काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)ले अनलाइन कक्षा सुरु गरेको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि गरिएको लकडाउनले क्याम्पसमै पुगेर पढ्ने÷पढाउने काम रोकिएपछि अनलाइन कक्षा सुरु गरिएको हो ।
आरआर क्याम्पस विद्यार्थी कल्याण शाखा प्रमुख देवी घिमिरेका अनुसार स्नातकोत्तर (एमए) र स्नातकको (बीसीए)को भिडियो कक्षा चलिरहेको छ ।
स्वअध्ययनका सिलसिलामा विद्यार्थीलाई कुनै खालको समस्या नपरोस् भनेर हामीले उपलब्ध स्रोत साधनको उपयोग गरेर जति सकिन्छ, त्यति सुरु गरौं भनेर काम गरिरहेका छौं,’ घिमिरेले भने, ‘कोर्स नै अगाडि बढाउने भन्दा पनि पढाइ भइसकेका विषय रिभिजन (पुनः दोहोर्याउने) र पढ्न बाँकी विषयवस्तुमा विद्यार्थीले पूर्व तयारी गर्न सकुन् भन्ने उदेश्य हाम्रो हो ।’