Saturday, October 24"सञ्चार समाज को ऐना हो ।"
Shadow

कृषि

फूलहरु ढकमक्क

फूलहरु ढकमक्क

कृषि
कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका लकडाउनका कारण मानिसहरुको दैनिक जीवन प्रभावित भएपनि प्रकृतिमा भने यसको सकारात्मक असर परेको छ । बसन्त ऋतुको आगमनसँगै रुख, विरुवा र बुट्यानले नयाँ पालुवा फेरेका छन् । वातावरण मनमोहक बनेको छ । ललितपुरको गोदावारी पार्क प्रायः भिडभाड देखिने गरेको भएतापनि अहिले लकडाउनका कारण सुनसान बनेको छ । मानीसहरु मनमोहक प्रकृतिक सौन्दर्य नियाल्न पार्कसम्म आउन सकेका छैनन् ।  विगतमा जस्तो फूल र पालुवालाई निमोठिन र चुँडिन परेको छैन । त्यसैले फूलहरु निस्फिक्री फक्रिँदै छन् । सुनसान तथा शान्त वातावरणबिच ढकमक्क फूल फुलेका छन् । यहाँ सूर्यमुखी, पुतली, असर्फी, गुलाफ, केली, लालीगुराँस, हलिहक जातका फूलहरु ढकमक्क फूलेका छन् । ...
नदीका साना माछा मार्न स्थानीय सरकारद्धारा रोक

नदीका साना माछा मार्न स्थानीय सरकारद्धारा रोक

कृषि
दैलेखको पश्चिम आठबिस नगरपालिकाले कर्णाली नदीमा साना माछा मार्न रोक लगाएको छ । नगरपालिकाले इलाका प्रहरी कार्यालय र राकम कर्णाली जलचर संरक्षण समूहसँगको समन्वयमा माछा मार्न रोक लगाएको हो । नगरपालिकाकाले यही चैत १ मा सूचना जारी गर्दै साना तथा भुरा माछा मार्न रोक लगाएको जनाएको छ । जारी सूचनामा भनिएको छ, “नदीमा साना माछा मार्दा माछा नै लोप हुने देखिएकाले साना माछा नमार्नु होला ।” नगरपालिकाको जलचर संरक्षण ऐन २०७५ साना माछा मार्न रोक लगाएको नगर उपप्रमुख दीपा बोहराले बताए । माछा व्यवसायी वा अन्य कसैले साना माछा मारेमा जरिवानासँगै माछा मार्ने सबै सामग्री जफत गरिने बताइएको छ । नगरपालिका क्षेत्रमा पर्ने दही खोलादेखि रामाघाटसम्मको कर्णाली नदीमा साना माछा मार्न रोक लगाइएको हो । ठूलो प्वाल भएको जाल तथा साना माछा मार्न प्रयोग हुने सामग्री खरिद बिक्रीसमेत नगर्न आग्रह गरिएको छ । साना माछा मारेको पाइए...
दूधको मूल्य बृद्धिसँग भारतीय दूध धमाधम आउँदै

दूधको मूल्य बृद्धिसँग भारतीय दूध धमाधम आउँदै

कृषि
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भाद्र २१ गतेदेखि लागू हुने गरी दूधको मूल्य बृद्धि गरेसँगै दुग्ध विकास संस्थान एवं निजी डेरी उद्योगहरुले भारतबाट दूध आयात गर्न थालेका छन् । नेपालका किसानहरुसँग दूध खरिद गर्नु भन्दा भारतबाट दूध आयात गर्दा सस्तो पर्ने भन्दै उद्योगीहरुले भारतबाट दूध ल्याउन थालेका हुन् । सरकारी डेरी उद्योगका रुपमा रहेको दुग्ध विकास संस्थानले किसानहरुलाई भुक्तानी दिन ढिलाई गरिरहेको छ । नेपाली किसानहरुले संस्थानसँग लिनु पर्ने भुक्तानी वाँकी धेरै नै छ, किसानहरुलाई भुक्तानी दिन छाडेर संस्थानले भारतबाट दुध ल्याउन थालेपछि किसानहरु रुष्ट बनेका छन् ।दूध उत्पादनको प्रमुख केन्दविन्दूका रुपमा रहेको चितवनका किसानहरु दुग्ध विकास संस्थान र निजी डेरीहरुसँग सन्तुष्टि हुन सकेका छैनन । डेरी उद्योगहरुले दूध अभाव भएको बहानामा भारतबाट दूध आयात गरिरहेका छन् । यसैसाता मात्र दुग्ध विकास संस्थानल...
युरिया किन्दा डिएपी अनिवार्यले किसान मारमा

युरिया किन्दा डिएपी अनिवार्यले किसान मारमा

कृषि
वीरगञ्ज, असोज । बाली लगाउने बेलामा डीएपी मलको हाहाकार भएको पर्सामा पर्याप्त मात्रामा डीएपी मल वितरण गर्न नपाएका सहकारीहरूलाई अहिले कृषि सामग्री कम्पनी वीरगञ्ज क्षेत्रीय कार्यालयले ५० बोरा युरियासँगै १० बोरा डीएपी किन्नैपर्ने बाध्यात्मक व्यवस्था लागू गरेको छ ।अहिले युरिया मलको माग भएको बेलामा मल कम आएको भनी प्रतिसहकारी जम्मा ५० बोरा युरिया मल दिने र त्यसमा १० बोरा डीएपी मल लिनैपर्ने बाध्यात्मक व्यवस्था कृषि सामग्री कम्पनी वीरगञ्ज क्षेत्रीय कार्यालयले गरेको हो ।किसान अगुवा एवं कृषि सहकारीका सञ्चालक सहरुम राउत गद्दीले भन्नुभयो, अहिले युरिया मलको खाँचो छ तर कृषि सामग्री कम्पनीले आवश्यक युरिया नदिएर डीएपी किन्नैपर्ने भनेको छ । लाइनमा बसेर आवश्यकता नै नभएको डीएपी लगेर के गर्ने ? एउटा सहकारीलाई ५० बोरा मात्र युरिया मल दिइँदा त्यस क्षेत्रका किसानको मागलाई धान्न नसक्ने उनले बताए।जिल्ला कृषि सहकारी...
प्रधानमन्त्री कृषि आधुनिककरण परियोजनाको अनुदानमा गुनासैगुनासा

प्रधानमन्त्री कृषि आधुनिककरण परियोजनाको अनुदानमा गुनासैगुनासा

कृषि
दाङ्ग, चैत्र । दाङमा चालू आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि विकास कार्यक्रममार्फत सङ्घीय तथ प्रदेश सरकारले रु १८ करोड अनुदान रकम कृषि ज्ञान केन्द्रमा पठाएको छ । ज्ञान केन्द्रका अनुसार केही दिनअघि उक्त अनुदान रकम वितरणका लागि स्थानीय पत्रपत्रिकामा सूचना जारी भयो । सय बढीले अनुदानका लागि प्रस्ताव पनि दिएका छन् तर, अनुदानका लागि निश्चित सङ्ख्या छुट्याइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरणमा पकेट सञ्चालन गर्ने ११ र ब्लग सञ्चालन गर्ने छ जनालाई उक्त रकम दिने कार्यक्रम छ । पकेटका लागि रु सात लाख र ब्लगका लागि रु ४० लाख रकम कृषि समूह, सहकारी वा उद्यमीले लगानी देखाए भने सोही बराबरको रकम सरकारले उनीहरुलाई दिन्छ । सरकारले दिने अनुदानको ५० प्रतिशत रकम कृषकले देखाए मात्रै सरकारले दिने अनुदान उनीहरुले पाउँछन् । सरकारी अनुदान पाउन ठूलो रकम किसानले सरकारलाई लगानीबापत देखाउ...
लकडाउनमा सडकका कुकुर स्याहार्दै स्नेहाज् केयर

लकडाउनमा सडकका कुकुर स्याहार्दै स्नेहाज् केयर

कृषि
काठमाडौं, वैशाख । यतिखेर विश्व कोरोना संक्रमणका कारण लकडाउनमा छ । नेपाल सरकारले पनि विगत ३ हप्तादेखि मुलुकमा लकडाउन घोषणा गरेको छ । जसका कारण मानिसहरु घरबाट बाहिर निस्कन पाएका छैनन् । त्यत्तिमात्र होइन दैनिक उपभोग्य सामग्री पसलहरु बन्दछन् । दैनिक ज्यालादारी गरेर खानेहरु पनि मुश्किलले जीवन यापन गरिरहेका छन् भने कतिपय त काठमाडौं शहर छाडेर आफ्नै गाउँ हिँडेका पनि छन् । यो विषयमा परिस्थितिमा सडकमा सहार विहान चौपायाहरुको अवस्था अझै जटिल देखिएको छ । त्यसमाथि पनि सामुदायिक कुकुरहरुको अवस्था अत्यन्तै कष्टकर देखिन्छ । लकडाउनका कारण सडकमा भाकै रहेका कुकुर र उपचार नपाएर मर्न आँटेका सामुदायिक कुकुरहरुको संरक्षण गरिरहेको छ स्नेहाज् केयरले । ...
चक्लाबन्दी कृषिको आह्वान

चक्लाबन्दी कृषिको आह्वान

कृषि
कृषिमन्त्री घनश्याम भुसालले जग्गाको चक्लाबन्दी गरेर कृषि खेती सुरु गर्न आह्वान गर्दै गाउँपालिका तथा नगरपालिका प्रमुखलाई पत्र लेखेका छन्। यसरी बढी उत्पादन गर्न सकिने र वस्तुको बजार मूल्य पनि निश्चित गर्न सकिने हुँदा चक्लाबन्दीको योजनामा सहकार्य गर्न उनले स्थानीय सरकारलाई पत्र पठाएका हुन्। ७ सय ५३ वटै गाउँपालिका तथा नगरपालिका प्रमुखलाई पत्र लेखिएको छ। आगामी वर्षको बजेट तर्जुमाको तयारीमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय रहेको छ। यो अवस्थामा कस्ता कार्यक्रम संघीय सरकारले तयार गर्दा राम्रो हुन्छ, त्यसको सुझाव समेत माग गरिएको छ। त्यस्तै बजारीकरणको लागि स्थानीयस्तरको सहकारीको परिचालन, मल बीउको अवस्थालगायतमा समेत उनले संघसँग समन्वय गर्न स्थानीय सरकारका नेतृत्वलाई भनेका छन्। कोरोनाको कारण अरु क्षेत्र प्रभावित भइरहेको अवस्थामा कृषिको उत्पादन बढाउनुपर्ने दबाब समेत बढेको छ। आगामी वर्ष कृ...