गण्डकी प्रदेशको चुँदीरम्घाको थुम्कोबाट उदाएको ध्रुवतारा नेपाली भाषा साहित्यका प्रथम विभूति भानुभक्तको सम्मान जे जति गरिनुपर्ने थियो, त्यो हुन सकिरहेको छैन । यद्यपि भानुभक्तका सरल, सरस र मधुमय नेपाली काव्यवाणीले चिरकालदेखि यस भू-खण्डकै मानव सभ्यता र संस्कृतिको क्षेत्रमा क्रियाशिल पाइन्छ ।
नेपाली जातीयताका प्रतीक भानुभक्त आचार्यको सम्झना र सम्मानका खातिर प्रसङ्ग उठाउँदा नेपाली मूलका भारतवासीहरूले सहजै रूपमा चुँदीरम्घाको ऋणभार नेपाली भाषा र साहित्यको विकासमा संस्थागत रूपमा सेवा गरेर होस् चाहे भानुभक्तको प्रतिमा निर्माण र उनको नाउँमा पुरस्कार स्थापना गरेर होस् तिरिरहेको देखिन्छ । भानु जन्मजयन्तीका अवसरमा प्रान्तीयस्तरमा र्सार्वजनिक बिदा दिएर होस् वा नेपाली भाषालाई भारतीय विधानमा संवैधानिक मान्यता प्रदान गरेर होस् जहाँ मर्ूधन्य व्यक्तित्व आदिकव्रि्रति सम्मानका श्रद्धासुमन अर्पण गरिरहेका छन् र गरिरहने पनि छन् ।
नेपाली साहित्यको इतिहासमा भानुभक्त आचार्यको योगदान र भानुप्रति गरिने सम्मान सधैँ भाषा र साहित्य आदिकविका रूपमा स्थापित हुने छ । ऋषि महषिर्हरूको युगदेखि नेपाली साहित्यमा आधुनिक युगका पर््रवर्तक कविशिरोमणि लेखनाथ पौड्यालसम्म आइपुग्दा सामान्यत पाँच परिवर्तनकारी युग देखापर्दछन् । यी युगमा वैदिक ऋषिमुनिहरूको युग, आदिकवि वाल्मीकि युग, महाकवि कालीदास युग, आदिकवि भानुभक्त युग र कविशिरोमणि लेखनाथ युग हुन् । वैदिक ऋषि मर्हषिहरूले हिमालयको निर्मलकाखमा बसेर हिमालयकै स्तुति गाउँदै उपनिषद्, वेद र महाभारतको रचना गरे भन आदिकवि वाल्मीकिले रामायण जस्तो सर्वोत्तम महाकाव्य दिए । त्यसैगरी महाकवि कालीदासले आफ्नो जन्मभूमिभन्दा परै आश्रममा रहेर मेषदूत र रघुवंश जस्ता काव्यको रचना गरे । आदिकवि भानुभक्तले भने लोकको गरुँ हित भनि नेपालीपनको लोकहित महìव गाएर युगलाई चुनौती दिँदै अगाडि बढे । आदिकवि वाल्मीकिले संस्कृतमा पर्ूण्ामहाकाव्य रामायण लेखेजस्तै भानुभक्तले र्सवप्रथम नेपाली भाषामा पर्ूण्ामहाकाव्य रामायणको सुन्दर मौलिक अनुवाद गरेर भाषाको माध्यमद्वारा देशमा युगीन परिवर्तन ल्याए ।
नेपाली भाषा साहित्यको इतिहासमा बेग्लै युगका निर्माता एवं जातीय जीवनमा अत्यधिक लोकप्रिय कवि भानुभक्तको रचनात्मक योगदानबाट साहित्यिक भण्डार रसिलो, स्वादिलो र खाँदिलो हुन पुगेको छ । भाषा साहित्यिक श्रेष्ठताको मूल्याङ्कन जनतामा परेका अनन्त प्रभाव र र्सवकालीन हृदयर्स्पशितामा निर्भर रहन्छ । कवि भानुभक्तको रामायण लगायत प्रभावकारिता र र्सवप्रिय रचनाहरूले नेपालीहरूको मन सहजै छुन पुगेको छ । भाषा साहित्यको मन्दिरमा आजीवन तपस्या गर्ने साधकहरूको मूल्य, मान्यता र योगदान महान् रहन्छ । यस्ता कर्मयोगी पुरुषको प्रशंसा र उपासना व्यक्तिगत सेवा होइन परन्तु यो त राष्ट्रिय र साहित्य सेवा हो । राष्ट्रिय विभूति स्वनामधन्य भानुभक्तको बोली बोलिँदा एकदिन नारद सत्य लोक पुगि गया लोकको गरुँ हित भनी एवं अमरावती कान्तिपुरी नगरी जस्ता राष्ट्रिय भावनाबाट महाकालीसम्म रन्कन पुग्छन् ।
नेपाली भाषा साहित्यको फाँटमा भानुभक्त पर्ूव पनि कवि लेखकहरू नभएका होइनन् । भानुको जन्मसँगै सम्बत् १८७२ मा सम्पन्न सुगौली सन्धि पश्चात् युद्धबाट उत्पन्न दिक्दारी एवं अङ्ग्रेजहरूको घातप्रतिघातको लोलोपोतोबाट साहित्यमा तीन प्रकारका धारा प्रभावित भए । यीमध्ये रामभक्ति धाराका कवि भानुभक्तले यसैबाट काव्ययात्राको आरम्भ गरे । भाषा साहित्यको तादाम्यताभित्र आदिकविको प्रसङ्ग उठाउँदा आदि र कवि शब्दको संयोजन रहेको छ । आदि शब्दले पहिलो, आदिपुरुष, आदि मानवलाई आत्मसात् गर्दछ भने कवि भन्नाले सबैभन्दा पहिले प्रभावशाली कृति सिर्जनाद्वारा काव्य परम्परा थाल्ने कवि प्रतिभालाई बुझाउँछ । त्यसैले वाल्मीकिलाई संस्कृत भाषाका आदिकवि भने जस्तै भानुभक्त आचार्य नेपाली साहित्यका आदिकवि हुन् । भानुभक्तका समकालीन र पर्ूववर्ती कविहरूका रचनामा यथार्थपरक चित्रण, भाषा अभिव्यक्ति र शैली प्रतिपादनमा मौलिकताको अभाव थियो, जसलाई भानुभक्तले पूरा गरेका छन् । यी अभावहरूलाई समेट्दै नेपाली साहित्यलाई पठनीय, स्तरीय र अध्ययन अनुसन्धान मार्गलाई विस्तृत, विकसित र प्रभावकारी बनाउने उत्कृष्ट सफलताको श्रेय भानुभक्तलाई मिलेको छ । सर्वोत्तम सिर्जनाको निमित्त समय र स्रष्टा दुवैको संयोग आवश्यकता पर्दछ, तर भानुभक्तको कार्यकालमा त्यो सहजता सम्भव भएन । एक नेपाली विद्वान्को भनाइमा भानुभक्त नेपालका कवि नभएर युरोपको कुनै भू-भाग वा अमेरिकामा जन्मेका भए सायद आज आदिकविको जीवनीसम्बन्धी गाथा र उनका ग्रन्थका समालोचनाका विटाहरूले एउटा सानोतिनो पुस्तकालय नै निर्माण हुनेथियो भने उद्गार यथार्थ र मर्मस्पर्शी छ ।
यसरी आफ्नो सिर्जनाद्वारा अमरत्व प्राप्त गर्ने कयौँ सपुतहरूमध्ये नेपाली भाषा र जातीय एकताका प्रतीक आदिकवि भानुभक्त आचार्य कहिल्यै नबिर्सने नाम हो । सिङ्गो राष्ट्र र नेपालीत्वको अस्तित्व बोधप्रति भानुभक्तलाई अलग्ग राखेर नेपालको यथार्थचित्रण गर्न खोज्नु कोरा कल्पना मात्र हुनेछ । हुन त भानुभक्तको स्वर्गारोहण भएको झन्डै ८७ वर्षपश्चात् २०१० सालदेखि नेपालमा विधिवत् भानुजन्यन्ती मनाउन आरम्भ गरियो, भने प्रवासमा त्यसअघि नै भानुका संस्मरणमा प्रशस्तै रचनात्मक कार्यहरू सम्पन्न भइसकेका थिए । यस अर्थमा भानुजयन्ती मनाउने आडमा केवल औपचारिकता निर्वाहको खासै अर्थ रहँदैन । भानुजयन्ती मनाउनुको पछाडि रचनात्मक, सिर्जनात्मक र निर्माणात्मक कार्यको थालनीले मात्र यसको र्सार्थकतालाई पुष्टि गर्दछ ।