Wednesday, March 11"सञ्चार समाज को ऐना हो ।"
Shadow

नव प्रतिभा

नेपाली धातु मूर्तिकलाको इतिहास र विकासमा नयाँ प्रतिमान

कला/साहित्य, नव प्रतिभा
लेखक: नेत्र बहादुर खत्री नेपालको शिल्पकला, धार्मिक समुदायमा पित्तल वा तामाको धातुमुर्तिमा धार्मिक अनुष्ठान र आस्थाको अन्योन्याश्रित सम्बन्ध रहिआएको पाइन्छ । तर यसमा पनि अन्य सामथ्र्यहरू छन, जस्तै नेपालका नेवार जातिमा स–साना पित्तल वा तामाको धातुबाट मूर्तिहरू बनाउने र काष्ट कार्य गर्ने चिरस्थायी विशेषता रहिआएको छ, जसमा धेरैजसो धार्मिक र विशेष गरी बौद्ध धर्म मान्ने नेवारहरू रहेको पाइन्छ । जसमध्ये धेरै जसो ढलान गरिएका शिल्पमुर्तिहरु शताब्दीयौंसम्म भारत र तिब्बतमा निर्यात गरिन्थ्योे र आज भोलि पनि संसारका बिभिन्न मुलुकमा निर्यात गरिंदै आएको छ । आजभोलि प्राय त्यस्ता मुर्तिहरु भारतको तमिलनाडु र सुदूर दक्षिणको अन्य भागहरूमा बाँचेका सबैभन्दा साना आकृतिहरूको रुपमा पाउन सकिन्छ । उक्त मन्दिरको विस्तृत झ्याल सहित अधिक काठमा कुँदिएको चित्रणहरु परम्परागत नेवारी वास्तुकलामा आधारित रहेको छ, तर त्यो स...