कच्चा तेलको मूल्य पहिलो पटक शून्यभन्दा तल, तेल किन्नेले उल्टै पैसा पाउने
तस्वीरः रोयटर्स
अमेरिकामा इतिहासमै पहिलो पटक कच्चा तेलको मूल्य शून्यबाट पनि तल झरेको छ। कोरोनाभाइरस संक्रमणका कारण मानिस घरबाहिर ननिस्कदा तेलको माग घट्न गइ भण्डारण क्षमताले नधान्ने अवस्था आएपछि तेलको मूल्य ऋणात्मक भएको हो।
पहिलोपटक सोमबार अमेरिकामा कच्चा तेलको मूल्य शून्यभन्दा तल झरेको छ। अमेरिकाको बेन्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्लूटीआई) मा सोमबार कच्चा तेलको मूल्य माइनस ३७.६३ डलर प्रतिब्यारेल पुगेको छ। अब तेल उत्पादकले खरिदकर्तालाई कच्चा तेल किनिदिए वापत उल्टै पैसा दिने छन्।
तेल भण्डारण क्षमता घट्दै गएपछि कतिपय कच्चा तेल उत्पादक कम्पनीले ट्याङ्करहरु भाडामा लिन थालेका छन्। भण्डारणमा नअटेको तेल ती ट्याङ्करमा राखिनेछ।
अमेरिकी तेलबजारमा भएको मूल्यको गिरावट अन्तराष्ट्रियस्तरमा पनि परेको छ। अन्तराष्ट्रिय बेन्चमार्क ब्रेन्टमा कच्चा तेलको मूल्य ८.९ प्रतिशतले घटेको छ। यहाँ...








