Wednesday, October 23"सञ्चार समाज को ऐना हो ।"
Shadow

राजनीति

जनपरिचालनसहित आन्दोलन गर्ने माओवादीको निर्णय

जनपरिचालनसहित आन्दोलन गर्ने माओवादीको निर्णय

राजनीति
नेकपा माओवादीको केन्द्र केन्द्रीय कमिटीको बैठकले जनपरिचालनसहित बृहत्त् रुपमा अभियान चलाउने निर्णय भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।उनले भने, अब जनपरिचालनसहित अभियान गर्ने निर्णय भएको छ। अहिले कार्यकर्तामा मात्रै सीमित भएको थियो। यसलाई संघीयता र गणतन्त्रलगायतको बिषयमा उठेको प्रश्नका विरुद्ध जनपरिचालनसहित आन्दोलनको रुपमा दिने निर्णय भएको छ। उनका अनुसाुर चार महिने अभियान सफल भएको निष्कर्षसहित कार्यकर्ताको मुल्यांकनको आधार तयार गरेको बताए।उनले भने, अभियानमा १०० प्रतिशत खट्नेलाई प्रशंसा पत्र दिने, ७५र८० सम्म खट्नेलाई धन्यवाद पत्र, ५०/५५ सम्म खट्नेलाई निर्देशनपत्र र १५ प्रतिशत भन्दा कम खट्नेलाई कारवाही गर्ने, स्पष्टिकरण सोध्य जवाफ आएपछि चेतावानी घटुवा वा निलम्बन पनि हुनसक्छ।...
अहिले हाम्रा लागि सत्ता प्रधान होइन, हाम्रा लागि राष्ट्रको भविष्य प्रदान हो । 

अहिले हाम्रा लागि सत्ता प्रधान होइन, हाम्रा लागि राष्ट्रको भविष्य प्रदान हो । 

Breaking News, राजनीति
काठमाडौंमा शनिबार आयोजित पार्टीको कार्यक्रममा महासचिव पोखरेलले कमजोरहरूको सहकार्यबाट राष्ट्र निर्माण हुन नसक्ने निष्कर्षसहित बलियो शक्ति निर्माणमा लागेको बताए । एमालेले सत्ता प्राप्तिलाई प्राथमिकतामा नराखी शक्ति निर्माणमा जुटेको उनको भनाइ छ । 'अहिले हाम्रा लागि सत्ता प्रधान होइन, हाम्रा लागि राष्ट्रको भविष्य प्रदान हो । अब यो राष्ट्र निर्माण गर्नका लागि कमजोरहरूको सहकार्यबाट राष्ट्रको निर्माण हुन सक्दैन । बलियो राष्ट्रिय शक्तिको रूपमा एमालेको विकास अबको हाम्रो संकल्प हो भन्ने मान्यताका आधारमा हामीले मिसन ग्रासरुट अभियान थालेका थियौं,' उनले भने, 'त्यही मिसन ग्रासरुट अभियानको जगमा यतिबेला एमाले बलियो राष्ट्रिय शक्ति निर्माणको संकल्पका साथ नयाँ योजना, नयाँ संकल्पका साथ अगाडि बढन खोजिरहेको छ ।’...
कांग्रेस संसदीय दलको नेता बदल्न लाग्छु : गगन थापा

कांग्रेस संसदीय दलको नेता बदल्न लाग्छु : गगन थापा

Breaking News, राजनीति
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु अहिले देशको आवश्यकता भएको बताएका छन् । शनिवार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सके आफू र नसके आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउन लाग्ने बताए । नेपालमा भावी प्रधानमन्त्रीबारे पहिल्यै थाहा हुने गरेको भन्दै अब पूर्व प्रधानमन्त्रीहरूलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्नुपर्ने उनले बताए । आफू अब पनि पार्टीको संसदीय दलको नेता बदल्न लाग्ने उनको भनाइ छ ।...
संघीय सरकारले गर्‍यो ६६३ अस्थायी दरबन्दी सिर्जना

संघीय सरकारले गर्‍यो ६६३ अस्थायी दरबन्दी सिर्जना

Breaking News, राजनीति
मन्त्रिपरिषद्को भदौ १३ गते बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत मात्रै ४३१ दरबन्दी सिर्जना गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोग अन्तर्गत सञ्चालित परियोजना र कार्यक्रमका लागि १०५ अस्थायी दरबन्दी स्वीकृत गरिएको मन्त्री कार्कीले बताए।...
नेकपाको सचिवालयमै अध्यादेश ढिसमिस !

नेकपाको सचिवालयमै अध्यादेश ढिसमिस !

राजनीति
नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७१ वर्ष पुगेको पूर्वसन्ध्यामा सोमबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा नेकपाका ९ जना शीर्ष नेताहरु भेला भएका थिए । जनताले बहुमत दिएर सरकार चलाउन पठाउँदा पनि आफ्नै निरीहताका कारण दुःखमा डुबेका सत्तारुढ नेताहरुको अनुहारमा चमक थिएन । चमक होस् पनि कसरी ? केही घण्टाअघि मात्र प्रधानमन्त्री ओलीले क्याबिनेट बैठकमा प्रस्तुत गरेका बेमौसमका दुई अध्यादेशले पार्टीभित्र तरंग ल्याएको थियो । र, त्यही तरंगका कारण प्रचण्डले केपी ओलीलाई टेलिफोन गरेपछि अकस्मात सचिवालय बैठक डाकिएको थियो । कोरोनाको महामारीविरुद्ध राष्ट्रिय एकताको खाँचो परिरहेका बेला पार्टी फुटाउन सजिलो पार्ने अध्यादेश पारित गरेर शीतलनिवास पठाएपछि प्रधानमन्त्री ओली सचिवालय बैठकमा उभिएका थिए । आकस्मिक बैठकमा सचिवालयका नेताहरु केपी ओली, प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष...
राजपा नटुट्ने, प्रदेश २ सरकारको आयु छोटिन सक्ने

राजपा नटुट्ने, प्रदेश २ सरकारको आयु छोटिन सक्ने

Breaking News, राजनीति
काठमाडौँ- दल विभाजन सम्बन्धी अध्यादेश आएपछि जारी राजनीतिक अभ्यासको अपेक्षित फाइदा लिन नेकपा सफल भएमा यो साताभित्र प्रदेश २ को सरकार गिर्नसक्ने संकेत देखा परेको छ। हाल प्रदेश २ को सरकारलाई समाजवादी पार्टीका २९ जना र राजपाका २५ गरी ५४ सदस्यहरुको समर्थन छ। नेकपाले चाहेअनुसार समाजवादी पार्टीको ४० प्रतिशत या त्यो भन्दा बढी सदस्य आएमा नेकपाका बाँकी सदस्यसँग मिलेर नयाँ सरकार बनाउने तयारी भएको बुझिएको छ। तर राजपाका केन्द्रीय नेता सरदसिंह भण्डारीले कुनै पनि हालतमा पार्टी नफुट्ने र नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीको लोकतन्त्रविरुद्धको कदमबाट कुनै राजनीतिक फाइदा नलिने तर विरोध गर्ने पक्षमा रहेको बताउँछन्। यता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग रुष्ट रहेका प्रधानमन्त्री ओली र उनका विश्वसनीय पात्रहरुले समाजवादी पार्टीका नेता एवं पूर्व शहरी विकासमन्त्री र अन्य नेताहरुमार्फत समाज...
राजपा फुट्न सक्छ, एक-दुई दिनमै तस्वीर देखापर्छ’

राजपा फुट्न सक्छ, एक-दुई दिनमै तस्वीर देखापर्छ’

Breaking News, राजनीति
सरकारले राजनीतिक दलसम्बन्धी ऐनमा रहेको दल विभाजनसम्बन्धी व्यवस्था खुकुलो पार्न अध्यादेश ल्याउने निर्णय गरेसँगै आजै साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले योसँगै संवैधानिक परिषद् सम्बन्धी अध्यादेशसमेत जारी गरेकी छन्।   संवैधानिक परिषद् भन्दा पनि राजनीतिक दलसम्बन्धी अध्यादेशले महामारीले थिचिएको मुलुकको राजनीतिमा एकाएक ठूलो तरंग ल्याइदिएको छ। कुनै पनि दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलका ४० प्रतिशत सदस्य आवश्यक पर्ने कानूनी व्यवस्थालाई संशोधन गरेर अध्यादेशले विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा ४० प्रतिशत भए पुग्ने व्यवस्था गरेको छ।  यो अध्यादेश ल्याउने सरकारको निर्णयलगत्तै शुरूमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै फुट्न लागेको टिप्पणी हुन थालेको थियो। तर, यो अध्यादेश मूलतः समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) भित्रका समूहको सहज...
राजमार्गमा भोकै हिँडेकाहरूलाई खाना, खाजा खुवाउनू: तरूण दल

राजमार्गमा भोकै हिँडेकाहरूलाई खाना, खाजा खुवाउनू: तरूण दल

राजनीति
नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरूण दलले राजमार्गमा हिँडिरहेका मानिसहरूलाई खाना, खाजा र पानी खुवाउन तरूण दलका जिल्लास्थित नेता/कार्यकर्तालाई निर्देशन दिएको छ। तरूण दलका अध्यक्ष जितजंग बस्नेतले शुक्रबार विज्ञप्ति निकालेर राजमार्गमा हिँडेर आफ्नो गन्तव्यमा गइरहेका मजदुरहरूका लागि ठाउँ-ठाउँमा खाना, पानी र विश्रामस्थलको व्यवस्था गरी यात्रामा सहजता प्रदान गरिदिन आग्रह गरेका हुन्। ‘मजदुरहरुलाई खान, बस्न समस्या भई केही हिँडेरै आफनो घर पुगेका छन् केही बाटोमा अलपत्र परेका छन्,’ अध्यक्ष बस्नेतले भनेका छन्, ‘सम्पूर्ण मजदुरहरुको खान, बस्न र उनीहरुको गन्तव्यमा पुग्न आवश्यक प्रबन्ध मिलाउन फेरि पनि सरकारसँग तरुण दल माग गर्दछ।’ अलपत्र परेकाहरूलाई खाना-खाजाको व्यवस्था गरिदिन तरूण दलका नेता/कार्यकर्तालाई आग्रह गर्दै बस्नेतले थपेका छन्, ‘तरुण दलका सम्पूर्ण साथीहरुले आ–आफनो तर्फबाट राजमार्गमा हिँ...
लकडाउनको मारमा परेका मजदूरबारे छलफल गर्न उच्चस्तरीय समिति बैठक बस्दै

लकडाउनको मारमा परेका मजदूरबारे छलफल गर्न उच्चस्तरीय समिति बैठक बस्दै

राजनीति
कोरोना नियन्त्रणका लागि भइरहेको प्रयास र लकडाउनपछिको अवस्थाबारे छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक बोलाइएको छ। समसामियक विषयमा छलफल गर्न समितिको बैठक बस्न लागेको उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले सेतोपाटीलाई बताए। बैठक २ बजे प्रधानमन्त्री कार्यालयमा बस्दैछ। आजको बैठकमा लकडाउनका कारण समस्यामा परेका मजदूरहरूको बारेमा समेत छलफल हुने बताइएको छ। काम गरिरहेको ठाउँमा ठेकेदारले निकालिदिएपछि मजदूरहरू पैदलै हिँडेर लामो यात्रामा निस्किएका छन्। काठमाडौंमा समस्यामा परेकालाई घर फर्किनका लागि यसअघि दुई दिन समय दिने भनिए पनि सरकार पछि हटेको थियो। स्थानीय सरकारले आफ्ना क्षेत्रमा आउन नदिने भनेपछि सरकारले निर्णय गर्न नसकेको हो।...