Thursday, November 21"सञ्चार समाज को ऐना हो ।"
Shadow

##गजल##

न जिउन सके म न त मर्न सके म

जिन्दगिलाई आनन्दले न त भर्न सके म
टुटें फुटें फुटें टुटें म त टुक्रा टुक्रा भएर

टुक्रिएको हृदयले न त केही गर्न सके म
मडारिएँ बादल सरि म त छरपस्ट भएर

शितल शितल वर्षा बनी न त झर्न सके म
लडें उठें उठें लडें चाल्न खोज्दै पाइलाहरु

जहाँ थिए त्यहीँ रहे न त कतै सर्न सके म
हाय! म त कस्तो दुखी मानिस भएछु

दु:खको यो भवसागर न त तर्न सके म
रोई रोई काटें जीवन म त लाचार बनेर

मीठो मीठो मुस्कान न त कतै छर्न सके म     

           लेखक: एन.पि. खतिवडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *