Monday, October 26"सञ्चार समाज को ऐना हो ।"
Shadow

राजमार्गमा भोकै हिँडेकाहरूलाई खाना, खाजा खुवाउनू: तरूण दल

नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरूण दलले राजमार्गमा हिँडिरहेका मानिसहरूलाई खाना, खाजा र पानी खुवाउन तरूण दलका जिल्लास्थित नेता/कार्यकर्तालाई निर्देशन दिएको छ।

तरूण दलका अध्यक्ष जितजंग बस्नेतले शुक्रबार विज्ञप्ति निकालेर राजमार्गमा हिँडेर आफ्नो गन्तव्यमा गइरहेका मजदुरहरूका लागि ठाउँ-ठाउँमा खाना, पानी र विश्रामस्थलको व्यवस्था गरी यात्रामा सहजता प्रदान गरिदिन आग्रह गरेका हुन्।

‘मजदुरहरुलाई खान, बस्न समस्या भई केही हिँडेरै आफनो घर पुगेका छन् केही बाटोमा अलपत्र परेका छन्,’ अध्यक्ष बस्नेतले भनेका छन्, ‘सम्पूर्ण मजदुरहरुको खान, बस्न र उनीहरुको गन्तव्यमा पुग्न आवश्यक प्रबन्ध मिलाउन फेरि पनि सरकारसँग तरुण दल माग गर्दछ।’

अलपत्र परेकाहरूलाई खाना-खाजाको व्यवस्था गरिदिन तरूण दलका नेता/कार्यकर्तालाई आग्रह गर्दै बस्नेतले थपेका छन्, ‘तरुण दलका सम्पूर्ण साथीहरुले आ–आफनो तर्फबाट राजमार्गमा हिँडेर आफनो गन्तव्यमा गइरहेका मजदुरहरुका लागि ठाउँ-ठाउँमा खाना, पानी र विश्राम स्थलको व्यवस्था गरी यात्रामा सहजता प्रदान गरिदिन अनुरोध गरिन्छ।’

लकडाउनका समयमा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुर वर्गहरु मारमा परेको पनि उनले उल्लेख गरेका छन्। आवश्यक राहतको उपलब्ध गराउन सरकार चुकेको बस्नेतले दाबी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *