ऐना हो ।"
Shadow

विभिन्न देशमा ६ सय बढी नेपाली संक्रमित !

विश्वव्यापी कोरोना महामारीका कारण २२ लाखको हाराहारीमा संक्रमण फैलिसकेको छ। त्यस मध्ये पाँच लाख ५० हजार बिरामी निको भएका छन् भने एक लाख ४६ हजार बढीको मृत्यु भइसकेको छ।  जनसंख्या सम्बन्धि सूचना दिने वेवसाइड वर्ल्ड मिटर्सका अनुसार, विश्वभर १४ लाख बिरामी उपचारका क्रममा छन् । यो महामारीबाट सवैभन्दा धेरै अमेरिका प्रभावित बनेको छ । शुक्रबार मध्यान्हसम्म अमेरिकामा ६ लाख ७८ संक्रमित बनेका छन् भने ३४ हजारको मृत्यु भएको छ ।  यसपछि यूरोपेली मुलुकहरु बढी प्रभावित छन् । यूरोपेली मुलुकहरुसँगै केही समय अगाडि युनियनबाट अलग भएको यूके प्रभावित छ । यूकेमा एक बढी संक्रमित भएका छन् भने १३ हजारको मृत्यु भएको छ।  यी देशहरुमा व्यापार, मजदुरी र अध्ययनका लागि पुगेका नेपालीहरु समेत संक्रमित बनेका छन् । केही नेपाली मुलका नागरिकको अमेरिका र यूकेमा मृत्यु समेत भइसकेको छ । तर, यस सम्बन्धी आधिकारिक सूचना परराष्ट्र मन्त्रालयले अध्यावधिक गरेको छैन ।  विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले त्यहाँस्थित गैर आवासीय नेपाली संघका पदाधिकारीहरुलाई उदृत गर्दै नेपाली संक्रमितहरुको समाचार प्रकाशन गरिरहेका छन् । तिनै समाचारहरुका आधारमा सवैभन्दा धेरै अमेरिकामा नेपालीहरु संक्रमित भएका छन् ।  त्यहाँ पाँच सयको हाराहारीमा नेपाली संक्रमित बनेका छन्। त्यस मध्ये पाँच जनाको मृत्यु भएको दावी गरिएको छ। तर, यसबारे नेपाल सरकारले भने आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।  यसपछि यूकेमा झण्डै सयको हाराहारीमा नेपाली मुलका नागरिकमा कोरोनाको संक्रमण देखिएको छ । जर्मनमा चार, जापानमा एक, मलेसियामा एक, कुवेतमा पाँच, पोर्चुगलमा आठ साउदी अरवमा चार, स्पेनमा १८ नेपाली संक्रमित भएको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् ।  यूएईमा दश नेपालीमा संक्रमण देखिएको छ । यूएई सरकारले त आफ्ना मुलुकमा रहेका कामदारहरुलाई सम्बन्धित देशले नफर्काए द्विपक्षीय सम्झौता नै खारेज गर्ने चेतावनी दिइसकेको छ । घर फर्कन चाहने कामदारहरुलाई सम्बन्धित देशले नफर्काए भविष्यमा समेत कामदार नलिने चेतावनी नै दिइसकेको छ । यूएईमा साढे दुई लाख बढी नेपाली रहेको अनुमान गरिन्छ।  बिहीबार सर्वोच्च अदालतले समेत महामारी फैलिएका देशबाट आफ्ना नागरिक तत्काल फिर्ता ल्याउन सरकारलाई अन्तिम आदेश दिएको छ । तर, सरकारले भने विदेशमा रहेका नेपालीलाई नल्याउने नीति लिएको छ ।  विश्वका लगभग सवैजसो देशमा फैलिएको यो महामारीबाट नेपालमा १६ जना संक्रमित देखिएका छन् । त्यस मध्ये एक जनालाई निको भइसकेको छ भने बाँकीको उपचार भइरहेको छ । कोरोना रोकथामका लागि सरकारले गएको ११ चैतदेखि देशव्यापी बन्दाबन्दी घोषणा गरेको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *