Wednesday, October 23"सञ्चार समाज को ऐना हो ।"
Shadow

४८ घण्टायता नेपालमा नयाँ कोरोना संक्रमित भेटिएका छैनन् : स्वास्थ्य मन्त्रालय

कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३२ जनाको नमूना परीक्षण भएको छ। 

पीसीआरबाट ३ सय ६९ र आरडीटीबाट ३ हजार २ सय ६३ जनाको नमूना परीक्षण भएको हो। उक्त अवधिमा नयाँ संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हालसम्म भेटिएका १६ संक्रमितको स्वास्थ्य समस्या सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।

उनका अनुसार नेपालमा ४८ घण्टायता नयाँ संक्रमित फेला परेका छैनन्। मंगलबार पेप्सिकोलाको सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना पोजेटिभ देखिएको थियो। त्यसयता नयाँ संक्रमित थपिएका छैनन्।

कोरोनाको आशंकामा नेपालमा हालसम्म १९ हजार ४ सय ३२ जनाको नमूना परीक्षण भएको छ। जसमध्ये ७ हजार २ सय ४० जनाको पीसीआर र १२ हजार १ सय ९२ जनाको आरडीटीबाट कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ। आरडीटी परीक्षणका क्रममा विभिन्न नतिजा पोजेटिभ आएपनि पीसीआरबाट परीक्षण गर्दा नगेटिभ आएको देवकोटाले जानकारी दिए। 

मुलुकभर हाल ४ हजार ९ सय १ जना क्वारेन्टाइनमा छन् । काठमाडौं उपत्यका भित्र ८ र बाहिर ९५ जना अस्पतालको आईसोलेसन वार्डमा रहेको प्रवक्ता देवकोटाले बताए । 

मन्त्रालयका अनुसार अब ८ जिल्लामा मात्र कोरोनाको परीक्षण सुरु हुन बाँकी छ । ताप्लेजुङ, डोल्पा, मनाङ, इलाम, सोलुखुम्बु, रुकुम पूर्व, ओखलढुंगा र खोटाङमा आरडीटी परीक्षण सुरु हुन जिल्ला हुन् । 

वीरगञ्जको छप्कैयामा गरिएको करीब ४ सय नमूनाको रिपोर्ट नेगेटिभ आएको प्रवक्ता देवकोटाले बताए । 

काठमाडौं उपत्यकामा कोभिड क्लिनीक सञ्चालनका लागि मन्त्रालयले थप १६ वटा निजी अस्पताल सूचीकृत गरेको छ । 

ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *