Tuesday, October 22"सञ्चार समाज को ऐना हो ।"
Shadow

क्यानडाविरुद्धको सिरिजमा नेपालको क्लीनस्वीप

लगातार तीन वटा खेल जित्दै नेपालले क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा क्लीनस्वीप गरेको छ । पहिलो खेलमा रोमाञ्चक ७ रन, दोस्रो खेलमा ४ विकेटको जीतपछि अन्तिम खेलमा ९ विकेटको शानदार जीतसहित नेपालले क्लीनस्वीप गरेको हो । अन्तिम खेलमा २३३ रनको लक्ष्य पछ्याउने क्रममा शानदार जीत दर्ता गर्दा अनिल साह र भीम सार्की दुवैले शतक प्रहार गरे । साहले १२४ बलमा ११२ रन बनाए । यस क्रममा उनले १२ चौका र १ छक्का प्रहार गरे । 

यस्तै, सार्कीले १२९ बलमा १०१ रन बनाए । यस क्रममा उनले ११ चौका र १ छक्का प्रहार गरे । दुवै खेलाडीले एकदिवसीय क्रिकेटमा पहिलोपटक शतक प्रहार गरेका हुन् । पहिलोपटक नेपाली खेलाडीले एक खेलमा दुई शतक हानेको कीर्तमानसमेत साह र सार्कीको नाममा रहन पुगेको छ ।दोस्रो खेलमा क्यानडाविरुद्ध १९ बलमै सबैभन्दा छिटो अर्धशतक हानेर साहले नेपाली खेलाडीको रेकर्ड आफ्नो नाममा लेखाएका थिए ।लगत्तै फेरि उनले शतक प्रहार गरेका हुन् । लगातार दुई चौका प्रहार गर्दै ११८ बलमा शतक प्रहार गरेका हुन् । साथै उनी प्लेयर अफ द म्याच बने ।

त्यस्तै, अर्का खेलाडी भीम सार्कीले पनि शतक प्रहार गरे । उनले १२७ बलमा शतक प्रहार गरेका हुन् ।नेपालको लागि कुशल भुर्तेलले १३ रन बनाए । क्यानडालाई तेस्रो खेलमा पनि कम योगफलमा रोक्न डेब्यू गरेका हेमन्त धामीले ८ ओभरमा ४९ रन दिएर ३ विकेट लिए । कुशल मल्लले २, ललित राजवंशी र आकाश चन्दले १/१ विकेट लिए । नेपाललाई २३३ रनको लक्ष्य दिने क्रममा क्यानडाको लागि नवनीत धलिवालले ५०, निखिल दत्तले ४५, साद विन जाफरले ३१ र हर्ष ठाकेरले २९ रन बनाए

Leave a Reply

Your email address will not be published. Required fields are marked *