Tuesday, October 22"सञ्चार समाज को ऐना हो ।"
Shadow

जनपरिचालनसहित आन्दोलन गर्ने माओवादीको निर्णय

नेकपा माओवादीको केन्द्र केन्द्रीय कमिटीको बैठकले जनपरिचालनसहित बृहत्त् रुपमा अभियान चलाउने निर्णय भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।उनले भने, अब जनपरिचालनसहित अभियान गर्ने निर्णय भएको छ। अहिले कार्यकर्तामा मात्रै सीमित भएको थियो। यसलाई संघीयता र गणतन्त्रलगायतको बिषयमा उठेको प्रश्नका विरुद्ध जनपरिचालनसहित आन्दोलनको रुपमा दिने निर्णय भएको छ।

उनका अनुसाुर चार महिने अभियान सफल भएको निष्कर्षसहित कार्यकर्ताको मुल्यांकनको आधार तयार गरेको बताए।उनले भने, अभियानमा १०० प्रतिशत खट्नेलाई प्रशंसा पत्र दिने, ७५र८० सम्म खट्नेलाई धन्यवाद पत्र, ५०/५५ सम्म खट्नेलाई निर्देशनपत्र र १५ प्रतिशत भन्दा कम खट्नेलाई कारवाही गर्ने, स्पष्टिकरण सोध्य जवाफ आएपछि चेतावानी घटुवा वा निलम्बन पनि हुनसक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *